Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

नेपालको सुखद सुरुवात, कुशल चम्किँदा जित्यो खेल

आईसीसी क्रिकेट विश्वकप लिग टु

खबरडबली संवाददाता

काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग टु मा नेपालले सुरुवाती खेलबाटै उल्लेखीय नतिजा निकालेको छ।

नामिबियामाथि सानदार जित निकाल्दै नेपालले सुखद सुरुवात गरेको हो। आज कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा भएको खेलमा ओपनर कुशल भुर्तेल चम्किदा नेपालले जित दर्ता गर्न सकेको हो। 

ओपनर कुशल भुर्तेलले नामिबियाविरुद्ध आजको खेलमा ११५ रनको सानदार शतक गरेका थिए। त्यो नै जितका लागि निर्णायक भयो। 

नेपालले २८६ रनको लक्ष्य ४७.४ ओभरमा ८ विकेट गुमाएर २८७ रन बनाउँदै पूरा गर्दै जित निकालेको हो।

नेपाललाई जितका लागि ३ रन मात्र आवश्यक हुँदा भुर्तेल आउट भए। उनले ११३ बल खेल्दै १० चौका र ४ छक्का प्रहार गरे । सोमपाल कामीले विजयी चौका प्रहार गरे। नेपालले ओडीआईमा बनाएको यो अहिलेसम्मकै ठूलो स्कोर समेत हो। 

भुर्तेल ओडीआई र टी २०आईमा नेपालका लागि शतक प्रहार गर्ने तेस्रो खेलाडी समेत बने । यसअघि पूर्व कप्तान पारस खड्का र पूर्व उपकप्तान दीपेन्द्र सिंह ऐरीले यो उपलब्धि हासिल गरिसकेका छन् । कीर्तिमानी लक्ष्य पछ्याउने क्रममा नेपालका ओपनर आसिफ शेख दोस्रो ओभरमै खाता नखोली आउट भएका थिए।

त्यसपछि कुशल भुर्तेल र ज्ञानेन्द्र मल्लले ५० रनको साझेदारी गरे। ५३ रन हुँदा ज्ञानेन्द्र पनि आउट भए । त्यसपछि भुर्तेल र कप्तान रोहित पौ८लले मिलेर नेपालको इनिङ्स अघि बढाए । यो जोडीले तेस्रो विकेटका लागि कीर्तिमानी १३३ रनको साझेदारी गरे।

ओडीआईमा नेपाली खेलाडीको यो अहिलेसम्मकै ठूलो साझेदारी हो। यसअघि दीपेन्द्र र देव खनालले गत वर्ष टीयू मैदानमै पपुवा न्यु गिनी विरुद्ध १२९ रनको साझेदारी गरेका थिए। तर नेपालको स्कोर १८६ हुँदा कप्तान रोहित ३४औं ओभरमा आउट भए।

त्यसपछि नेपालले लगातार थप दुई विकेट गुमायो। रोहितले ७६ बल खेल्दै ७ चौका र ३ छक्का मद्दतमा ७२ रन बनाए। उनले नामिबिया विरुद्ध ५५ रन जोडेपछि नेपालका लागि ओडीआईमा एक हजार रन पूरा गरेका थिए । त्यसपछि कुशल मल्ल ६ र दीपेन्द्र सिंह ऐरि ७ रनमा आउट हुँदा नेपालको स्कोर २१२-५ थियो ।

रुबेन ट्रम्पलमेनले रोहित, कुशल मल्ल र दीपेन्द्रलाई लगातार आउट गरेपछि नामिबियाले खेलमा पुनरागमन गर्ने प्रयास गरेको थियो । तर चार वर्षपछि पहिलो पटक ओडीआई खेलेका सन्दिप जोरासँग भुर्तेलले ४९ रनको महत्वपूर्ण झारेदारी गरे । जोराले २४ बल खेल्दै ३ चौका र १ छक्का मद्दतमा २८ रन जोडे ।

जोरा आउट भएपछि क्रिजमा आएका करण केसीले ब्याटिङमा पनि छक्का चौका प्रहार गरे । त्यसअघि करणले ५ विकेट लिएका थिए । तर नेपाललाई जितका लागि ३ रन आवश्यक हुँदा भुर्तेल आउट भए । लगत्तै आएका सन्दीप लामिछानले डक आउट भए ।

त्यसपछि आएका सोमपाल कामीले चौका प्रहार गर्दै नेपालको जित पक्का गरे । करण केसीले १२ बल खेल्दै १ चौका र २ छक्का मद्दतमा अविजित २० रन बनाए ।

नामिबियाका लागि रुबेन ट्रम्पलमेन र जान निकोल लोफ्टी एटोनले ३(३ विकेट लिए । बर्नानर्ड स्कोल्ट्ज र तांगेनी लुंगामेनीले समान १ विकेट लिए ।

त्यसअघि टस जितेर फिल्डिङ रोज्दै नामिबियालाई ब्याटिङको निम्तो दिएको थियो । जहाँ भान लिगेनले १३३ रन बनाएपछि नामिबियाले ५० ओभरमा सबै १० विकेट गुमाएर २८५ रन बनाएको हो ।

कप्तान जेर्हार्ड एरासमसले अर्धशतक प्रहार गरे । लिग टु अन्तर्गत पछिल्लो पटक डिसेम्बरमा नामिबियामै भएको खेलमा पनि भान लिगेनले शतक र एरासमसले अर्धशतक प्रहार गरेका थिए । बलिङतर्फ नेपालका लागि भ्यालेन्टाइन ब्वाए करण केसीले ५ विकेट लिए ।

११औं ओभरभित्रै दुवै ओपनर आउट हुँदा ४५-२ को अवस्थामा रहेको नामिबियाको इनिङ्स उनै भान लिगेन र कप्तान जेर्हार्ड एरासमसले सम्हालेका थिए । यी दुईले तेस्रो विकेटका लागि १२४ रनको साझेदारी गरे ।

त्यसअघि लो हान्ड्रे लाउरेन्स ५ र कार्ल बिर्केन्स्टोक१३ रन बनाएर आउट भए । भान लिगेनले १३७ बल खेल्दै ९ चौका र ५ छक्का मद्दतमा १३३ रन बनाए । भान लिगेनले ओडीआईमा तेस्रो शतक हो भने नेपाल विरुद्ध उनले लिग टु मा लगातार दोस्रो शतक प्रहार गरेका हुन् ।

यसअघि डिसेम्बरमा नामिबियामै भएको लिग टु खेलमा उनले नेपाल विरुद्ध १२१ रन बनाएका थिए । तेस्रो ओभरै तेस्रो नम्बरमा ब्याटिङ गरेका भान लिगेनलाई नेपालका करण केसीले ४७औं ओभरमा दीपेन्द्र सिंह ऐरीबाट क्याचबउट गराएका हुन् । यस्तै कप्तान एरासमसले ७९ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै ५६ रन जोडे । विकेटकिपर जान ग्रीनले १९ बलमा ३४ रन बनाउदा ४ चौका र १ छक्का प्रहार गरे ।

जान फ्रांकलिनले १३ र जान निकोल लोफ्टी एटोन ८ रनमा आउट भए । पिक्की या फ्रान्स २ रनमा आउट भए । नेपालका लागि करण केसीले १० ओभरमा १ मेडन राख्दै ६१ रन खर्चेर सर्वाधिक ५ विकेट लिए । 

सन्दीप लामिछानेले ३ विकेट लिए । यस्तै बलात्कारको आरोप लागेका पूर्व कप्तान सन्दीप लामिछानेले यस खेलमार्फत पुनरागमन ३ विकेट लिए । १० ओभर कोटा बलिङ गरेका उनले उनले ६६ रन खर्चिए । 

उनले आफ्नो दोस्रो बलमै विकेट लिएका थिए । यस्तै ४९औं ओभर बलिङ गरेका उनले उक्त ओभरको पहिलो र अन्तिम बलमा विकेट लिए । सोमपाल कामीले र कुशल मल्लले १(१ विकेट लिए । सोमपालले खेलको तेस्रो ओभरमै नेपालका लागि पहिलो विकेट लिएका थिए ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending