Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

सिंगो रुकुम प्रदेश नं. ५ मा पर्नुपर्ने माग राखिएको आन्दोलन थप उग्र बन्ने संकेत

\"rukum_singo\"रुकुम । सिंगो रुकुमलाई प्रस्तावित प्रदेश नं. ५ मा पार्नुपर्ने माग सहित थालिएको आन्दोलनको स्वरुप थप कडा पार्ने आन्दोलनकारी नागरिकले चेतावनी दिएका छन् । आफुहरुले गत आइतबार देखी आन्दोलन थालेको भएपनि आज सम्म कुनै सुनुवाइ नभएको भन्दै बिहिबारबाट आन्दोलनलाई थप कडा पारिने अखण्ड रुकुम संघर्ष समितिले जनाएको छ । आज सम्म शान्तिपुर्ण वातावरणमा आन्दोलन संचालन गर्दा कुनै सुनुवाइ हुने छाँटकाट नदेखिएको भन्दै बिहिबारबाट सरकारी तथा गैरसरकारी निकायका कामकाज ठप्प पार्ने संघर्ष समितिका संयोजक टेक वहादुर पुनले बताए । व्यापार, व्यवशाय, यातायातका साधन, शैक्षिक संघ संस्था तथा उद्योग कल कारखाना विगत ३ दिन देखी पुर्ण रुपमा ठप्प छन् । आफुहरुको आन्दोलनलाई वेवास्ता गर्न खोजिएको भन्दै आन्दोलनरत नागरिकहरुले आक्रोश व्यक्त गर्न थालेका छन् । आइतबारबाट आन्दोलन सुरु गरेका नागरिकहरुले सोमबारबाट आम हड्तालका कार्यक्रम अगाडि बढाएका हुन् । नागरिकहरुले संघर्ष समितिनै गठन गरेर आन्दोलन जारी राखेका छन् । केन्द्रको निर्णय अनुसार आन्दोलनलाई थप कडा पार्दै अगाडी बढाउने समितिले तयारी गरेको छ । समितिले आज जिल्ला प्रशासन कार्यालय मार्फत संविधानसभामा आफ्ना मागहरु पठाएको छ । सिंगो रुकुमेलीहरु रुकुम प्रदेश नं. ५ मा रहनुपर्छ भन्ने अडानमा रहेको जानकारी संविधानसभासम्म पुर्याउन १ हजार बढि हस्ताक्षर पनि संगै पठाएको छ । प्रमुख जिल्ला अधिकारी अन्तर वहादुर सिलवाल मार्फत माग पत्र बुझाउँदै आन्दोलनकारी नागरिकले शान्तिपुर्ण आन्दोलन उग्र हुने संकेत गरेका छन् । आइतबारबाट तनाव ग्रस्त बनेको रुकुम, सिंगो जिल्ला प्रस्तावित प्रदेश नं. ५ मा पर्ने निश्चित नभएसम्म जारी रहने देखिन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending