Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

कांग्रेस, माओवादी घोषणापत्रमा आ-आफ्नै नेतृत्वमा सरकारको परिकल्पना

देव गुरुङ भन्छन् : निर्वाचनको परिणाम पछि मात्रै सरकारको नेतृत्वबारे छलफल हुन्छ

खबरडबली संवाददाता

काठमाडौं । गठबन्धन सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस र प्रमुख साझेदार नेकपा माओवादीले चुनावपछिको सरकारमा नेतृत्व गर्ने आ-आफ्नो दाबी सहित घोषणापत्र सार्वजनिक गरेका छन्।

कांग्रेसले लोकतन्त्र र संविधानको रक्षा, स्थायित्व र समुन्नतिको नेतृत्व गर्ने अभिभारा पुनः आफ्नो काँधमा आएको भन्दै घुमाउरो भाषामा सरकारको नेतृत्वमा दाबी गरेको छ।

नेकपा माओवादी केन्द्रले आफ्नो दलको नेतृत्वमा आगामी सरकार बन्नुपर्ने भन्दै सात वटा कारण पेस गरेको छ।

कांग्रेसको घोषणापत्रमा आगामी सरकारको नेतृत्व कसले गर्छ भन्नेबारे मौन छ। तर माओवादी केन्द्रले चाहिँ पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई "एक्लो नेता"को रूपमा अघि सारेको छ।

कांग्रेसको घोषणापत्रमा के छ?

'लोकतन्त्र र संविधानको रक्षार्थ नेपाली कांग्रेसको नेतृत्वमा सरकार' नाम दिइएको शीर्षकमा कांग्रेसले गठबन्धन सरकारको औचित्य पुष्टि गर्ने प्रयास गरेको छ।

अहिलेको सरकारले अघि बढाए पनि राष्ट्रपतिबाट प्रमाणीकरण नभएको नागरिकता विधेयकलाई निर्वाचनपछि आउने संसद्बाट टुङ्गो लगाउने आफ्नो घोषणापत्रमा कांग्रेसले उल्लेख गरेको छ।

"मध्यमकालीन संरचनात्मक सुधारको नेतृत्व अब पुनः नेपाली कांग्रेसले नै गर्ने छ," कांग्रेसको घोषणापत्रमा भनिएको छ।

आफ्नै दलको नेतृत्वमा पुन: सरकार बन्ने परिकल्पना गर्दै कांग्रेसले घोषणापत्रमा लेखेको छ, "प्रधानमन्त्री देउवा नेतृत्वको सरकारले गत साउन महिनादेखि ६८ वर्ष पुगेका सबै नागरिकहरूलाई ज्येष्ठ नागरिक भत्ता दिन सुरु गरेकोमा नेपाली कांग्रेस नेतृत्वको आगामी सरकारले ज्येष्ठ नागरिक भत्ताको उमेर क्रमशः ६५ वर्ष पुर्‍याउने छ।"

घोषणापत्र लेखनमा समेत सहभागी कांग्रेस सहमहामन्त्री जीवन परियारले चुनावी नतिजा आफ्नो पक्षमा आएको अवस्थामा कांग्रेसले आगामी सरकारको नेतृत्व आफैँसँग राख्न प्रयास गर्ने बताए।

"अब बन्ने पहिलो सरकार कांग्रेसकै नेतृत्वमा हुन्छ," आलोपालो सरकारको नेतृत्व हुनसक्ने सङ्केत गर्दै उनले भने।

घोषणापत्रको अन्तिममा मतदाताहरूसँग गरिएको अपिलमा कांग्रेसले थप भनेको छ, "समयले पुनः संविधानको रक्षा, स्थायित्व र समुन्नतिको नेतृत्व गर्ने अभिभारा नेपाली कांग्रेसकै काँधमा आएको छ।"

प्रचण्डको नेतृत्वमा माओवादी दाबी

'माओवादी केन्द्रकै नेतृत्वमा किन?' शीर्षकमा घोषणापत्रका तीन पृष्ठ खर्चिएको माओवादीले चुनावी नतिजा अनुकूल आए पार्टी अध्यक्ष प्रचण्डलाई सरकारको नेतृत्वमा अघि सार्ने प्रस्ट सङ्केत गरेको छ।

संविधान, लोकतन्त्र र परिवर्तनको रक्षा गर्दै समाजवाद र समृद्धितर्फ मुलुकलाई लैजान आफ्नो दल मात्र सक्षम रहेको माओवादीको दाबी छ।

"हाम्रो पार्टीले राज्यको नेतृत्व गरे मात्र यो मूल कार्यभार पूरा गर्न सम्भव हुनेछ," सरकारको नेतृत्वमा दाबी पेस गर्दै माओवादीको घोषणापत्रमा भनिएको छ।

यसअघि माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले गरेका कामहरूको दाबीसहित फेहरिस्त प्रस्तुत गर्दै माओवादीले विगतका कमजोरी सच्याउने वाचा समेत गरेको छ।

सरकारको नेतृत्वमा पार्टी अध्यक्षलाई प्रस्ताव गर्दै अन्त्यमा भनिएको छ, "नेपालको समकालीन राजनीतिमा उहाँ मात्र एक्लो त्यस्तो नेता हुनुहुन्छ। तसर्थ, अध्यक्ष कमरेड प्रचण्डको नेतृत्वको ने.क.पा. (माओवादी केन्द्र) बाट मात्र यति बेला पनि राष्ट्रको नेतृत्व, निकास र विकास सम्भव छ।"

माओवादी घोषणापत्र लेखनमा समेत सहभागी भएका पार्टी महासचिव देव गुरुङले पार्टीमा प्रचण्ड निर्विकल्प नेता भएको बताए।

"वैचारिक, राजनीतिक, उपलब्धिहरूको हिसाबले, अगुवा र नेतृत्व गर्ने हिसाबले त उहाँ देखिनुभएकै विषय भइहाल्यो," उनले भने।

गठबन्धनको अर्को साझेदार दल नेकपा एकीकृतको घोषणापत्र भने चुनावपछि बन्न सक्ने सरकारको नेतृत्वबारे मौन छ। पूर्व प्रधानमन्त्रीहरू माधव नेपाल र झलनाथ खनालले नेतृत्व गरेको यो दलले चाहिँ गठबन्धनलाई बहुमत दिलाउन आह्वान गरेको छ।

नेतृत्वबारे गठबन्धनमा सहमति छ?

मङ्सिर ४ गते हुने निर्वाचनबाट अहिलेको सत्तारुढ गठबन्धनलाई बहुमत नै आएको अवस्थामा सरकारको नेतृत्व कसले गर्ने भन्नेबारे सहमति नभइसकेको गठबन्धनमा सहभागी दलका नेताहरूको दाबी छ।

"गठबन्धनभित्र फरक दल भएको हुनाले माओवादीले पनि, माधव नेपालको पार्टीले पनि हाम्रो नेतृत्वमा हुनुपर्छ भन्न सक्छन्," परियारले भने।

"गठबन्धनमा यो टुङ्गिइसकेको छैन। निर्वाचनपछि छलफल गरेर टुङ्ग्याउँछौँ।"

माओवादी महासचिव देव गुरुङले पनि निर्वाचनको परिणाम पछि मात्रै सरकारको नेतृत्वबारे छलफल हुने बताए।

"आगामी प्रधानमन्त्रीको लागि त निर्वचन सम्पन्न हुनुपर्‍यो, अर्को कुरा दलहरूको अवस्था कुन कुन रूपमा हुन्छ, तेस्रो कुरा दलहरूबीच आपसी सहमति हुनुपर्‍यो यी सबै प्रक्रियागत कुराहरू बाँकी नै छन्," उनले भने। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको सरकार बन्दा मन्त्री कसले छान्छ, मन्त्रिपरिषद्‌ कत्रो हुन्छ ?

मन्त्रीमा विज्ञ कि सांसद?

पश्चिम एसिया सङ्कटः उद्धार उडान आज पनि

काठमाडौँ । सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न देशमा अलपत्र परेका नेपालीलाई क्रमशः उद्धार उडानमार्फत स्वदेश ल्याएको छ ।  ...

एमाले अध्यक्ष ओलीलाई पितृशोक

आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने

१० चैतभित्र नयाँ सरकार

काठमाडौं । प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना सकिएलगत्तै राजनीतिक ‘कोर्स’ नयाँ सरकार गठनतिर प्रवेश गरेको छ । निर्वाचन आयोग र संसद् सचिवालयले केही प्र...

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यूनचापीय प्रणाली, उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली तथा  पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चा...

अमेरिकाले उल्लङ्घन गरेका व्यापार सम्झौताको ‘दृढताका साथ प्रतिक्रिया’ दिइनेः इयु

काठमाडाैँ । राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले नयाँ व्यापार अनुसन्धानको घोषणा गरेपछि युरोपेली सङ्घका कार्यकारी प्रमुखले बिहीबार संयुक्त राज्य अमेरि...

राहदानी सेवा अवरुद्ध हुनसक्ने विभागको प्रष्टोक्ति

काठमाडौँ । परराष्ट्र मन्त्रालय मातहतको राहदानी विभागले अन्तरिम अवस्थामा राहदानी वितरण प्रणाली एकाध दिन बन्द हुनसक्ने जनाएको छ । पुरानो प्रणाली विस्...

कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

मुस्ताङ । यहाँस्थित उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडकअन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङदेखि घरपझोङ–४ जोमसोम जोड्ने...

बालिका मृत्यु प्रकरण: थप अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरोबाट

कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले बलात्कारपछि हत्या गरिएकी १६ वर्षीया इनिशा विक घटनाको प्रारम्भिक अनुसन्धान जिल्लाबाटै सके पनि थप अनुसन्धानका...

चुनाव सुधार्न नीतिगत शल्यक्रियाको प्रस्ताव : के-के छन् नयाँ सुझाव ?

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भए पनि यसका अनुभवले चुनावी प्रणालीमा आमूल नीतिगत सुधारको आवश्यकता देखाएका छन्।  नि...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: