जुम्ला । जुम्ला निर्वाचन क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा (१) मा स्वतन्त्र उम्मेदवार देवेन्द्रबहादुर शाहीले एक हजार आठ सय ९९ मतान्तरले विजयी भएका छन् ।
आज सम्पन्न मतगणनामा स्वतन्त्र उम्मेदवार शाही विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाका प्रमुख विष्णुप्रसाद गौतमले बताए । शाहीले कूल नौ हजार छ सय ५४ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनतर्फका नेपाली कांग्रेस पार्टीका कर्णाली प्रदेश सभापति ललितजङ्ग शाहीले सात हजार सात सय ५५ मत प्राप्त गरेका छन् ।
त्यसैगरी नेकपा (एमाले)का उम्मेदवार धीरेन्द्रराज गिरीले पाँच हजार चार सय ७० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ । त्यस्तै नेमकिपाका राजेश्वर देवकोटाले छ सय ९४ मत प्राप्त गर्नुभएको छ । सो प्रदेशसभामा २४ हजार सात सय ५५ मत खसेको थियो । एक हजार ८२ मत बदर भएको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचित प्रदेशसभा सदस्य शाही विसं २०७४ को प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका गजेन्द्रबहादुर महतसँग झन्डै दोब्बर मतान्तरले पराजय भएका थिए । कांगे्रसले प्रदेशमा टिकट नदिएपछि शाहीले स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए ।
जिल्लाको दुईवटै प्रदेशसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवारले हार बेहोर्नुपरेको छ । जुम्लामा गठबन्धन ‘क्लिन स्वीप’ भएको छ । जिल्लामा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा सदस्यका लागि निर्वाचन भएको थियो । प्रदेशसभा सदस्य (२) मा एमालेका टेकराज पछाईं निर्वाचित भइसकेका छन् । प्रतिनिधिसभा सदस्यको मतगणना चलिरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: