Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

निर्वाचनका लागि खटिएका कर्मचारी मतदान केन्द्रतर्फ प्रस्थान

खबरडबली संवाददाता
बागमती । मकवानपुरमा मङ्सिर ४ गते हुने निर्वाचनका लागि खटिएका कर्मचारी आजबाट मतदान केन्द्रतर्फ प्रस्थान गर्न थालेका छन् । 
 
जिल्लाका विकट क्षेत्रमा रहेका केन्द्रमा आजदेखि नै कर्मचारी प्रस्थान गर्न थालेको निर्वाचन कार्यालयले जनाएको छ ।
 
“हामी आज बिहानै तोकिएको मतदान केन्द्रतर्फ लाग्यौँ, सबै कर्मचारीलाई आजै मतदान केन्द्र पुग्न निर्देशन दिएको छु”, मकवानपुरको कैलाश–६ को मतदान केन्द्रमा खटिएका मतदान अधिकृत यमबहादुर बस्नेतले भने । 
 
उत्तरी मकवानपुरको इन्द्रसरोवरको एक केन्द्रमा खटेका मतदान अधिकृत मनोज गुप्ता पनि आजै मतदान केन्द्र प्रस्थान गर्ने तयारीमा रहेको जाँदैछन् । 
 
त्यस्तै पूर्वी मकवानपुरको बकैयाको श्रीपुर केन्द्रमा खटिएका सुन्दर बाँस्कोटाले पनि आजै तोकिएको केन्द्र पुगेर मतदान केन्द्रको व्यवस्थापन सुरु गर्ने बताए  । 
 
मतदान प्रक्रियालाई सुरक्षित र भयरहित बनाउन भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले आज मङ्सिर १ गतेबाट ५ गतेसम्म जिल्लाभर मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन नगर्न निर्देशन जारी गरेको छ ।
 
कार्यालयले एक सूचना जारी गर्दै ४ मङ्सिरमा हुने निर्वाचनलाई मध्यनजर गर्दै आजबाट मङ्सिर ५ गते दिउँसो १२ बजेसम्मका लागि मदिराजन्य पदार्थ ओसारप्रसार, बिक्री वितरण तथा सेवन पूर्णरूपमा प्रतिबन्ध लगाइएको जनाएको छ ।
 
यसैगरी कार्यालयले निर्वाचनको दिन मङ्सिर ४ गते बिहान ५ बजेदेखि मङ्सिर ५ गते बिहान ५ बजेसम्म तोकिएको अत्यावश्यक सेवा र अनुमतिप्राप्त सवारी साधनबाहेक सम्पूर्ण निजी तथा सार्वजनिक यातायातका साधन सञ्चालन गर्न रोक लगाइएको जनाएको छ ।
 
जिल्लाको एक सय ६५ वटा मतदानस्थलमा तीन सय ६४ मतदान केन्द्र छन् । तीन लाख सात सय ३३  मतदाता रहेको मकवानपुरमा दुईवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र चारवटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेका छन् । जिल्लाका तीन सय ६४ मतदान केन्द्रमध्ये  १९ वटा अतिसंवेदनशील र ६० केन्द्रलाई संवेदशील केन्द्रका रूपमा लिइएको छ  । तीन सय ६४ मतदान केन्द्रमा करिब तीन हजार कर्मचारी खटिने जनाइएको छ ।
 
मकवानपुर क्षेत्र नं १ मा एक लाख ५० हजार एक सय ५५ र मकवानपुर क्षेत्र नं २ मा एक लाख ५० हजार पाँच सय ७८ मतदाता रहेका छन् । जिल्लामा पाँच जना तेस्रोलिङ्गी मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending