Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

महानिर्देशक सुवेदीमाथि हमला गर्ने विप्लव माअाेवादी अथवा मेनपावर व्यवसायी ?

\"Subedi\"काठमाडौं । बुधबार बिहान घरबाट नयाँ बानेश्वरस्थित कार्याललय जाँदै गरेका वैदेशिक रोजगार विभागका महानिर्देशक भरतराज सुवेदीमाथि हमला गर्नेहरुको पहिचान भइसकेको प्रहरीले जनाएको छ ।   महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवम् प्रहरी उपरीक्षक विश्वराज पोखरेलले आक्रमणमा संलग्नको पहिचान भइसकेको र उनीहरुको खोजी कार्य जारी रहेकोले छिट्टै पक्राउ हुनेमा विश्वास व्यक्त गरे ।   सुवेदीलाई बालाजु हाइटमा मोटरसाइकलमा आएका पाँच जनाको समुहले हमला गरेर फरार भएकाे थियाे । आक्रमणकारीले प्रहार गरेको ढुङ्गाबाट सुवेदी चढेको गाडीको सिसा फुटेको  छ भने सुवेदीलार्इ सामान्य चाेट पनि लागेकाे छ ।   परिसरका प्रवक्ता पोखरेलका अनुसार आक्रमणकारीले घटनास्थलमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीको पर्चा भेटिएको जानकारी दिए । तर सो हमलामा विप्लवका कार्यकर्ताको संलग्नता छ अथवा मेनपावर व्यवसायीहरुको पनि संलग्नता छ भन्नेबारे छानबिन भैरहेको उनको भनाई छ ।   आक्रमण लगत्तै बालाजुस्थित जनमैत्री अस्पतालमा उपचार गराएका सुवेदीको थप उपचारका लागि ललितपुरस्थित मिदान्त अस्पतालमा भर्ना गरिएको छ । सुवेदीको केही समय अघि मिर्गौला प्रत्यारोपण गरिएको थियो जसका कारण उनको स्वास्थ्य अवस्था कमजोर रहेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।   प्रहरीले सुवेदीलाई हमला गर्नेमा मेनपावर व्यवसायी पनि हुन सक्ने अाशंका गर्दै छानविन भैरहेको जनाएको छ । सुवेदीको पारिवारिक स्रोतका अनुसार वैदेशिक रोजगार विभागमा पछिल्लो समय खाडीका छ मुलुक र मलेसियामा निशुल्क प्रवेशाज्ञा र टिकटको व्यवस्था कार्यान्वयनमा कडाइ गरेपछि केही म्यानपावर व्यवसायी सुवेदीसँग आक्रोशित थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy