Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

यू–१९ क्रिकेट सुदूरपश्चिम छनोट: बैतडीको पहिलो जित

खबरडबली संवाददाता

दोधारा चाँदनी । वाइवाइ यू–१९ सुदूरपश्चिम प्रदेश क्रिकेट छनोट प्रतियोगिताको चौथो दिनको  खेलमा बैतडीले दार्चुलालाई ५६ रनले पराजित गर्न गरेको छ । महेन्द्रनगरस्थित कर्वडहलमा भएको खेलमा बैतडीले टस जितेर ब्याटिङ रोजेको थियो । बैतडीले निर्धारित ४० ओभरमा सम्पूर्ण विकेटको क्षतिमा १६८ रन बनाउन सफल भयो । बैतडीका लागि दीपक बोहराले ४५ बलमा सर्वाधिक ९० रन बनाउन सफल भए भने सुदीप कार्की ५९ बलमा ३३ रन तथा  प्रदीप चन्दले ११ बलमा १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेन ।

बलिङमा दार्चुलाका बिपीन धामीले ८ ओभरमा ३२ रन खर्चिँदै सर्वाधिक ५ विकेट लिन सफल भए । वीरेन वमले ८ ओभरमा ५९ रन खर्चिँदा सागर वमले पनि २.१ ओभरमा १७ रन खर्चिँदै समान २र२  विकेट लिन सफल भए । एक सय ६९ रनको विजयी  लक्ष्य पछ्याउँदै मैदानमा उत्रेको दार्चुलाले निर्धारित ४० ओभरको खेलमा ३० ओभरमा सम्पूर्ण विकेटको क्षतिमा मात्र एक सय १२ रन बनाउन सक्यो । दार्चुलाका लागि नीरज पार्कीले ३४ बल खेल्दा राजेन्द्र साउदले पनि ५३ बल खेल्दै समान सर्वाधिक १८/१८ रन बनाए । बिपीन धामी २२ बलमा १६ रन तथा सुमन महराले १६ बलमा १५ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेन ।

बैतडीका  लागि सन्तोष बिजालेले ६ ओभरमा २१ रन खर्चिँदै सर्वाधिक ५ विकेट लिन सफल भए भने आकाश चन्दले ५ ओभरमा १७  रन खर्चिँदै २ विकेट लिन सफल भए । वाइवाइ यू १९ प्रादेशिक छनोट एक दिवसीय क्रिकेट प्रतियोगिताको उक्त खेलमा म्यान अफ दी म्याच बैतडीका दीपक बोहरा घोषित भएको जिल्ला क्रिकेट सङ्घ कञ्चनपुरका अध्यक्ष वीरेन्द्रबहादुर चन्दले बताउनुभयो ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies