काठमाडौँ। कञ्चनपुरको भीमदत्त नगरपालिका–८ मा केरा पकाउने चेम्बर (चिसानगृह) सञ्चालनमा आएको छ ।
कृषि ज्ञान केन्द्र र गाउँमा रहेको खप्तड कृषि सहकारी संस्थाको सहयोगमा केरा चिस्यान घर सञ्चालनमा आएको हो ।
चिस्यान घर सञ्चालनमा आएपछि भीमदत्त–३, ६, ७, ८, ९ र १० का करिब डेढ सय केरा किसान लाभान्वित भएको खप्तड कृषि सहकारी संस्थाका अध्यक्ष पूर्ण साउदले जानकारी दिए।
“कृषिबाट रु ४९ लाख र बाँकी सहकारीबाट लगानी गरेर चिस्यान घर निर्माण गरेका छौँ”, साउदले भने, “चिस्यान घर नहुँदा यहाँका केरा किसानलाई समस्या हुने गरेको थियो ।”
उनले उक्त चिस्यान घरमा दैनिक तीन हजार पाँच सय दर्जन केरा राख्न सकिने बताए।
“अहिलेसम्म बिचौलियाहरूले एकलौटी रूपमा किसानको केरा उठाउँदै आएका छन्”, उनले भने, “गाउँमै सञ्चालनमा आएको चिस्यान घरले यहाँका किसानलाई राहत मिल्नेछ ।”
सुदूरपश्चिम प्रदेशसभा सदस्य प्रकाश रावलले सुदूरपश्चिम केरा खेतीमा आत्मनिर्भर भइसकेको बताए। “अहिले यो क्षेत्रमा केरा खेतीतर्फ किसानको आकर्षण बढेको छ”, उनले भने, “सुदूरपश्चिम प्रदेश सरकारले कृषिमा प्रतिफल आउने गरी लगानी गर्नुपर्छ ।”
यहाँका किसानले भने चिस्यान घर सञ्चालनमा आएपछि सहयोग पुग्ने बताएका छन् । “चिस्यान घर नहुँदा सस्तोमा केरा बिक्री गर्न बाध्य थियौँ”, कृषक मनोरथ जोशीले भने, “भारतीय केरा आयात हुँदा यहाँ उत्पादन भएको केरा खपत हुन समस्या हुने गरेको छ ।”
सुदूरपश्चिम प्रदेश सरकारले दुई वर्षअघि मुख्यमन्त्री नमूना कृषि गाउँ कार्यक्रमअन्तर्गत पनि किसानलाई धेरै सहुलियत प्रदान गर्दै आएको छ । मुख्यमन्त्री नमूना कृषि कार्यक्रमले यहाँ थोपा सिँचाइ, ढुवानीका लागि सवारी साधन खरिद, केराका बिरुवा तथा सिँचाइ कार्यक्रममा सहयोग गर्दै आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: