गलेश्वर । म्याग्दीका आठ मतदान केन्द्रको नेतृत्व महिलाले पाएका छन् । जिल्लाका एक सय २० मतदान केन्द्रमध्ये आठमा महिलालाई मतदान अधिकृत तोकिएको छ ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मतदान केन्द्रलाई समावेशी बनाउन र मतदान अधिकृतको नेतृत्व गर्ने अवसर महिलालाई जिम्मेवारी दिइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बेनी नगरपालिका–२ कारागारमा स्थापना गरिएको अस्थायी मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य कर्मचारीसमेत महिला तोकिएको छ । “निर्वाचन गराउने कर्मचारी छनोट गर्दा महिला कर्मचारीलाई प्राथमिकतामा राखेका थियौंँ । मतदान अधिकृत भएर जान इच्छुक महिला कर्मचारीलाई हामीले खटाएका छौंँ”, सहायक निर्वाचन अधिकृत तेजप्रसाद पौडेलले जानकारी दिए ।
सहायक निर्वाचन अधिकृत पौडेलका अनुसार मुक्ति मार्ग मावि, घार (ख) केन्द्रमा प्रतिज्ञा सुवेदी, ताकम मावि ताकम (क) केन्द्रमा लालमाया छन्त्याल, रामचन्द्र मावि अर्जममा करुणा कार्की, राष्ट्रिय मावि नेप्टेचौर (ख) केन्द्रमा साधनाकुमारी श्रेष्ठ र जनप्रिय मावि दरवाङ (क) केन्द्रमा उमादेवी कँडेललाई निर्वाचन अधिकृत तोकिएको छ ।
त्यसैगरी हिमाल आधारभूत विद्यालय पात्लेखेतमा शान्ति खत्री, अस्थायी केन्द्र कारागारमा अम्बिका शर्मा र मङ्गला मावि बाबियाचौर (ख) केन्द्रका लागि पवि थापालाई मतदान अधिकृतको जिम्मा दिइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतदान गराउने नेतृत्व पाएपछि महिला कर्मचारी उत्साहित भएका छन् ।
जिल्ला निर्वाचन कार्यालयले आयोजना गरेको तालिममा सहभागी मतदान अधिकृत अम्बिका शर्माले मतदान गराउने मुख्य भूमिका पाएकामा आफूलाई खुसी लागेको बताइन् । मतदान केन्द्रलाई अपाङ्गमैत्री बनाउन मुख्य निर्वाचन अधिकृतको कार्यालयले सबैलाई निर्देशन दिएको छ । मतदानस्थलको भौगोलिक अवस्था अनुसार स्थानीयवासीको सहयोग लिएर मतदान केन्द्रलाई सकेसम्म अपाङ्गता मैत्री बनाउन मतदान अधिकृतलाई निर्देशन दिइएको सहायक निर्वाचन अधिकृत पौडेलले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: