Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

साहित्यकार र कलाकार चुनावी प्रचारमा

खबरडबली संवाददाता
भोजपुर । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि भोजपुरमा चुनावी सरगर्मी बढेको छ । चुनावी प्रचारमा साहित्यकार र कलाकारहरुको टोली भोजपुर आइपुगेको छ । 
 
योजना आयोगका पूर्वसदस्य डा शिवकुमार राई, भूपूगोर्खा सैनिक सङ्घ गेसोका अध्यक्ष कृष्णकुमार राई, उपाध्यक्ष मनिकुमार राई, वरिष्ठ कवि तथा गीतकार भूपाल राई, मदन पुरस्कार विजेता वरिष्ठ आख्यानकार तथा गीतकार राजन मुकारुङ, सङ्गीतकार पारस मुकारुङ, गायक भीषण मुकारुङ, गीतकार शुभ मुकारुङ, गायिका बबिना राई, गायक तथा हास्यकलाकार हिरण राई, गायक रवीन्द्र राई लगायतको टोली चुनावी कार्यक्रममा सहभागी भएका हुन् । 
 
भोजपुरे जनताले विकास र समृद्धिको बाटोमा लाग्ने जुझारु उम्मेदवारहरु अघि सारेका कारण ती उम्मेदवारका पक्षमा मत माग्न भोजपुर आएको उनीहरुको भनाइ छ । उनीहरुले गीतसङ्गीत, कविता, लेख, विभिन्न सामाजिक सञ्जालहरुको माध्यमबाट मत माग्दै अहिले भौतिकरुपमा नै जनताको घरदैलोमा पुगी गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्न आह्वान गरिरहेका छन्  । 
 
भोजपुरमा गठबन्धन दलका तर्फबाट प्रतिनिधिसभाका लागि सुदन किराती, प्रदेशसभा (१) का लागि प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राई र प्रदेशसभा (२) तर्फ कांग्रेस भोजपुर सभापति विनोद राई उम्मेदवार रहेका छन् । नेकपा (एमाले)का तर्फबाट प्रतिनिधिसभाका लागि प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राई, प्रदेशसभा (१) का लागि केन्द्रीय सदस्य हरिबहादुर र प्रदेशसभा (२) मा प्रदेश कमिटी सदस्य खड्गबहादुर कार्की चुनावी प्रतिस्पर्धामा छन्  ।  
 
भोजपुरमा प्रतिनिधिसभा निर्वाचनका लागि १२, प्रदेशसभा (१) मा सात र प्रदेशसभा (२) मा छ गरी २५ जना चुनावी मैदानमा छन् । भोजपुरमा ६४ हजार एक सय २५ पुरुष, ५९ हजार दुई सय ५३ महिला र अन्य एक गरी कूल एक लाख २३ हजार तीन सय ७९ मतदाता छन् ।
Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies