Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

पश्चिममा बन्दको प्रभाव

\"Nepalदाङ । आ–आफ्ना मागसँगै विभिन्न पार्टी र सङ्गठनले आयोजना गरेको बन्दका कारण दाङ, रुकुम र जाजरकोटको जनजीवन प्रभावित बनेको छ । पश्चिमको कञ्चनपुरदेखि पूर्वको चितवनसम्मलाई सम्मिलित गरेर ‘थरुहट प्रदेश’ बनाउनु पर्ने माग गर्दै थरुहट संयुक्त सङ्र्घष समितिले आह्वान गरेको बन्दका कारण आज दोस्रो दिन पनि दाङको जनजीवन ठप्प रह्यो ।   बन्दका कारण यातायातका कुनै पनि साधन चल्न सकेका छैनन् । तुलसीपुर, घोराही, लमही र नारायणपुर बजार पूर्ण रुपमा बन्द छन् । शिक्षण संस्था, उद्योगधन्दा र सरकारी कार्यालय समेत खुलेका छैनन् ।   यस्तै, रुकुमलाई टुक्र्याएर छुट्टाछुट्टै प्रदेशमा राखिएको भन्दै यहाँका नागरिकले विगत ५ दिनदेखि गर्दैआएको बन्द आज पनि जारी छ । बन्दका कारण यहाँको जनजीवन प्रभावित बनेको छ । यस्तै, ६ नम्बर प्रदेशमा राखेको विरोधमा सल्यानवासीले पनि जिल्ला बन्द गरेका छन् ।   यसैगरी, ६ नम्बर प्रदेशको राजधानी सुर्खेत हुनुपर्ने तथा अहिलेको सीमाङ्कन खारेज गर्नुपर्ने माग गर्दै थालिएको अनिश्चितकालीन बन्द बिहिबार पनि जाजरकोटमा जारी रह्यो ।  प्रदर्शनकारीले आज जिल्ला प्रशासन कार्यालयमा एक घण्टा धर्ना समेत दिएका छन् । ‘मध्यपश्चिम छाड्दैनौँ, सुदूरपश्चिम जाँदैनाँैं’ भन्ने नारा लगाउँदै उनीहरुले अहिले सदरमुकाम खलंगामा प्रदर्शन गरिरहेका छन् ।   लगातारको बन्दले खलङ्गा बजारमा दैनिक उपभोग्य वस्तुको अभाव देखिन थालेको छ । अहिलेको सीमाङ्कन खारेज नभएसम्म आन्दोलन जारी रहने उद्योग वाणिज्य सङ्घ जाजरकोटका कोषाध्यक्ष वसन्तप्रसाद शर्माले बताए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending