Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

मलको अभाव हुने संकेत

\"Mal\"काठमाडौं । कृषि समाग्री संस्थान लिमिटेडले रासायनिक मल पुर्‍याउने नसकेपछि लिमिटेडको एकाधिकार तोड्दै साल्ट ट्रेडिङले समेत रासायनिक मल आयात गरि वितरण गर्ने भएको छ तर, ट्रेडिङले बर्षेनी ८५ हजार मेट्रिक टन आयात र वितरण गर्दै आएकोमा अहिले सो कोटा घटाएर ५० हजार मात्र गराइएसँगै मलको अभाव हुने देखिएको छ ।   तीन बर्ष अघिको मन्त्रीपरिषद निर्णयले साल्ट ट्रेडिङलाई समेत मल आयात गर्ने तथा वितरण गर्ने बाटो खोलेको थियो । बर्षेनी दुई लाख ७५ हजार मेट्रिक टनको माग हुने गरेकोमा संस्थानले बार्षिक एक लाख ९० हजार मात्र आयात तथा वितरण गर्न सकेको र अन्य आपूर्ति गर्न नसकेको हुनाले तत्कालिन सरकारले साल्ट ट्रेडिङलाई समेत मल आयात गर्न र वितरण गर्न दिने निर्णय गरेको थियो ।   तत्कालिन मन्त्रीपरिषदले साल्ट ट्रेडिङलाई ८५ हजार मेट्रिक टन ल्याउन दिने निर्णय गरेको थियो तर बर्तमान सरकारले मन्त्रीपरिषद बैठकबाट साल्ट ट्रेडिङलाई जम्मा ५० हजार मेट्रिक टन आयात गर्न अनुमति दिएसँगै उपभोक्ताहरुले यस आर्थिक बर्षमा मलको अभाव व्यहोर्नु पर्ने देखिएको हो ।   कृषि मन्त्रालय स्रोतका अनुसार भारतीय मल निर्यात कम्पनीसँगको साँठगाँठका कारण मल आयातमा ठुलो चलखेल हुने गरेकाले मन्त्रालयका केही उच्चपदस्त अधिकारीहरुले सरकारी स्वामित्वमा रहेको लिमिटेडको पक्षमा बकालत गरिरहेको बताए ।   मन्त्रालयका अधिकारीहरुका अनुसार नेपालमा खपत हुने मलको परिणाम बराबरको ‘ग्लोबल टेन्डर सिस्टम’बाट आह्वान गरि मल आयात गर्ने गरिन्छ तर विभिन्न प्राविधिक कठिनाईका कारण यदि मल समयमा नै आयात गर्न नसकिएमा भारतको एक नीजि कम्पनीबाट ल्याउने गरिएको छ जसमा भारत सरकारले नेपालका लागि कोटा छुट्टाएको छ ।   ‘अहिले पनि हामीले समयमा नै मल ल्याउन सकेका छैनौ, किनकी हामीले ग्लोबल टेन्डर सिस्टमबाट मगाएको मल अहिले कोलकताको बन्दरगाहमा बर्षाका कारण रोकिएको छ ।’– मन्त्रालयका एक अधिकारीले भने ।   तर कृषि क्षेत्रका विज्ञहरुका अनुसार मल आयात र वितरण गर्ने काम एक संस्थाको जिम्मामा दिनुको सट्टा समानान्तर दुई संस्थाको विकास गरिएमा मलमा कसैले पनि एकाधिकार जमाउन नपाउने तथा सहज वितरण पनि हुने विचार व्यक्त गर्ने गर्छन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies