काठमाडौँ। मधेस प्रदेशका आठैवटा जिल्ला हात्तीपाइले रोगको उच्च जोखिममा रहेको छ । विश्वमा रहेका हात्तीपाइले रोगीमध्ये धेरै रोगी भारतको विहार, उत्तर प्रदेश, झारखण्ड तथा छत्तिसगढजस्ता राज्यमा भएकाले मधेस प्रदेशसहित तराई मधेसका जिल्ला उच्च जोखिममा रहेको हातीपाइले रोगको औषधि खुवाइने अभियानका स्वास्थ्य अधिकृत एवं संयोजक नागेश्वर यादवले बताए।
जनकपुरधाममा स्वास्थ्य कार्यालय धनुषाले आज आयोजना गरेको पत्रकार भेटघाटमा स्वास्थ्य अधिकृत शिवजी दासले हाल विश्वमा ७२ देशमा हात्तीपाइले रोगी रहेको बताए।
उनका अनुसार ती देशमा पाँच करोड १४ लाख हात्तीपाइले रोगका सङ्क्रमित रहेको विश्व स्वास्थ्य सङ्गठनको प्रतिवेदनमा उल्लेख रहेकाले यस रोगलाई सन् २०३० सम्ममा उन्मूलन गर्ने लक्ष्यसहित सङ्क्रमित मुलुकमा सङ्गठनले निःशुल्करुपमा औषधि प्रदान गरेर अभियान सञ्चालन गरिएको हो।
नेपालमा पनि हात्तीपाइले रोगीको सङ्ख्या ३० हजार रहेको र नेपालमा पाइने रोगीमध्ये धेरै रोगी तराई मधेसका जिल्लामा नै हुने अनुमान गरिएको अधिकृत दासले बताए।
मधेस प्रदेशका कतिपय जिल्लामा १० पटकसम्म हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउँदा पनि रोगी फेला पर्न रोकिएको छैन । यस पटक अभियानको रुपमा नै फागुन ११ गतेदेखि स्वास्थ्यकर्मीको प्रत्यक्ष सहभागिता तथा निगरानीमा हात्तीपाइले रोगविरुद्धको तीन प्रकारका औषधि खुवाउन थालिएको स्वास्थ्य कार्यालय धनुषाले जनाएको छ ।
दुई वर्षमुनिका बालबालिका, गर्भवती महिला, सिकिस्त बिरामी तथा २४ घण्टा अगाडि ज्वरो आएका व्यक्तिले मात्र औषधि खान नमिल्ने अरू सबैले खान मिल्ने स्वास्थ्य कार्यालय धनुषाका स्वास्थ्य अधिकृत दासले बताए।
धनुषाका १८ वटै पालिकामा एक साथ तीन प्रकारको औषधि मान्छेको उचाइको आधारमा खुवाउन लागिएको स्वास्थ्य कार्यालयका अर्का अधिकृत रामबाबु ठाकुरले जानकारी गराए।
यस पटक खुवाइने आइभरमेक्सन, डाइफाइक्यावामिर्जान र एल्मेडाजोल निक्कै प्रभावकारी भएको स्वास्थ्य उनले बताए। एकै पटक उचाइको आधारमा खुवाइन थालेको औषधिको प्रभाव ९६ प्रतिशत रहेको विश्व स्वास्थ्य सङ्गठनको अनुसन्धानले पुष्टि गरेको ठाकुरले उल्लेख गरे।
औषधि खाइसकेपछि माइक्रो फलेरियाको प्रभाव शरीरमा नभएकालाई कुनै प्रकारको स्वास्थ्य समस्या आउने छैन भने यसको जीवाणु प्रवेश गरेको व्यक्तिको हकमा सामान्य तथा धेरै भाइरस भएका व्यक्तिलाई औषधि सेवनपछि केही असर पार्ने भएकाले त्यसको उपचारको सम्पूर्ण प्रबन्ध गरिएको छ।
यस्तो प्रभावित हुनेको सङ्ख्या एक लाखमा एक जनासम्म हुने स्वास्थ्य कार्यालयले जनाएको छ ।
धनुषाको जनक चोकमा फागुन ११ गते औषधि खुवाउने अभियानको थालनी गरिने र औषधिसहितको स्वास्थ्यकर्मी धनुषाको १८ वटै पालिकामा परिचालन गरिएको छ । मधेस प्रदेशका आठवटै जिल्लामा हात्तीपाइले रोगीको सङ्ख्या निक्कै रहेको र यसको विस्तृत सर्भे चैतदेखि सुरु गरिने भएको मधेस प्रदेशका स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: