Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

पशुपालनमा युवाको आकर्षण बढ्दो

\"cowमोरङ । मोरङ राजघाटका युवक हेमबहादुर चोङवाङले मासिक रु एक लाख ४० हजारको दूध र वार्षिक १०० ट्र्याक्टर गोबर बिक्री गर्दै आएका छन् । युवा जमात वैदेशिक रोजगारका लागि पलायन भइरहेको अवस्थामा चोङवाङ मेहनत गरे पैसा कमाउन विदेश जानु पर्दैन भन्ने गतिलो उदाहरणका रुपमा प्रस्तुत भएका छन् । विसं २०६७ देखि तीन माउ भैँसीबाट पशुपालन सुरु गरेका उनले आफैँले उत्पादन गरेको १२० लिटर दूध बिक्री गर्दै आएका छन् । वार्षिकरुपमा बिक्री गर्ने १०० ट्र्याक्टर गोबरमल प्रतिट्र्याक्टर रु तीन हजारका दरले बिक्री गर्दै आएको चोङवाङ बताउँछन् । उनले गाउँमा आफँै रोजगारीे सिर्जना गर्ने विचारले कुलझोडा पशुपालन तथा दुग्ध व्यवसाय प्रालिको स्थापना गरेका छन् । अहिले आफ्नै चार बिगाह जमिनमा स्थापना गरेको पशुपालन केन्द्रमा पाँच जनाले रोजगारी समेत पाएका छन् । सो केन्द्रमा अहिले नौ माउ भैँसी र पाँच माउ गाई छन् । व्यवसाय विस्तार गर्ने उद्देश्यले सात वटा बाच्छी र छ वटा पाडी समेत पालिएको छ । उनले १० लाखको लगानीमा सुरु गरेका हुन । उनी अहिले मासिकरुपमा एक लाख ४० हजारको दूध बिक्री गर्दछन् । चोङ्वाङ मात्र होइन तीन वर्ष मलेसियामा काम गरेर फर्किएका मोरङ दर्वेशा–१ अशोक सुवेदीेले बाख्रापालनबाट यथेष्ट आम्दानी गर्न थालेका छन् । परिवार नै मिलेर दुई वटा बाख्राबाट फार्म सञ्चालन गरेका सुवेदीसँग अहिले ९३ वटा बाख्रा रहेका छन् । उन्नत जातका बाख्रा पाल्न सुरु गरेपछि सुवेदी परिवारको आर्थिकस्तरमा सुधार आएको छ । सुवेदीले बाख्रापालनसँगै दुई जनालाई रोजगारीसमेत दिएका छन् । बीउका रुपमा बाख्रा विभिन्न क्षेत्रबाट माग हुने गरेको भए तापनि माग पूरा गर्न नसकिरहेको उनको भनाइ छ । जिल्लाका ४० युवक व्यावसायिक पशुपालन र दूध उत्पादन व्यवसाय गर्दै आएको जिल्ला पशुसेवा कार्यालय मोरङले जनाएको छ । अहिले मोरङमा साना ठूला गरेर ४०० व्यावसायिक पशुफार्र्म सञ्चालनमा छन् । जिल्ला पशुसेवा कार्यालयले युवालाई लक्ष्य गरेर रु दुई लाखदेखि रु चार लाखसम्म व्यावसायिक पशुपालनका लागि अनुदान दिँदै आएको छ । कार्यालयका अनुसार व्यवसायिक रुपमा फार्र्म दर्ता गरेर २५ भन्दा माथिको सङ्ख्यामा बाख्रापालन गरिएको पाइएमा रु दुई लाख अनुदान दिने गरिएको छ । त्यस्तै फार्र्म दर्ता गरेर पाँच वटाभन्दा बढी गाई वा भँैसी पालेका युवालाई कम्तीमा रु दुई लाखदेखि रु चार लाखसम्म अनुदान दिइने गरिएको छ । कार्यालय प्रमुख डा सुशील अधिकारीका अनुसार यतिखेर जिल्लामा फार्र्म दर्ता गराउनेको सङ्ख्यासमेत बढेको छ । व्यावसायिकरुपमा १४३ वटा गाई फार्र्म जिल्लामा सञ्चालित छ । त्यस्तै १४ वटा भैँसीफार्र्म, पाँच वटा पाडापाडीको फार्र्म समेत दर्ता गरिएका छन् । सहकारी बङ्गुरपालनका लागि बर्सेनि ८ लाखसम्म अनुदान दिने गरिएको कार्यालयले जनाएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending