Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

बाबुराम र सिटौलासँग राष्ट्रपतिको हारगुहारः ‘नयाँ संविधानमा राष्ट्रपति चुनावको प्रावधान नराख’

\"Rambaran_Yadav\"काठमाडौं । राष्ट्रपति रामबरण यादवले बुधबार साँझ राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराई र मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलालाई निवासमै बोलाएर नयाँ संविधान जारी गरेपश्चात राष्ट्रपति तथा उपराष्ट्रपतिको चुनाव हुन नसक्ने जिकिर गरेका छन् । यादवले नयाँ संविधान जारी गर्नासाथ अन्तरिम संविधान स्वत निस्कृय हुनेहुनाले अन्तरिम संविधानको प्रावधान अनुसार राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव हुन नसक्ने बताएका हुन् ।
‘यो संविधान जारी भएपछि राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन यस संविधानबमोजिम रुपान्तरित व्यवस्थापिका संसदबाट नेपालको अन्तरिम संविधान, ०६३ मा व्यवस्था भएबमोजिम हुनेछ ।’  भनेर राखिएको प्रावधान सच्याउन यादवले आग्रह गरेका थिए ।
राष्ट्रपतिका कानुनि सल्लाहाकार डा. सुर्य ढुंगेल र ललित बस्नेतसमेत रहेर भएको छलफलमा मस्यौदा संविधानको भाग ३५ मा सक्रमणकालिन व्यवस्थाअनुसार  ‘राष्ट्रपति र उपराष्ट्रपति सम्बन्धी व्यवस्था’ मा  भनिएको छ ‘यो संविधान जारी भएपछि राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन यस संविधानबमोजिम रुपान्तरित व्यवस्थापिका संसदबाट नेपालको अन्तरिम संविधान, ०६३ मा व्यवस्था भएबमोजिम हुनेछ ।’  भनेर राखिएको प्रावधान सच्याउन यादवले आग्रह गरेका थिए । यादवका कानुनी सल्लाहाकाद्धयले अन्तरिम संविधान स्वत खारेज हुनेहुँदा ‘ ०६३ मा व्यवस्था भएबमोजिम हुनेछ’ भन्ने व्यवस्था राख्न नमिल्ने तर्क गरे । करिब डेढ घण्टा लामो छलफल नयाँ संविधानमा राष्ट्रपतिको व्यवस्था आसपासमा यादव केन्द्रित रहेका शितलनिवास स्रोतले बतायो । जवाफमा सभापति भट्टराईले अहिले मस्यौदा सुझावको क्रममा रहेको र कतिपय ‘धारा’तथा प्रावधानहरु परिमार्जन गर्न सकिने बताएका थिए । सभापति भट्टराई र सिटौलालाई शितल निवास बोलाएर घुमाउरो पारामा आफुलाई राष्ट्रपतिमै कायम राख्ने गरी नयाँ संविधान जारी गर्न यादवले सुझाएका थिए । यसबाट यसअघि राष्ट्रपतिले संविधान निर्माणको बारेमा हतारो नगर्न दिएको सार्वजनिक अभिव्याक्तिको भित्रि आशय प्रष्टीएको एक एमाले नेताले बताए । राष्टपति आफु कायम नरहने अवस्थामा संविधान रोक्ने काम गरिरहेको भन्ने एमाले लगायत एमाओवादीको आंशकालाई थप बल पुगेको छ । समाचारको प्रतिकृया स्वरुप एमाले नेता शंकर पोखरेलले फेसबुकमा लेखेका छन् ‘ सम्माननिय ज्यूले यही अन्तरिम संविधान अन्तरगत प्रन्यालाई प्रम वनाएकै हो नि । अनि अहिले यो प्रश्न किन ?’ जसरी पनि संविधान आउने अवस्था देखेपछि राजनीतिक दलका नेताहरुलाई फकाएर आफु राष्ट्रपति भइराख्ने यादवको पहल स्वरुप पहिलो भेटघाट सभापतिद्धयसँग गरेको हुनसक्ने आँकलन राजनीतिक वृतमा गर्न थालिएको छ । साथै भेटका क्रममा संविधान निर्माणपछि आफ्नो भुमिका के हुने भनेर समेत यादवले सोधेका थिए । यो पनि पढ्नुहोस् संविधान रोक्न राष्ट्रपतिको अस्वभाविक चलखेल १६ बुँदे सहमतिमाथि राष्ट्रपतिको असन्तुष्टी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending