Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

सुर्खेतमा मारिएका ती साधारण मानिस जो आन्दोलनकारी थिएनन्

\"sukhet-2\"सुर्खेत । शनिबारबाट अखण्ड मध्यपश्चिमको माग राख्दै सुरु भएको आन्दोलनले सोमबार एक्कासी हिंसात्मक मोड लियो । सुर्खेतमा मात्रै आधा दर्जन सरकारी कार्यालय तोडफोड भयो भने तीनजना सर्वसाधारण मानिसले ज्यान गुमाए । दर्जनौं मानिसहरु घाइते भएको सुर्खेत आन्दोलनमा ज्यान गुमाएका तीनजना मानिसहरु आन्दोलनकारी नै थिएनन् ।   अधिकृतको सपना बोकेर बसेका बिसी घर भेटघाटमा पुगेका थिए भने काम पाए गर्ने नपाए आन्दोलन हेरौंला भनेर पुगेका गौतम मजदुरी गरेर परिवार पालिरहेका थिए । कोट सिलाउन सिपालु मानिएका रजवार पनि आन्दोलन हेर्न भनेर गएका सामान्य मानिस थिए जसलाई अखण्ड मध्यपश्चिमसँग न त लगाव नै थियो न त ती आन्दोलनकारी नै थिए । ती मारिएका सामान्य मानिसहरुका बारेमा यहाँ प्रस्तुत गरिएको छः   \"sukhetपेन्टिङ  गरेर परिवार पाल्ने गौतम वि.सं. २०२३ सालमा जन्मेका टिकाराम गौतम बिरेन्द्र्र नगर चार भैरव स्थानका स्थायी बासिन्दा हुन् ।  बाँच्ने पेसा नभएपछि गौतमले पेन्टिङ गर्दै घर खर्च चलाउने र छोराहरुलाई उच्च शिक्षा दिने काम गरिरहेका थिए । महिनाभर काम गर्दा  २५ हजारसम्म आम्दानी हुने गौतमको  सोमबार भएको आन्दोलनका क्रममा  प्रहरीको गोली लागेर धमलाचोक नजिक मृत्यु भयो ।   गोली लागेर छटपटाइरहेका बुवालाइ उनका जेठा छोरा अमृत गौतमले समात्न खोज्दा प्रहरीको उल्टै लाठी खानुपर्यो । बुवाको शोकमा रहेका गौतम परिवारका कान्छा छोरा दिपक आन्दोलनको घाईते पनि हुन् । हामी उनको घरमा पुग्दा प्रहरीले शरिरभर हानेको लाठीका निल डाम देखाउँदै भने, ‘मेरो बुवालाई शहिद घोषणा गरियोस्,  बुवा जेका लागि मर्नुभो उहाँको सपना साकार होस् ।’ छातीमा गोली लागेपछि ४९ वर्षीय टिकारामकी पत्नी दुर्गादेवी र ८० वर्षीया आमा इश्वरी गौतम अहिले अचेत अवस्थामा छन् ।  बुवाको मृत्युको खबर सुनिसकेपछि नेपालगन्जमा अध्ययन गरिरहेका कान्छा छोरा उत्तम सोमबार राती घर आइपुगे । उनी भन्छन्, ‘अब मलाई कसले पढाउँछ ? पढाउने बुवालाई सरकारले गोली ठोकेर मारेपछि अब हामीलाई रोजगारी देओस् ।’ सोमबार बिहान ९ बजेतिर काम भेटिए काम गरौंला नत्र आन्दोलनतिर जाउँला भनेर घरबाट निस्किएका गौतमलाई १२ बजेतिर गोली लागेको थियो ।   अधिकृतको सपना बोकेका बिसी बिरेन्द्रनगर ८ भानुचोक घर भएका २७ वर्षीया यम बिसी इमान्दार र शालिन स्वभावका थिए । उनलाई माध्यमिक तहदेखी अध्ययन गराउने  शिक्षक सुन्दर मान श्रेष्ठका अनुसार गाउँमा कसैलाई भनेर नबिझाउने र सबैलाई सम्मान गर्ने स्वभावका बिसी प्रखर स्वभावका हुन् । वातावरण सुधार संस्थामा करिब दुई वर्ष काम गरेर सरकारी सेवामा अधिकृत हुने रुचीका साथ काठमाडौंमा तयारी कक्षा लिन गएका उनी केही दिन अगाडि मात्रै सुर्खेतस्थित आफ्नो घरमा आएका थिए । \"surkhet_cover_photo\" तीन महिने बच्चा पेटमा बोकेर बसेकी श्रीमतीको माया लागेर केही दिनका लागी यहाँ आएका उनी सोमबार साँझ कहिल्यै नर्फकने गरि बिदा भए । परिवारको कान्छो सन्तानको रुपमा रहेका बिसीका बुवा, आमा, दाइ र एक बहिनी छन् । साथीहरुलाई भेटेर वातावरण सुधार समाजबाट घर फर्कंदै गर्दा कालिन्चोक नजिक प्रहरीले हानेको गोली लागेर उनको मृत्यु भयो । आफन्तले उनको शव अहिले बुझ्न मानेका छैनन् । अनाहकमा मारिएका बिसीको शोकमा अहिले वीरेन्द्रनगर ८ भानुचोक डुबेको छ । आफन्तजन परिवार र छिमेकी प्रश्न गरिरहेका छन्, ‘बाटोमा हिँडिरहेका निर्दोषहरुलाई गोली ठोक्नेलाई कहिले कारवाही हुन्छ ?’     राम्रो कोट सिउने परिचय बनाएका रजवार ग्राहकको राम्रो कोट सिलाएर चर्चा कमाएका वीरेन्द्रनगर ३ का ६६ वर्षीय गोपाल सिङ रजवारको सोमबार मंगल गढी चोकस्थित प्रहरी र आन्दोलनकारी बिच भएको झडपमा मृत्यु भयो ।  खाना खाएर ‘मंगलगडितीर के भइरहेको छ, म हेरेर आउँछु’ भनेर गएका रजवारको शव बुझ्न साँझ छोरा जानुपर्यो । बिचबजारमा छोराले खोलेको  गुडफिड टेलर्समा काम गरेर दिनमा १२ सय कमाउने रजवारका छोराहरु राजु, सन्जु, दिपक र छोरी लक्ष्मी छन् । घरमा पुग्दा शोकाकुल देखिएका सबै परिवारका सदस्यले भने, ‘हाम्रो बुवा यसरी मर्दा अब हामी जस्ता गरिबलाई केही हुने सत्ता आईदिए हुन्थ्यो ।’ क्षेत्रीय अस्पताल कालागाउँमा रहेको उनको शवलाई शहिद घोषणा लगायतको माग गर्दै आफन्तले बुझ्न मानिरहेका छैनन् । \"10\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy