Khabar Dabali १६ जेष्ठ २०८३ शनिबार | 30th May, 2026 Sat
Investment bank

यसकारण, यसरी गरेछन् आफ्नै कार्यकर्ताले कांग्रेस नेताको हत्या: अभियुक्तको प्रहरीसँग बयान

\"poudel_badal\"काठमाडौं । नेपाली कांग्रेस कास्कीका नेता रामजी पौडेल ‘बादल’ को उनकै पार्टी कार्यकर्ताले हत्या गरेको स्विकारेका छन् । महाधिवेशन नजिकिँदै गर्दा प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसमा विवाद बढ्दै गएको थियो । कास्कीको लेखनाथमा संस्थापन र देउवा पक्षबीचको विवादले उग्र रुप लिएपछि कांग्रेसका नेता आफ्नै कार्यकर्ताबाट मारिएका हुन् ।
नेपाली कांग्रेसका सस्थापन पक्षका कार्यकर्ताले लेखनाथ १ देउवा निकट मानिने स्थानीय नेता रामजी पौडेलको विहीबार राति हत्या गरेक हुन् ।
संस्थापन पक्षका कार्यकर्ता राजु रानाभाटसहितको समुहले पौडेलको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
प्रहरीका अनुसार कास्की क्षेत्र १ को नगर समितिको अध्यक्ष पदका लागि पौडेलले उम्मेद्वारी दिएपछि दुबैपक्षबीच विवाद बढेको थियो ।
कास्कीका प्रहरी प्रमुख एसपी हरिबहादुर पालले मृतक पौडेलको शव आज बिहान गगनगौडामा भेटिएको बताए । हत्यामा संलग्न एक अभियुक्त पक्राउ परेको उनले बताए । पक्राउ पर्नेमा राजु रानाभाट रहेका छन् । उनले प्रहरी वयानमा पौडेलको हत्या गरेको स्वीकार गरेका छन्  ।
यसरी भएको थियो हत्या : रानाभाटको प्रहरीसँग बयान पार्टी सदस्यता र नगर समितिको अध्यक्ष पदमा दुई पक्षबीच केहीसमयदेखि चर्को विवाद चुलिएको थियो । बिहीबार राति विवादलाई साम्य पार्न स्थानीय कांग्रेसी नेता बुद्धिमान गुरुङको घरमा छलफल भएको थियो । तर त्यहाँ मिल्नुको सट्टा विवाद झन् बढेपछि पौडेल छलफलबाट रिसाएर घरतिर लागेका थिए । पौडेलसँगै स्थानीय कार्यकर्ता मनोज गुरुङ पनि घरतिर सँगै लागे । तर, उनीहरुलाई पिछा गर्दै राजु रानाभाटको समुहले सुनसान बीच बाटोमा रोकेर दुबैलाई कुटे । स्थानीय कार्यकर्ता मनोज कुटपिटपछि भागेर घर पुगे । त्यसपछि रानाभाटको समुहले पौडेलको हत्या गरिदियो । हत्या गरेर उनको शवलाई गगनगौडामा फालिदिए ।
घटनामा संलग्न रानाभाटको समुहमा प्रकाश गुरुङ, रविन केसी र विश्वास गौतम फरार भएका छन् । प्रहरीले उनीहरुको खोजी गरिरहेको छ । उनीहरु सबै संस्थापन पक्षका कार्यकर्ता हुन् । हत्यापछि शुक्रबार पोखरा तनावग्रस्त बन्यो ।
को हुन् पौडेल ? घर भन्दा एक किलोमिटर टाढा पृथ्वी राजमार्गमा पर्ने गगनगौंडा नजिकै मारेर फालिएका पौडेल नेपाली कांग्रेसका क्षेत्रिय नेता हुन् ।  मृतक पौडेल ५२ वर्षका थिए । उनकी पत्नी चन्द्रावती पौडेल गोगन उच्च माविमा पढाउँछिन् ।
पौडेल शेरबहादुर देउवा पक्षका नेता हुन् । पार्टीको महाधिवेशन निजिकिँदै जाँदा कास्कीमा देउवा पक्ष र सुशील पक्षका नेतावीच सदस्यता सम्बन्धी विवाद चर्किएको थियो । पौडेलको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको थियो ।
हत्याकाण्डपछि पौडेल समर्थकले पोखरामा गरेको प्रदर्शन र तोडफोड :
\"11863482_10206129599512500_8669870442407602649_n\" \"11903832_1189154924443266_2487803096981243251_n\"\"Lekhanath  (पोखराबाट आदर्श नेपाल दैनिकको सहयोगमा)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending