काठमाडौं। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले स्व रवीन्द्र अधिकारीको असल संस्कारलाई अँगाल्दै एमाले अगाडि बढ्नुपर्ने बताएको छ।
रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानद्वारा आज पोखरामा आयोजित चौथो स्मृतिसभा तथा सम्मान कार्यक्रममा उनले भने, “आदर्शवान् नेता स्व अधिकारीको अनुसरण गर्न आवश्यक छ ।”
पार्टीमा सक्रिय नेता अधिकारीको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको बताउँदै मुख्यमन्त्री अधिकारीले स्व अधिकारीका अपूरा कामलाई पूरा गर्नुपर्नेमा जोड दिए।
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति एवं संस्कतिविद् प्रा डा जगमान गुरुङले स्व रवीन्द्र अधिकारी आदर्शवान् र जनताका नेता भएको स्मरण गरे। रवीन्द्रको विचार र मार्ग निर्देशनलाई पछ्याउन सक्यौँ भने देश विकास र समृद्धितर्फ अगाडि बढ्ने उनको विश्वास छ ।
रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानकी अध्यक्ष विद्या भट्टराईको अध्यक्षतामा सम्पन्न स्मृतिसभामा प्रतिष्ठानका महासचिव धनराज आचार्य, सचिव पुष्पज्योति ढुङ्गाना, प्रतिष्ठानका सल्लाहकार प्रा डा भरतराज पहारी लगायतले रवीन्द्र अधिकारीले राजनीतिक एवं सामाजिक क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: