Ntc summer Offer
Khabar Dabali ४ जेष्ठ २०८१ शुक्रबार | 17th May, 2024 Fri
NIMB

स्पष्टीकरणको शृङ्खला जारी, आंशिक प्राध्यापकको करार प्रक्रिया बदर गर्न निर्देशन

नेकपा एमालेका उम्मेदवार महतोलाई स्पष्टीकरण

खबरडबली संवाददाता

काठमाडौ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०७९ को उल्लङ्घनका सूचना र उजुरीका आधारमा निर्देशन दिने र स्पष्टीकरण सोध्ने क्रमलाई निरन्तरता दिएको छ ।

आयोगले त्रिभुवन विश्वविद्यालयअन्तर्गतको सानोठिमी क्याम्पस, भक्तपुर समेतका क्याम्पसमा निर्वाचन आचारसंहिता, २०७९ लागू भइसकेपश्चात् विज्ञापन खोली आंशिक प्राध्यापकलाई करार गर्ने प्रक्रिया तत्काल बदर गर्न आज निर्देशन दिएको छ । 

आयागले विश्वविद्यालयको रजिष्ट्रारको कार्यालय र उक्त क्याम्पसलाई करार गर्ने प्रक्रिया तत्काल बन्द र बदर गर्न निर्देशन दिएको हो । आयोगले उक्त क्याम्पस प्रमुखलाई सो विषयमा स्पष्टीकरण पनि सोधेको छ ।

गत असोज १२ गतेदेखि आचारसंहिता लागू भइसकेको अवस्थामा आंशिक प्राध्यापकलाई करार गर्ने गरी अगाडि बढाइएका प्रक्रिया आचारसंहिताको प्रतिकूल हुने आयोगको ठहर छ ।
       
“उल्लेखित सन्दर्भमा यदि त्यस विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा आंशिक प्राध्यापकलाई करार गर्ने प्रक्रिया अगाडि बढेको अवस्था भए तत्काल ती प्रक्रिया बदर गर्ने व्यवस्था हुन निर्णयानुसार अनुरोध छ । साथै यस पत्रमा आवश्यक कारवाही गरी तीन दिनभित्र सोको जानकारी आयोगलाई गराउनसमेत अनुरोध छ”, पत्रमा भनिएको छ ।
       
आयोगले उक्त क्याम्पसका प्रमुखलाई करार भर्ना प्रक्रिया स्थगित गरी स्पष्टीकरण पेश गर्न बेग्लै पत्राचार गरेको छ । 

मतदाता शिक्षा सञ्चालन नगर्ने नगरप्रमुख र प्रशासकीय अधिकृतलाई निर्देशन 

आयोगले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न दिइएको निर्देशन अवज्ञा गरेकाले बौधीमाई नगरपालिका, रौतहटका नगरप्रमुखलाई निर्देशन र निमित्त प्रमुख प्रशासकीय अधिकृत रामेश्वर राय यादवलाई स्पष्टीकरण सोधेको छ । सो पालिकाले आयोगको निर्देशन अवज्ञा गर्दै मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न असमर्थ रहेको पत्राचार गरेको थियो ।

नेपालको संविधान र निर्वाचन आयोग ऐनका विभिन्न प्रावधानहरू उल्लेख गर्दै लेखिएको स्पष्टीकरणपत्रमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्दा लाग्ने खर्च नगरपालिकाको कोषको कुनै पनि शीर्षकबाट व्यवस्था गरी तीन दिनभित्र उक्त कार्यक्रम सञ्चालन गरिएको जानकारी उपलब्ध गराउन निर्देशन दिइएको छ । 

.उक्त नगरपालिकाले नगरसभा नभएका कारण मतदाता शिक्षाका लागि आवश्यकपर्ने बजेट नभएको भन्दै कार्यक्रम सञ्चालन गर्न नसक्ने जानकारी आयोगलाई गराएको थियो । 

आयोगको निर्णयबमोजिम भएको जिल्ला निर्वाचन कार्यालय रौतहटको पत्राचारविपरीत त्यस नगरपालिकाबाट मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुनुपर्नेमा सो नभएको देखिएकाले निर्वाचन आयोग ऐन, २०७३ को दफा ४४ बमोजिम विभागीय कारबाही किन हुनु नपर्ने हो ? भनी आयोगले पत्र पठाएको छ ।

उम्मेदवार महतोलाई स्पष्टीकरण

आयोगले महोत्तरी क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका नेकपा (एमाले) का उम्मेदवार लक्ष्मी महतोलाई स्थानीय रेडियोमार्फत मतदातालाई धम्कीपूर्ण भाषा व्यक्त गरेकामा स्पष्टीकरण सोधेको छ । 

गौशालास्थित रेडियो जुनतारामा मैथिली भाषामा दिएको अन्तरवार्तामा “अहिले चुनावका कारण धेरै दम राखेको छु । चुनावपछि देखाइदिन्छु । हारे पनि के हुन्छ, म सबैलाई तह लगाइदिन्छु, चाहे त्यो जुनसुकै कार्य क्षेत्रको होस् । कुरा बुझ्नुभो नि, तपाईंले भोट दिनुहुन्न मलाई के फरक पर्छ, यहाँ त मेरै सरकार छ । त्यस्तो मान्छेलाई पिट्दिन भने के खुट्टा ढोगौँ । खुट्टा ढोगेर काम लाग्छ । मलाई मत नदिनुस् तर मैले केही दिन पहिले नै गौशाला बजारमा नगरपालिका र प्रहरीलाई भन्दा म आफैँ गएर एकाध थप्पड पिटेँ । मैले चुनावका कारण धेरै धैर्य राखेको छु । चुनावपछि देखाइदिन्छु”, भनी धम्की दिएका जनाइएको छ  ।

निर्वाचन आचारसंहिताको दफा १३ को उपदफा (१) को (थ) मा ‘निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने वा अवरोध गर्नेगरी विचार राख्न, प्रचारप्रसार गर्न, कुनै विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा प्रकाशन गर्न वा अरुले प्रकाशन गरेका सामग्री शेयर गर्न नहुने’ व्यवस्था रहेको भन्दै आयोगले महतोलाई २४ घन्टा स्पष्टीकरण दिन निर्देशन दिएको छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies