Ntc summer Offer
Khabar Dabali ५ बैशाख २०८१ बुधबार | 17th April, 2024 Wed
NIMB

एपीएफ र जावलाखेल बराबरी, पुलिसविरुद्ध संकटाको जित

खबरडबली संवाददाता

काठमाडौँ। शहीद स्मारक ए डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लब र विभागीय टिम नेपाल एपीएफ क्लबले गोलरहित बराबरी खेलेका छन् ।

दशरथ रंगशालामा शनिबार भएको खेलमा एपीएफ र जावलाखेलले बराबरी खेल्दै अंक बाँडेका हुन् । दोस्रो हाफमा १० खेलाडीमा सीमित बनेको एपीएफविरुद्ध जावलाखेलले गोल गर्न सकेन ।

खेलको १८औँ मिनेटमा जावलाखेलका अब्दुल अजिजले प्रहार गरेको फ्रिकिक बल राहुलको क्रसलाई एडमा डोम्बियाले विफल बनाए । योसँगै जावलाखेलले अग्रता बनाउन चुक्यो । २४औँ मिनेटमा फोडे फोफनाले प्रहार गरेको बल एपीएफका गोलकिपर एन्जल श्रेष्ठले सहजै नियन्त्रणमा लिए ।

खेलको ३२औँ मिनेटमा हरि कार्कीले गोल गर्ने राम्रो अवसर खेर फाले । एपीएफका कप्तान नविन लामाले डिबक्सभित्र दिएको पासमा हरिले प्रहार गरे । तर उनले प्रहार गरेको बल पोष्टभन्दा केही माथिबाट बाहिरियो । 

खेलको ३९औँ मिनेटमा हरिको पासमा प्रदीप लामाले प्रहार गरेको बल जावलाखेलका गोलकिपर अनिश देउलाले मुस्किलले बचाए । प्रदीपले प्रहार गरेको बल अनिशले पन्च गरेपछि क्रस बारमा लाग्दै बल बाहिरिएको थियो । योसँगै एपीएफले फेरि अग्रता बनाउनबाट चुक्यो । 

खेलको ४८औँ मिनेटमा हरिले उत्कृष्ट हेड गर्दै गोल गर्ने प्रयास गरे । तर जावलाखेलका गोलकिपर अनिशले बचाए । खेलको ६९औँ मिनेटमा एपीएफ १० खेलाडीमा समेटियो । जावलाखेलका हिशुब थपलियालाई फाउल गरेपछि एडमा डोम्बियाले पहेँलो कार्ड खाए । तर रेफ्री प्रज्वल क्षेत्रीको निणर्यमा असन्तुष्ट जनाएपछि उनलाई सिधै रातो कार्ड दिइएको थियो ।

यसअघि जावलाखेलले मछिन्द्र एफसीलाई ३–१ गोलले पराजित गरेको थियो । त्यस्तै, आफ्नो दोस्रो खेलमा जावलाखेलले न्यु रोड टिम (एनआरटी) लाई २–१ गोलले पराजित गरेको थियो । यता, आफ्नो पहिलो खेलमा एपीएफले थ्रीस्टार क्लबलाई २–० ले हराएको थियो । तर सातदोबाटो युथ क्लबसँग आफ्नो दोस्रो खेलमा १–० ले एपीएफ हारेको थियो ।

त्यस्तै, आजै भएको अर्को खेलमा अर्को विभागीय टिम नेपाल पुलिस क्लब संकटा क्लबसँग ३–० गोलले पराजित भएको छ । संकटाको जितमा गणेश हमाल, रोशन पहरी र सुरज ज्यु ठकुरीले गोल गरे । नेपाल पुलिस क्लबको यो लगातार तेस्रो हार हो ।

नेपाल पुलिस क्लब यसअघि आफ्नो पहिलो खेलमा चर्च ब्वाइज युनाइटेड फुटकल क्लबसँग २–१ र दोस्रो खेलमा हिमालयन शेर्पासँग १–० गोलले पराजित भएको थियो ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies