पोखरा । नक्कली सुन धितो राखी कर्जा लिई ठगी गर्ने एक जनालाई जिल्ला प्रहरी कास्कीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । विभिन्न मितिमा नक्कली सुनका गरगहना बैंकमा धितो राखेर ठग्दै आएका पर्वत कुश्मा नगरपालिका–३ स्थायी घर भई हाल पोखरा महानगरपालिका–१८ सराङकोट बस्ने २५ वर्षीय अभिषेक सुनारलाई पक्राउ गरिएको कास्की प्रहरीका प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए ।
तिवारीका अनुसार सुनारले धितोमा राखेर कर्जा लिएको र लामो समयसम्म कर्जाको ब्याज तथा साँवा बुझाउन नआएका कारण शङ्का लागि जाँच गर्दा कमसल सुन प्रयोग गरी तयार गरिएको गरगहना रहेको खुलासा भएको थियो । अनुसन्धानका क्रममा निजले धितोमा राखेका गरगहना नेपाल सुनचाँदी व्यवसायी सङ्घ कास्कीमा जाँचका लागि पठाइएको र कमसल सुन प्रयोग गरी बनाइएको गहना भन्ने पुष्टि भएपछि प्रहरीले सुनारलाई पक्राउ गरेको हो ।
सुनारले पोखरा–१७ बिरौटास्थित रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र पोखरा–८ पृथ्वीचोकको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबाट रु २४ लाख पाँच हजार कर्जा लिएका थिए । सुनारलाई कास्की जिल्ला अदालतबाट ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी कसुरमा दिन पाँच म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रवक्ता तिवारीले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: