Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

अपमानले आजित महिला श्रमिक

खबरडबली संवाददाता

बलेवा। बिहान उज्यालो भएदेखि झिमिक्कै रात नपरेसम्म फोहरसँग पौँठेजोरी नखेले घरको चुल्हो बल्दैन।

ससाना छोराछोरीको विद्यालय खर्च, नानाचाचा र सिङ्गो परिवारको दानापानीको मुख्य स्रोत नै फोहरसँगको पौँठेजोरीबाटै प्राप्त हुन्छ उनीहरुको। 

वर्षौंदेखिको दैनिकी भएकाले उनलाई फोहरसँग जुध्ने बानी परेको छ। बागलुङ नगरपालिका–१ मालढुङ्गा खुर्दुकेस्थित बागलुङ बजारको फोहर व्यवस्थापनस्थलमा उनीहरुको दैनिकी यसरी नै बित्ने गर्दछ।

दिनानुदिनको कामलेभन्दा उनीहरुलाई पीडा त्यतिबेला हुन्छ जतिबेला समाजले फोहरमा काम गर्ने भनेर फरक दृष्टिले हेर्छ। अनि उनीहरु र उनका साथीहरुले अपमानको महसुस गर्छन्। 

पर्वत घर भएकी एक युवतीले आजभोलि यस्तै अपमान महसुस गर्ने गर्छिन् । उनी मात्रै होइन अस्थायी फोहर सङ्कलनस्थलमा काम गर्ने ११ जना महिलाको समस्या एउटै हो । कुनैबेला दाता आएर आफूहरुलाई सहयोग गर्दासमेत मुख खोलेर अनुहार देखाउन नसकिएको गुनासो उनीहरुको छ ।

बजारवासीले आफ्नो घर, आँगनको फोहर बाहिर फाल्छन् र आफू सफासुग्घर बन्छन् । नगरले निर्माण गरेको अस्थायी फोहर सङ्कलन केन्द्र केही मजदुरका लागि भने जीवन निर्वाहको माध्यम बनेको छ । बजारबाट सङ्कलन हुने फोहरमा फालिएका पुनःप्रयोगमा आउने सामग्री सङ्कलन गरेर बागलुङ तथा जिल्ला बाहिरका मजदुरले आफ्नो रोजीरोटी चलाइ राखेको छन् । 

फोहरमा फालिएका फलाम, काँटी, सिसालगायतका अन्य धारिला वस्तुले बेलाबेलामा शरीरका विभिन्न अङ्गमा काट्छ, घाइते बने पनि आफूसँग स्वास्थ्य सुरक्षा सामग्री खरिद गर्ने आवश्यक रकम नहुँदा जोखिम मोलेर काम गर्दै आएको उनी बताउँछिन् ।

“काटे पनि सहनुपर्ने रैछ दिनभरी दुःख गरेर कमाएको पैसाले घर खर्च चलाउनुपरो, कहाँ सुरक्षा सामग्री खरिद गर्न सकिन्छ ररु”, उनीले भनिन्, “कसैले दिन आए भने पनि एक÷दुई दिनका लागि मात्रै दिन्छन्, हाम्रो काम त सधैँ चल्ने हो नि ।”

गुरुङ जस्तै ११ जना महिला फोहरमा फालिएका कबाडी उठाएर गुजारा चलाउँछन् । अन्य समयमा सामान्य मजदुर जस्तै गरी एकआपसमा हाँसीखुसीका साथ काम गर्ने मजदुर फोहर सङ्कलन केन्द्रमा अपरिचित व्यक्ति प्रवेश गरे आफ्नो पहिचान ढोक्छन् ।

फोहरमा काम गरेर जीवन चलाएको भन्दै समाजले हेला र घृणा गर्ने डरले उनीहरुले आफ्नो मुख देखाउँदैनन् । नयाँ मान्छेसँग फोटो खिच्नसमेत मान्दैनन् । 

“फोहरमा काम गरेको भनेर धेरैले हेला गर्छन्”, २७ वर्षीया अर्की एक मजदुर युवतीले भनिन्, “जो आएर फोटो खिचे पनि हाम्रो दुःख जाने होइन ।”

मजदुरीमा सहभागी अधिकांश महिला नयाँ मान्छे देखे भने विश्रामस्थलबाट बाहिर आउँदैनन् । जोडका साथ अनुरोध गरेमा अनुहार नचिन्ने गरी, आफ्नो पहिचान नखुलाउन अनुरोध गर्दै आफ्ना दुःख र पीडाका विषय राख्छन् । 

“हामीले त दैनिक नै यहीँ काम काम गर्ने हो, यसैबाट पेट पालेका छौँ”, उनीले भनिन्, “हामीलाई बिदा पनि हुन्न, के–के दिवस पनि थाहा हुन्न ।” नयाँ मान्छे आउँदा लाज लाग्ने उनीहरुको दुखेसो छ । फोहरको दुर्गन्धले बिरामी पर्ने गरेको विकको भनाइ छ । 

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर मानवअधिकार तथा शान्ति समाज बागलुङले मजदुरका लागि व्यक्तिगत सरसफाइका सामग्री प्रदान गरेको छ । समाजले रुमाल, साबुन, सेनिटाइजर, पञ्जा वितरण गरेको समाजका अध्यक्ष नीलकण्ठ शर्माले बताए। एघार जना मजदुरलाई पुग्ने गरी सामग्री प्रदान गरिएको थियो । 

सामग्री हस्तान्तरणका क्रममा अधिकांश महिला मजदुर विश्रामस्थल बाहिर आएनन् । पाको उमेरका महिला मजदुर अनुहार पहिचान नहुने गरी बाहिर आएको अध्यक्ष शर्माको भनाइ छ । “उनीहरुलाई समाजले घृणा र अपमान गर्ने त्रास देखियो”, उनले भने, “समाज सबै श्रमको सम्मान गर्ने संस्कृति नहुँदा यो समस्या आएको हो ।”

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: