Khabar Dabali ६ असार २०८३ शनिबार | 20th June, 2026 Sat
Investment bank

राम्रो व्यवस्था भए जो सुकैका माग समावेश हुनुपर्छ – नेपाल

\"फबमजबख-400\"काठमाडौं  । नेकपा एमाले का नेता माधवकुमार नेपालले संविधानमा राम्रो व्यवस्था भएमा जो सुकैका माग समावेश गरिनुपर्ने बताएका छन् । मणिगाल निर्माण उपभोक्ता समिति, इस्टपोल उमावि, जागृति महिला समूह र स्तरीय महिला समूहको संयुक्त आयोजनामा आज जोरपाटी नारायणटारमा आयोजित इस्टपोल प्रतीक्षालय निर्माण एवम् मणिगाल उद्यान निर्माणको शुभारम्भ गर्दै पूर्वप्रधानमन्त्री नेपालले भने –‘संविधान निर्माणसँगै ७० वर्ष अघिदेखिको मुद्दा थान्को लागेपछि आर्थिक विकासका अभियानमा लाग्ने समय मिल्ने भएकाले अबको १५ दिनमा संविधानसभाले संविधान जारी गर्नुपर्छ, यो वा त्यो अतिवादले क्षति पु¥याउने भएकाले समन्वय र सन्तुलनका आधारमा संविधान जारी गरिनुपर्छ । ’ कर्णाली, सुर्खेत, कैलाली र कञ्चनपुरलगायतले आन्दोलन गर्नु नपर्ने गरी एवम् विविधतालाई एकतामा बदली धर्मका सम्बन्धमा उठेका विषयलाई पनि सम्बोधन गर्ने गरी संविधान जारी गरिनुपर्नेमा उनले जोढ दिए । कार्यक्रममा सभासद् दीपकप्रसाद कुइँकेलले संविधान जारी भएको छ महिनाभित्रमा स्थानीय निकायको निर्वाचन गराउने व्यवस्था मिलाइनुपर्ने बताए । सभासद् रामेश्वर फुयाँलले संविधानमा लिङ्ग पहिचानपछि भ्रूण हत्या गर्न नपाइने व्यवस्था ल्याउन लागिएको जानकारी दिए । जोरपाटी गाविसका पूर्वअध्यक्ष गोपाल बराल र इस्टपोल उमाविका संस्थापक ईश्वरीप्रसाद सापकोटालगायतले वाग्मती नदीलाई दीर्घकालीन रुपमा सफा राख्न उद्यान एवम् प्रतीक्षालयको भूमिका महत्वपूर्ण हुने औल्याए । सो अवसरमा नेता नेपालले वृक्षरोपण गरी उद्यान र शिलान्यासका साथ प्रतीक्षालय निर्माणको शुभारम्भ गरेका थिए । स्थानीय सङ्घसंस्था र व्यक्तित्वको सहयोगमा उद्यान एवम् प्रतीक्षालय निर्माण गर्न लागिएको हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending