Ntc summer Offer
Khabar Dabali २० बैशाख २०८१ बिहीबार | 2nd May, 2024 Thu
NIMB

सरकारको मुख्य लक्ष्य सुशासन स्थापित गर्ने हो : उपप्रधानमन्त्री श्रेष्ठ

खबरडबली संवाददाता
काठमाडौँ। नेपाल सरकारका उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारको अन्त्य गरी देशमा सुशासन स्थापित गर्ने वर्तमान सरकारको मुख्य लक्ष्य रहेको बताएका छन्। 
 
मन्त्रालयका सचिवहरूसँग बैठक गरी प्रत्येक मन्त्रालयले एक महिनामा गर्ने, दुई महिनामा गर्ने, छ महिनामा गर्ने कामको पूर्व तयार पेस गरी सम्पन्न भएपछि प्रगति देखाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्देशन दिएको उपप्रधानमन्त्री  श्रेष्ठले बताए। 
 
नेपाल चेम्बर अफ कमर्स दोलखाको आयोजनामा भएको दोलखा महोत्सवको उद्घाटन  गर्दै उपप्रधानमन्त्री  श्रेष्ठले वर्तमान सरकारले भ्रष्टाचारको अन्त्य गरी देशमा सुशासन स्थापित गर्न मन्त्रालयका  सचिवदेखि  स्थानीयस्तरका कर्मचारीहरूलाई समेत सचेत गराउने अभियान चलाउने योजना बनाएको प्रस्ट पारे।।
 
राष्ट्रको स्वाधीनताका लागि राष्ट्रिय एकता बनाउने, संविधानको रक्षा गर्ने, शान्ति प्रक्रियाका बाँकी काम पूरा गरी परिवर्तनलाई विस्तार गरेर सामाजिक आर्थिक विकासमा परिणत गराउन वर्तमान सरकार लागिपर्ने उनले बताए। 
 
“देशमा अर्थतन्त्रको अवस्था सन्तोषजनक छैन, व्यापार घाटामा छ यसका लागि अब हामीले उत्पादनमा वृद्धि गराएनौँ भने आर्थिक मन्दी मात्र नभई जीवनयापनमा समेत  समस्या सृजना हुनेछ”, उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायतमन्त्री श्रेष्ठले भने, “सङ्घीय, प्रदेश र स्थानीय सरकारले जनमैत्री समयसापेक्ष उत्पादनमूलक कार्यक्रम सञ्चालन गर्नु आवश्यक  भइसकेको छ।” 
 
कोभिडपछि व्यापार–व्यवसाय अझै लयमा नआएको र व्यापार–व्यवसाय लयमा फर्काई आर्थिक चहपहल बढाउन महोत्सव गरिरहेको चेम्बर अफ कमर्स दोलखाका अध्यक्ष विष्णु श्रेष्ठले जानकारी दिए। 
 
विसं २०७६ यता कोरोना महामारीका कारण व्यापार व्यवसाय अझै लयमा नआएको र खस्कँदो स्थितिलाई लयमा फर्काई आर्थिक चहलपहल बढाउने उद्देश्यले महोत्सव आयोजना गरिएको चेम्बर अफ कमर्स दोलखाका अध्यक्ष विष्णु श्रेष्ठले बताए। महोत्सव भव्य रुपमा प्रभावकारी बनाउने योजना रहेको समेत उनले बताए।  
Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies