सुर्खेत । यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रको नतिजा आइसकेको छ ।
अन्तिम नतिजाअनुसार प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले समान चार–चार सिट जितेका छन् भने नेकपा एकीकृत समाजवादीले तीन सिट जितेको छ । राप्रपाले एउटा सिटमा जित हात पार्दा नेकपा एमाले शून्यमा झरेको छ ।
विसं २०७४ को निर्वाचनमा कर्णालीका १२ मध्ये छ क्षेत्रमा एमालेले जित हासिल गरेको थियो । तर कर्णालीमा यसपटक प्रतिनिधिसभातर्फ एमाले शून्य भयो ।
प्रत्यक्ष र समानुपातिक गरी कर्णाली प्रदेशसभा ४० सदस्यीय बन्ने छ । निर्वाचनको नतिजा अनुसार प्रदेशमा बहुमतको सरकार बनाउन २१ सदस्य आवश्यक पर्छ ।
प्रदेशका २४ निर्वाचन क्षेत्रमध्ये गठबन्धनभित्र रहेका दल माओवादी केन्द्र र कांग्रेसले प्रत्यक्षतर्फ १८ सिट जितेका छन् भने एमालेले प्रदेशतर्फ पाँच सिटमा जित हात पार्दा एक जना स्वतन्त्र सदस्यमा प्रवेश गर्दै छन् । पार्टीगतरूपमा हेर्दा कांग्रेसका नौ र माओवादी केन्द्रले पनि नौ सिटमा जितेका छन् ।
प्रत्यक्षमा सबै नतिजा आउँदा अहिलेको कांग्रेस माओवादी गठबन्धनले सरकार बनाउने देखिन्छ । कांग्रेस माओवादीको गठबन्धन रहेको खण्डमा समानुपातिकसहितको मत जोड्दा कर्णालीमा दुईतिहाइको सरकार बन्ने देखिन्छ ।
अहिलेसम्मको समानुपातिकको नतिजाको प्रतिशतलाई हेर्ने हो भने कर्णालीमा एमालेको बढीमा पाँच सिट आउने देखिन्छ ।
एमालेको पाँच सिट समानुपातिकतर्फ आएका खण्डमा उक्त पार्टीको प्रदेशसभा सदस्य सङ्ख्या १० पुग्ने छन् भने गठबन्धनमा आवद्ध दलको समानुपातिकतर्फ ११ सिट आउने देखिन्छ । यसमा माओवादी केन्द्रको छ र कांग्रेसको पाँच सिट समानुपातिकमा आउने सङ्केत देखिन्छ ।
यसरी कांग्रेस र माओवादीका प्रदेशसभा सदस्यको सङ्ख्या २९ हुने छ । बहुमतको सरकार गठनका लागि २१ सदस्य आवश्यक पर्छ भने यी दुवै दलसँग दुइतिहाइभन्दा बढी सदस्य हुनेछन् ।
सत्ता समीकरण बदलिएको खण्डमा तीनवटै पार्टीले आफ्नो नेतृत्वमा सरकार गठन गर्नका लागि पहिलो प्रयास गर्नेछन् । समीकरण फेरिएको खण्डमा प्रदेश सरकार गठनका लागि एमाले निर्णायक ‘पोजिसन’मा हुने छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २६ गते, २०८२ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सभापति गगन थापालाई राजीनामा नदिन सुझाव दिएका छन्। प्रतिनिधि सभामा अनपेक्षित पराजय व्यहोरेपछि थापा र...
फाल्गुन २६ गते, २०८२ - ०८:४६
गुल्मी । गुल्मीमा माछा मार्ने क्रममा बडिगाड खोलामा डुबेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा मुसिकोट नगरपालिका–१ अरेवा बस्ने २१ वर्षीय दीपजन दर...
फाल्गुन २६ गते, २०८२ - ०८:४०
पोखरा । गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा कम्युनिष्ट दल नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले एउटा पनि क्षेत्रमा व...
फाल्गुन २६ गते, २०८२ - ०८:३३
काठमाडौं । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत १६५ क्षेत्रकै परिणाम आएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी प्रत्यक्षतर्फ १२५ सिट जितेको छ। समानुपातिकतर्फ अह...
फाल्गुन २६ गते, २०८२ - ०७:५२
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसँग टेलिफोनमा कुराकानी गरे...
फाल्गुन २६ गते, २०८२ - ०७:४८
काठमाडौं । २१ फागुनमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष तर्फको १६५ वटै निर्वाचन क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ । यो निर्वाचनमा राष्ट्...
फाल्गुन २६ गते, २०८२ - ०७:४३
काठमाडौं । देशले नयाँ सरकार पाउन अझै कम्तीमा दुई साता लाग्ने देखिएको छ । २१ फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ सोमबारसम्म सबै नतिजा आइ...
फाल्गुन २६ गते, २०८२ - ०७:३७
काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना भएको छ । यही फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्व...
फाल्गुन २६ गते, २०८२ - ०७:३१
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्र...
फाल्गुन २६ गते, २०८२ - ०७:१८
सिरहा । जिल्लामा खाना पकाउने एलपी ग्यासको अभाव देखाउँदै केही बिक्रेताले कालोबजारी गर्न थालेका जनगुनासो बढेको छ । उपभोक्ता र व्यवसायीले निर्धारण गरिएको...



प्रतिकृया लेख्नुहोस्: