Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

जस्ले जे माग्यो त्यही दिदाँ पनि संविधान घोषणा हुन नदिने षड्यन्त्र : प्रचण्ड

\"prachanda\"काठमाडौं । एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जतिसुकै सहमति र सम्झौता गरेर संविधान घोषणा गर्न खोज्दा पनि गम्भिर षड्यन्त्र भइएको बताएका छन् । पहिले ११ प्रदेश बनाउँ भन्दा पनि विरोध गर्ने र अहिले ६ प्रदेश बनाउँ भन्दा पनि विरोध गर्नेहरुले संविधानसभाबाट संविधान बन्न नदिन खोजेको आशंका उलने व्यक्त गरेका छन् । बिहिबार व्यवस्थापिका संसदलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने ‘अघिल्लो संविधानसभामा धेरै मेहेनत गरेर ११ प्रदेशमा सहमति गराइए पनि सिमांकन सहितको संघियता र बढि अधिकार खोज्ने नाममा ११ त्यसलाई कार्यन्वयन गर्न सकिएन ।’ सीमांकन विनाको संविधान मान्दैनौं भनेपछि आफूले सीमांकन गरेको तर, अहिले सीमांकन पछि पनि मान्दैनौं भन्नु भनेको संविधान बन्ने नदिने षड्यन्त्र भएको बताएकाछन् । उनले प्रदेशहरुको सीमांकनपछि मध्यपश्चिममा आएको प्रतिक्रियालाई स्वभाविक भएको भन्दै त्यसलाई आफुले सम्मान गर्ने बताए । ‘त्यो हामी फेरि ठगिने हो कि भन्ने आवेग हो’ उनले भने ‘कर्णालीको माग सम्बोधन गर्न सकिन्छ ।’ संधियताका पक्षधर र विरोधिहरु एकै ठाउँमा उभिएर नारा लगाउनुले कतै ठुलै षड्यन्त्र त भइरहेको छैन भन्ने आशंका उब्जाएको बताएका छन् । उनले संविधानसभाबाट केही हप्ताभित्र संविधान घोषणा गर्ने र ६ प्रदेशबाट पछाडि हट्न नसक्ने धारणा राखेका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनाउने प्रक्रियालाई अब कसैले रोख्न नसक्ने भन्दै उनले भने ‘पछिल्लो ८ वर्ष जंगलमा हामी हराएका थियौं । फर्किएर पुरानो ठाउँमा गएकै हो,’ उनले भने \'संविधानसभाबाट अग्रगामी संविधान निर्माण गर्ने प्रतिवद्धतामा फर्किएको छौं र नयाँ प्रक्रियाको सुरुवात भएको छ ।’ उनले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनाउन अब कसैले रोख्न नसक्ने भन्दै संविधानसभाबाट अग्रगामी संविधान निर्माण गर्ने प्रतिवद्धता ब्यक्त गरे।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending