Khabar Dabali ३० जेष्ठ २०८३ शनिबार | 13th June, 2026 Sat
Investment bank

आगामी निर्वाचनमा कुन कित्तामा उभिने ?

केशव नेपाल

राजा, राजावादी र राजतन्त्रका पक्षधरबीच नै उनको चुनावी गठबन्धन छ । तर, उपेन्द्र यादव पनि त्यही प्रतिगामी गठबन्धनमा मिसिन पुगेका छन् । उपेन्द्र यादवले केपीको प्रतिगामी कदमका विरुद्ध संघर्ष गरेका थिए ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेपाली जनता दुई कित्तामा खडा हुनुपर्ने भएको छ– एउटा प्रतिगामी कित्ता र अर्काे अग्रगामी कित्ता ।

अग्रगामी कित्ताको नेतृत्व माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरिरहनुभएको छ, त्यो वाम–लोकतान्त्रिक गठबन्धन हो । गठबन्धनमा नेपाली कांगे्रस, नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राष्ट्रिय जनमोर्चा छन् ।

जसपा प्रतिगमनविरोधी अभियानदेखि गठबन्धनमा सामेल हुँदै आए पनि निर्वाचनको सिटको भागवण्डामा असहमति जनाउँदै आफैले प्रतिगामी भनेको कित्तामा सामेल हुन पुगेको छ । जसका कारण जसपा अध्यक्ष उपेन्द्र यादवलाई चौतर्फी प्रश्न छ ।

केपी ओली सच्चिएकै हुन् ? तर, वास्तविकता त्यस्तो होइन । केपी ओलीले अहिलेसम्म न संसद विघटन गलत थियो भनेका छन् न आफूले चालेका कमदबारे आत्मालोचना नै गरेका छन् । यादव बढी सिट लिन एमालेको नेतृत्वको गठबन्धमा सामेल भएका हुन् ।

अहिलेको निर्वाचनमा प्रतिगामी कित्ताको नेतृत्व केपी ओलीले गरिरहेका छन् । उनको प्रतिगामी सोच राजावादी पार्टी राप्रपा र कमल थापासँगको गठबन्धनले नै प्रस्ट पारिसकेको छ । एमालेमा पनि अग्रगामी सोच भएका नेता–कार्यकर्ताहरु नभएका होइनन् । तर, उनीहरु प्रतिगामी र परिवर्तनविरोधी कमदविरुद्ध खडा हुन सकेका छैनन् । बरु ओलीकै अगाडि नतमस्तक बन्न बाध्य छन् । नेकपा हुँदा अग्रगामी कित्तामा उभिएका उच्च तहका नेताहरुले पनि ओलीकै कारण नेकपा फुटेपछि ओलीका अगाडि आत्मसमर्पण गरे । उनीहरुलाई एमालेमा १० भाइका नामले चिनिन्छ ।

तर, ओलीले उनीहरुलाई पार्टीमा कतिसम्म पेलेका छन् भन्ने भीम रावल र घनश्याम भुसालहरुमाथि देखाएको रबैयाले पुष्टि गर्छ । निर्वाचनमा उम्मेदवार खडा गर्ने बेलामा भीम रावल, घनश्याम भुसाल लगायतलाई पार्टी कमिटीबाट सिफारिस भए पनि टिकट नदिनुले नेकपाकै समयमा ओलीको प्रतिगामी कदम असफल पार्न लागेको बदलास्वरुप उम्मेदवारबाट वञ्चित गरेको कुरा सबैका सामु जगजाहेर नै छ । उनीहरुले आत्मसमर्पण गरे पनि ओलीले पूर्वाग्राही रुपमा हेरिरहेका छन् भन्ने ज्वलन्त उदाहरण हो यो । उनीहरु निरीह बनेर ओलीका प्रतिगामी कदम टुलुटुलु हेर्दैछन् ।

मंसिर ४ को निर्वाचनमा प्रतिगामी कित्ता र अग्रगामी कित्ताबीच नै मूल रुपमा प्रतिस्पर्धा हुनेछ । प्रतिगामी कित्ताको नेतृत्व गरिरहेका केपी ओलीको ग्रान्ड डिजाइन भनेको २०७२ को संविधानमा प्राप्त उपलब्धिहरु समाप्त गर्नु हो । त्यसको लागि २–२ पटक संसद विघटन गरेका थिए । ओलीले त्यो दुस्साहस आफ्नै तागतले मात्रै गरेका थिएनन् । विदेशी शक्तिको आड भरोसा र डिजाइनमा प्रतिगामी कदम चालेका थिए । 

भारतीय जासुस प्रमुख सामन्त गोयलसँग ओलीको आत्मसमर्पण, प्रतिगामी योजना र कदमको डिजाइनकै निरन्तरमा ओली लागिरहेका छन् । तर, उनका प्रतिगामी कदमविरुद्धको आन्दोलन केन्द्र र प्रदेशको सत्ताबाट बहिर्गमनपछि ओलीको प्रतिगामी कदम निस्तेज भएता पनि त्यो कदमका लागि पुरानै डिजाइनमा अहिले पनि लागिरहेका छन् ।

भारतीय शासकहरुले नेपालको २०७२ को संविधान आफ्नो अनुकूल नभएकोले त्यसलाई असफल पार्न केपी ओलीजस्तो प्रतिगामी सोच भएका व्यक्तिलाई उपयोग गर्दै आएका छन् । ओलीले मौका पाउनासाथ प्रतिगामी कदम चाल्ने सक्ने अवस्था अझै कायम छ । अहिले निर्वाचनमा केपीले जुन गठबन्धन सुरु गरेका थिए, त्यो प्रतिगामीहरु बीच नै थियो । 

राजा, राजावादी र राजतन्त्रका पक्षधरबीच नै उनको चुनावी गठबन्धन छ । तर, उपेन्द्र यादव पनि त्यही प्रतिगामी गठबन्धनमा मिसिन पुगेका छन् । उपेन्द्र यादवले केपीको प्रतिगामी कदमका विरुद्ध संघर्ष गरेका थिए । अहिले निर्वाचनमा प्रतिगामी कदमका नेतृत्वकर्तासँग गठबन्धन गरेर अहिलेसम्म प्रतिगामी कदमका विरुद्ध गरेको संघर्षलाई फिका बनाउन पुगेका छन् ।

केही साना कम्युनिस्ट समूहहरुले चुनाव बहिस्कार गर्ने निर्णय गरे पनि त्यो प्रभावकारी र सशक्त रुपमा गर्ने योजना देखिँदैन । नेकपा (चन्द) समूह ओली सरकार सामु यही व्यवस्थाभित्र शान्तिपूर्ण रुपमा अगाडि बढ्ने भन्दै तीन बुँदे सम्झौता गरेर खुला भएका थिए । स्थानीय निर्वाचनमा भाग लिने प्रस्ताव नेत्रविक्रम चन्दले अगाडि सारेपछि त्यो पार्टीको बहुमत चन्दसँग अलग भएको छ । 

चन्द र ओलीबीचको गोप्य सहमति के थियो त्यो प्रष्ट रुपमा नखुलेता पनि ओलीको प्रतिगामी कदमको विरुद्ध नजानुको सिधा अर्थ हुन्थ्यो कि चन्द र ओलीबीच गोप्य साँठगाँठ र सहमति छ । त्यो कुरा थाहा पाएर बहुमत पार्टीले चन्दको साथ छोडि दियो । चन्दबाट छुट्टिएको बहुमतले न उपयोग न बहिस्कार भन्दै तटस्थवादी नीति लिन पुगेको छ । अल्पमतमा परेको चन्द समूहले पनि स्पष्ट नीति लिएको छैन । स्थानीय निर्वाचनमा भाग लिए पनि त्यो पार्टीले कतै जित्न सकेन । त्यही कारण अहिले चुपचाप रहेको छ ।

यसअघिका निर्वाचनमा सशस्त्रसहित बहिस्कार गरेको थियो । अहिलेको निर्वाचनमा प्रतिगामी ओलीको कित्तामा रहन्छन् कि कता रहन्छन् ? त्यो निर्वाचनकै क्रममा खुल्दै जानेछ । सच्चा लोकतन्त्रवादी, वामपन्थी , कम्युनिस्टहरुले निर्वाचनको यो घडीमा प्रतिगामी कित्ता र अग्रगामी कित्ताबीचको निर्णयक संघर्षमा अग्रगामी कित्तामा उभिन र प्रतिगामीहरुलाई पराजित गर्नु पहिलो र प्रधान काम हो । त्यो काममा सबै नेपाली जनता लाग्नु पर्दछ । 

यदि अहिले प्रतिगामीहरुले निर्वाचनमा जिते भने प्राप्त उपलब्धिहरु समाप्त गर्नेछन र फेरि उही पुरानो सडेगलेको राजतन्त्रलाई जलप लगाएर ल्याउने दुस्साहस गर्नेछन् ।

१० वर्षे महान् जनयुद्ध र १९ दिने जनआन्दोलनबाट प्राप्त लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक र समावेशी जुन उपलब्धिहरु प्राप्त भएका छन् । ती अन्त्य गर्ने योजनामा भारतीय शासक र नेपालका प्रतिगामीहरु न्वारनदेखिको बल लगाइरहेका छन् । त्यो योजनालाई बिफल पार्न नेपाली जनताको ऐतिहासिक अभिभारा बनेको छ ।

यो संविधान अधुरो र अपुरो त छ । योभन्दा अग्रगामी संविधान निर्माणको आवश्यकता छ तर यही संविधानले दिएका अधिकारहरु खोसिने खतरा रहेकाले यसको रक्षा गर्ने शक्तिहरु एक भएर अगाडि बढ्ने जुन काम भएको छ, त्यसलाई निरन्तरता यो निर्वाचनमा पनि दिनु पर्दछ । यो कदमले मात्रै प्राप्त उपलब्धिहरुको रक्षा गर्न सकिन्छ । प्रतिगामीहरुलाई पराजित गर्न सकिन्छ ।

केपी ओलीले एकातिर प्रतिगामी शक्तिहरुको नेतृत्व गरिरहेका छन् अर्कातिर आफूलाई देशभक्त र वामशक्तिको जलप लगाइरहेका छन् । उनी न देशभक्त हुन् न वामपन्थी हुन् । उनी दुवै नक्कली हुन् । उनी त गणतन्त्रविरोधी कित्ताको नेतृत्व गर्दै आएको कुरा बयलगाडा सिद्धान्तको वकालतले स्पष्ट गरेको थियो । त्यसपछिका घटनाक्रममा पनि संघीयता र धर्मनिरपेक्षताविरुद्ध गतिविधि र अभिव्यक्ति दिँदै आएका छन् । 

उनको नेतृत्वको सरकारले संविधानमा उल्लेख भएको समाजवादउन्मुख समाज निर्माणका विषयमा न कुनै योजना न कुनै कार्यक्रम केही अगाडि सारेन । यो निर्वाचनमा पनि तिनै राजावादी, पुनर्उत्थानवादी र प्रतिगामीहरुको बीचमा साँठगाँठ गरेका घटनाले पनि केपी ओली प्रतिगामीहरुको कित्ताको राम्रो प्रतिनिधित्व गरिरहेका छन् भन्ने कुरा कतै लुकेको छैन । नेपाली जनता प्रतिगामीहरुका विरुद्ध एकजुट भएर खडा हुँदै आएका छन् र खडा हुँदै जानेछन् ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending