Khabar Dabali ७ असार २०८३ आईतवार | 21st June, 2026 Sun
Investment bank

अबको नेतृत्व युवाले लिनुपर्छ

काठमाडौँ, २९ साउन । नेपाली काँग्रेसका युवा नेताले अब देशको नेतृत्व युवाले लिनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन काठमाडौँ शाखाले आज यहाँ आयोजना गरेको ‘नयाँ संविधान, नेपाली युवा र अबको काँग्रेस’ विषयक विचार गोष्ठीमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् सभासद् नविन्द्रराज जोशीले देश विकासमा युवाको ठूलो भूमिका रहेकाले अब देशको नेतृत्व युवाको काँधमा आएको बताए । उहाँले बेरोजगार युवालाई भत्ताको सट्टा रोजगारी दिनुपर्ने उल्लेख गरे । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले नेपालको प्रजातान्त्रिक आन्दोलनमा युवाको महत्वपूर्ण भूमिका रहेको भन्दै युवा नजागेसम्म देशको परिवर्तन सम्भव नहुने बताए । नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य कल्याण गुरुङले बेरोजगारीका कारण देशका थुप्रै युवा विदेश पलायन भएको वर्तमान समयमा नयाँ बन्ने संविधानले युवाको अधिकारलाई सुनिश्चित गर्नुपर्ने बताए । नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष एवम् सभासद् उदयशमशेर राणाले संविधानमा युवा लक्षित केही कार्यक्रम ल्याएको भए पनि त्यो पूर्ण नभएकाले त्यसलाई सच्याएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । नेपाल विद्यार्थी सङ्घका अध्यक्ष एवम् सभासद् रञ्जीत कर्णले संविधानमा आर्थिक एजेन्डा र विकासको एजेन्डालाई समेट्न सकेमात्र युवाको समस्या समाधान हुने बताए । युनियनका अध्यक्ष नकुल अर्याल, केन्द्रीय अध्यक्ष बद्रि सिग्देल, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पोषण केसीलगायतले युवाले पर्याप्त अवसर नपाएकाले थप दबाब बढाउनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा नियुक्त भएकोमा पोषण केसी र युवा प्रतिभा पत्रकारिता सम्मानबाट सम्मानित हुनुभएकोमा युनियनका सल्लाहकार जीवन भण्डारीलाई दोसल्ला ओढाएर बधाई ज्ञापन गरिएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending