Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

एनएसजेएफ अवार्डका चार विधाका मनोनयन सार्वजनिक,सबैमा फुटबलको दबदबा

खबरडबली संवाददाता

काठमाडौँ।   पल्सर स्पोर्टस् अवार्डको १९औँ संस्करणको चार विधाका मनोनयन सार्वजनिक गरिएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले मंगलबार एक कार्यक्रमको आयोजना गर्दै कुल ९ विधामध्ये वर्ष २०७८ को वर्ष पुरुष, महिला, युवा र प्रशिक्षकको मनोनयन सार्वजनिक गरेको हो । 

वर्ष पुरुषमा क्रिकेटका कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, फुटबलका किरण चेम्जोङ, अञ्जन विष्ट र ब्याडमिन्टनका प्रिन्स दाहाल तथा महिला क्रिकेटकी रुविना क्षेत्री, सीता रानामगर, भलिबलकी अरुणा शाही, बक्सिङकी पुनम रावल, एथ्लेटिक्सकी पुष्पा भण्डारी मनोनयन परेका छन् । 

मन्चका सचिव अञ्जन खड्काको नेतृत्वमा रहेको पाँच सदस्यीय खेलाडी छनोट समितिले २०७८ मा उत्कृष्ट नतिजा दिलाएका खेलाडी र प्रशिक्षक छनोट गरेका हुन् । 

त्यस्तै वर्ष युवा खेलाडीमा फुटबलका मनिष डाँगी, प्रीति राई, बक्सिङका छिरिङ वाङ्दी शेर्पा, ब्याडमिन्टनकी रसिला महर्जन र भलिबलकी उषा भण्डारी तथा प्रशिक्षकमा बक्सिङका दीपक महर्जन, फुटबलका अब्दुल्ला अल्मुताइरी, पारा तेक्वान्दोका कविराज नेगी लामा, क्रिकेटका डेभ ह्वाटमोर र भलिबलका जगदीश भट्ट मनोनयनमा परेका छन् । 

एनएसजेएफ पल्सर स्पोर्टस्अवार्ड आगामी फागुन २३ गते काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठनमा हुँदै छ । यस वर्ष ९ विधामा अवार्ड प्रदान गरिनेछ भने जसमा पिपल्स च्वाइस विधाको मनोनयन पनि सार्वजनिक भैसकेको छ । 

यसअन्तर्गत फुटबलका अञ्जन विष्ट, क्रिकेटका आसिफ सेख, भलिबलकी उषा भण्डारी, पौडी डुवाना लामा र टेनिसकी अभिलाषा विष्ट मनोनयनमा परेका छन्। 

यसबाहेक अन्य विधा पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोट्स जर्नालिस्ट अवार्डको विजेता भने फागुन २३ गते सार्वजनिक गरिनेछ । 

वर्ष पुरुष, महिला, युवा, पिपुल्स च्वाइस र प्रशिक्षक गरी पाँच विधाका विजेताहरूले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन् । अन्य विधाका विजेताहरूले नगद पुरस्कार प्राप्त गर्नेछन् । पिपल्स च्वाइस विधाको मनोनयनमा परेका खेलाडीलाई समर्थकहरूले विद्युतीय भुक्तानीको सेवाप्रदायक कम्पनी ई–सेवामार्फत मतदान गर्न सक्नेछन् । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending