Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

यू–१९ क्रिकेट सुदूरपश्चिम छनोट: डडेल्धुरा फाइनलमा

खबरडबली संवाददाता
दोधारा चाँदनी । कञ्चनपुरमा जारी वाइवाई यू–१९ क्रिकेट सुदूरपश्चिम छनोट  प्रतियोगितामा डडेल्धुरा फाइनलमा प्रवेश गरेको छ ।  महेन्द्रनगरस्थित खुला मञ्चमा मङ्गलबार भएको खेलमा डडेल्धुराले कैलालीलाई ६२ रनले पराजित गरेको हो । 
 
टस जितेर पहिला ब्याटिङ रोजेको डडेल्धुराले निर्धारित ४० ओभरमा सबै विकेट गुमाएर एक सय ४० रन बनायो । एक सय ४१ रनको लक्ष्य पछ्याएको कैलालीले २६ दशमलव एक ओभरमा सवै विकेट गुमाउँदै मात्र ७९ रन बनाउन सक्यो । डडेल्धुराका लागि कप्तान कैलाश ऐरले २१ बलमा सर्वाधिक २४ रन बनाए । यस्तै अरुणप्रकाश दानीले ३१ बलमा १७, विकास ऐरले अविजित रहँदै १८ बलमा १७, निर्मल पुन मगरले ३७ बलमा १६, दिपक बोहराले १७  बलमा १४ रनतथा सचीन साउदले २३ बलमा १४ रन बनाए । 
 
जवाफी ब्याटिङ गर्ने क्रममा कैलालीका लागि नरेन साउदले १४ बलमा सर्वाधिक १८, प्रवेश साउदले २४ बलमा २४, सन्दीप बिष्टले ३९ बलमा १४ र दिनेश ओडले २७ बलमा १४ रन बनाए । उक्त खेलमा म्यान अफ दी म्याच डडेल्धुराका कृष्ण विष्ट घोषित भए ।
 
महेन्द्रनगरस्थित कभर्डहलको खेलमैदानमा भएको अर्को खेलमा अछामले बझाङलाई पराजित ग¥यो । टस जितेर ब्याटिङ रोजेको अछामले निर्धारित ४० ओभरको खेलमा ३४ दशालव तीन ओभरमा सवै विकेट गुमाएर एक सय ६० रन बनायो । एक सय ६१ रनको विजयी लक्ष्य पछ्याएको बझाङले २२ ओभरमा सवै विकेट गुमाएर एक सय ३८ रन मात्र बनायो । अछामका लागि आशिष लुहारले ३४ बलमा सर्वाधिक ४० रन बनाए । यस्तै विनय जोशीले ७७ बलमा २९, आशिष बुढाऐरले १३  बलमा १८ तथा जित साउदले २७ बलमा १६ रन बनाए । 
 
यस्तै ब्याटिङ गर्ने क्रममा बझाङका लागि कप्तान अशोक धामीले  २२ बलमा सर्वाधिक ३१ रन, सञ्जय बोहराले १८ बलमा १६, पारस रोकायाले १८ बलमा १० तथा नरेन्द्र रानाले २५ बलमा ११ रन बनाए । उक्त खेलको म्यान अफ दी म्याच अछामका युवराज खत्री घोषित भए ।
 
जिल्ला क्रिकेट सङ्घ कञ्चनपुरका स्कोरर नरेन्द्रराज भट्टका अनुसार आज बैतडी र कैलाली तथा अछाम र कञ्चनपुरबीच खेल हुनेछ । 
Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending