अबुजा । नाइजेरियामा मङ्गलबार भएको एक बस दुर्घटनमा परी कम्तीमा पनि ३७ जनाको ज्यान गएको बताइएको छ । नाइजेरियाको उत्तरपूर्वी बोर्नो राज्यमा दुई बस आपसमा जुधेका थिए ।
यसरी बस जुध्दा ती बसमा रहेका यात्रुमध्ये कम्तीमा पनि ३७ जनाको ज्यान गएको यहाँको प्रान्तीय प्रहरीले जानकारी दिएको छ ।
बोर्नो प्रान्तको प्रान्तीय ट्राफिक प्रहरीका कमाण्डर उतेन बोइले सडकमा दुई तर्फबाट आएका बस आपसमा ठोक्किन पुगेका बताएका छन् । यसरी बस ठोक्किँदा बसमा आगो लागेको उनले बताएका छन् । ।
बसमा आगो लागेपछि त्यहाँका अधिकांश यात्रुको जलेर मृत्यु भएको बताइएको छ । बोर्नो राज्यको माइदुगुरी सडकमा यस्तो दुर्घटना भएको हो ।दुवै बस द्रुतगतिमा गुडेका र आपसमा गति गुमाउन पुगेका बताइएको छ । सडकमा बस ठोक्किएर निकै परसम्म पुगेको थियो । यसबाट दुर्घटनास्थलमै धेरैको ज्यान गएको थियो ।
नाइजेरियामा यस्ता सडक दुर्घटनाहरु प्रायः हुने गरेका बताइन्छ । खासगरी खराब अवस्थामा रहेका सडकहरु तथा यहाँका चालकहरुले भद्रगोल रुपमा सवारी हाँक्ने गरेकाले यस्ता दुर्घटनाहरु हुने गरेका प्रहरीको भनाई छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १४ गते, २०८० - २०:१३
काठमाडौँ। युरोपियन युनियन (ईयू)ले हवाई सुरक्षा सूची (कालोसूची)बाट नेपाललाई नहटाउने भएको छ । ईयूले नेपाललाई सन् २०१३ देखि कालोसूचीमा राखेको थियो । ...
मंसिर १४ गते, २०८० - १९:५४
काठमाडौँ। नेपाल सुपर लिग (एनएसएल) फुटबलको बिहीबार भएको खेलमा धनगढी एफसीले जित हासिल गरेको छ। साविक उपविजेता धनगढी एफसीले त्रिपुरेश्वरस्थित दशरथ रंग...
मंसिर १४ गते, २०८० - १९:३६
यूएई। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनको असर कम गर्न नेपालले गरेका प्रयासबारे विश्व समुदायलाई जानकारी गराउने बताएका छन् । ...
मंसिर १४ गते, २०८० - १८:४५
काठमाडौं। मिटरब्याजविरुद्धको संघर्ष समिति सिराहाले बिहीबार प्रदर्शन गरेको छ। मिटरब्याजसम्बन्धी बनेका ऐन–कानुन कार्यान्वयनको माग गर्दै संघर्ष समितिले प...
मंसिर १४ गते, २०८० - १८:३१
काठमाडौं। अफ्रिकाबाट आईसीसी टी-२० छनोटमा युगान्डाले टेस्ट राष्ट्र जिम्बावेलाई पछि पार्दै विश्वकपमा पुगेको छ। नामिबियामा भइरहेको आईसीसी टी-२० विश्वक...
मंसिर १४ गते, २०८० - १८:१७
काठमाडौं। मकवानपुरमा बिहीबार भएको मोटरसाइकल दुर्घटनामा श्रीमती र छोरी गुमाएका श्रीमानको पनि मृत्यु भएको छ। मकवानपुरको गढी गाउँपालिका- २ कुर्लेपाखा ...
मंसिर १४ गते, २०८० - १८:०७
काठमाडौं । मधेश प्रदेश पोखरामा चलिरहेको केपी ओली टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । मधेशले सशस्त्र प्रहरीलाई ११ रनले हराउँदै ...
मंसिर १३ गते, २०८० - २०:३६
काठमाडौँ। बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ। आज साँझ ६:४४ बजे बझाङ सदरमुकाम र आसपासमा भूकम्प धक्का महसुस गरिएको हो। सदरमुकाम चैनपुर आसपास केन्द...
मंसिर १३ गते, २०८० - २०:२८
काठमाडौँ। काठमाडौं महानगरपालिका–३१ शङ्खमूलबाट एक हजार दरको नोट पाँच थान र ५०० दरको नोट एक थान गरी जम्मा ६ थान नक्कलीजस्तो देखिने नोटसहित एकजना पक्राउ ...
मंसिर १३ गते, २०८० - २०:०१
काठमाडौँ। प्रथम राष्ट्रपति डा रामवरण यादवले राष्ट्रिय एकता र धार्मिक सद्भावसहित देश विकासमा लाग्नुको विकल्प नरहेको बताएका छन् । धनुषाको जनकपुरधाम ...
प्रतिकृया लेख्नुहोस्: