Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

नेपाल सहभागितामूलक प्रजातन्त्रको उत्कृष्ट नमुना’

\"minendra-rijal_20140423082514\"काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले नेपाल सहभागितामूलक प्रजातन्त्रको उत्कृष्ट नमुना भएको बताएका छन् । नेसनल युनियन अफ जर्नालिस्ट र  ‘पिपुल्स रिभ्यु विक्ली’ले आज यहाँ आयोजना गरेको ‘नेपालको सहभागितामूलक प्रजातन्त्रमा मिडियाको अन्तरसम्बन्ध’ विषयको अन्तक्र्रियामा उनले विश्वकै प्रजातान्त्रिक मुलुक संयुक्त राज्य अमेरिकाको दुई सय वर्ष इतिहासमा सिनेटमा पनि २० प्रतिशत मात्र महिला  रहेको तर नेपालमा समावेशिताको दृष्टान्त हेर्ने हो भने तल्लो तहदेखि नै महिलाको सहभागिता भएकाले सहभागिता र समावेशी प्रजातन्त्रको दरिलो उदाहरण भएको उल्लेख गरे । ‘मुलुकका मुख्य सम्माननीय पद ९राष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्यायाधीश सभामुख० पहाडे र ब्राह्मण, क्षेत्रीबाहेकका छन्, यो सहभागिता र समावेशिताको उदाहरण हो, राज्य संरचना समावेशी अनुहारका छन्, केन्द्रीय शासन संरचनामा अझै समावेशी हुनु आवश्यक छ’–उनले भने। जनसहभागितामूलक समावेशिताका लागि स्थानीय निकायको निर्वाचन अपरिहार्य भएको पनि उनले बताए । उनले सहभागितामूलक प्रजातन्त्रमा जनतालाई छलफल र बहसमा ल्याउन सामुदायिक एफएम रेडियोको महत्वपूर्ण भूमिका हुने भएकाले यसलाई अझ उद्देश्यमूलक र प्रभावकारी बनाइनुपर्नेमा जोड दिए । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिले प्रजातन्त्रका नाममा सीमित मान्छेले शासन गरिरहेको तर बहुसङ्ख्यक जनताको हित गर्न नसकेको तर्क गर्दै लामो सङ्घर्षबाट प्राप्त प्रजातन्त्रलाई संस्थागत गर्नका लागि चाँडो लोकतान्त्रिक संविधान जारी गरिनुपर्ने बताए । सभासद् लालबाबु यादवले मुलुकलाई जातीय र क्षेत्रीय हिसाबले नभई राष्ट्रियताको पक्षलाई सबलीकरण गरिनुपर्ने धारणा राखे । नेपाल प्रेस युनियनका उपाध्यक्ष ईश्वरी ओझाले समाज जागरणका लागि मिडिया व्यावसायिक ढङ्गले अघि बढ्न जरुरी भएको उल्लेख गरे ।  संस्थाका अध्यक्ष तेजप्रकाश पण्डितले समावेशी र सहभागितामूलक प्रजातन्त्रको सुदृढीकरणका लागि राज्यको नीतिगत सुधारको खाँचो औल्याका थिए । फ्रेड्रिक इबर्ट स्टिफ्टुङका नेपाल प्रमुख देवराज दाहालले समावेशी र सहभागितामूलक प्रजातन्त्रको प्रवद्र्धनका लागि राज्यका हरेक कानुन र नीति समावेशी बनाइनुपर्नेमा जोड दिए । कार्यक्रममा गणेशराज भट्ट र मुक्ति रिजालले सहभागितामूलक प्रजातन्त्रका लागि मिडियाको उपयोगिताबारे कार्यपत्र प्रस्तुत गरेका थिए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending