NTC Banar
Khabar Dabali १३ चैत्र २०७९ सोमबार | 27th March, 2023 Mon

सन्दर्भ स्ववियु निर्वाचन : कतै तयारी, कतै अन्योल

रासस

काठमाडौं। त्रिभुवन विश्वविद्यालयले चैत ५ गते आइतबारका लागि तय गरेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनको जिल्लामा कतै तयारी अघि बढेको छ भने कतै अन्योल बनेको छ। विद्यार्थी संगठनबीचको विवादले कतिपय क्याम्पसमा निर्वाचन स्थगित भएको छ। 
 विवादपछि कतिपय क्याम्पसमा विद्यार्थीले तालाबन्दी गरेका छन् । विद्यार्थी सङ्गठनले लगाएको ताला खुलाउने विषयमा सङ्गठन र क्याम्पस प्रशासनबीच सहमतिको प्रयास भए पनि सफल हुन नसकेपछि अधिकांश कलेजमा स्ववियु निर्वाचनको प्रक्रिया सुरु भए पछि रोकिएको छ ।
 जिल्लामा तीन आंगिक कलेज र १७ सामुदायिक कलेजमा स्ववियु निर्वाचन हुनुपर्ने हो । तर, आइतबार हुनुपर्ने निर्वाचन अनिश्चित बनेपछि विद्यार्थी सङ्गठन स्थानीय प्रशासन र कलेज प्रशासनलाई दबाब दिइरहेका छन्। 

अहिलेसम्म जिल्लाका १५ भन्दा बढी क्याम्पसको ताला खुल्न नसकेको विद्यार्थी संगठनले जनाएका छन् । ती क्याम्पसमा निर्वाचन अनिश्चित छ।

माडी क्याम्पस माडी, उमावढी शेरचन कलेज दिव्यनगर, प्रेमबस्ती कलेज प्रेमबस्ती, सहिद स्मृति कलेज टाँडी, सहिद स्मार कलेज शारदानगर, अरुणोदय कलेज गीतानगरमा निर्वाचनको तयारी छ।

नेपाल विद्यार्थी सङ्घ चितवनका अध्यक्ष राजेश भुसालले स्ववियु निर्वाचन अनिश्चित बन्नु सामान्य कुरा नरहेको बताए। क्याम्पस प्रशासन र निर्वाचन समितिको कमजोरीका कारण निर्वाचन प्रक्रियाअन्तर्गत दल दर्ता भएपछि निर्वाचन रोक्नु भनेको त्रुटि भएको उनले बताए। 

संघ निर्वाचनको पक्षमा रहेको भन्दै उनले क्याम्पस निर्वाचन गर्न तयार नभएको बताए। नेविसंघका कारण कतै अवरोध नभएको उनको दाबी छ।

अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन चितवनका अध्यक्ष प्रकाश कालाखेतीले स्ववियु निर्वाचन तत्काल हुनुपर्ने माग गरे। निर्वाचनको मुखमा आएर छाएको अन्यौलताले आफूहरुलाई सशङ्कित बनाएको उनको भनाइ थियो।

निर्वाचन अधिकृत र क्याम्पस प्रशासन निर्वाचनबाट भाग्न खोजेको उनको आरोप छ । भुवानी शङ्कर कलेज खैरहनीमा निर्वाचनको प्रक्रिया नै सुरु हुन नसकेको र अन्य कलेजहरुमा प्रक्रिया सुरु भएर स्थगित भएको उनले जानकारी दिए।
अनेरास्ववियु क्रान्तिकारीका जिल्ला इन्चार्ज अविनाश रम्तेलले धेरै जसो कलेजमा निर्वाचन नहुने देखिएको बताए। विद्यार्थी  संगठन र क्याम्पस प्रशासनबीच सहमति जुट्न नसक्दा निर्वाचनको माहोल बन्न नसकेको उनले बताए। 

आंगिक क्याम्पसमा निर्वाचन हुन नसक्ने स्थिति रहेको उनको भनाइ छ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आइतबार पनि बढ्यो कोरोना संक्रमण

काठमाडौं । कोरोना भाइरसको संक्रमण आइतबार पनि बढेको छ। यसअघि चैत ९ गते १७ जनामा संक्रमण देखिएको थियो। आइतबार फेरि १६ जनामा देखिएको हो।  स्वास्थ्य तथ...

फौजदारी न्यायको सिद्धान्तमा रहेर संक्रमणकालीन न्याय टुंगोमा पुग्दैन : शक्ति बस्नेत

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेतले फौजदारी न्यायको सिद्धान्तअन्तर्गत रहेर संक्रमणकालीन न्याय टुंगोमा पुर्‍याउन...

पृथ्वी राजमार्ग थप १९ दिन बन्द हुने

डुम्रे – पृथ्वी राजमार्गअन्तर्गत तनहुँको विमलनगरदेखि घाँसीकुवा सडकखण्ड बन्द हुने समय थप गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी काशीरा...

पत्रकारले आफूमाथिका प्रश्न स्वीकार्न सक्नुपर्छ : अध्यक्ष पोखरेल

काठमाडौं।  काठमाडौँ । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले पत्रकारिता क्षेत्रमा धेरै प्रश्न उठ्ने गरेको भन्दै सबै पत्रकारहरू सजग हुन जरुरी र...

सभामुखको अधिकार कटौती गर्ने बहस गलत : खिमलाल देवकोटा

काठमाडौं।  राष्ट्रिय सभाका सांसद खिमलाल देवकोटाले सभामुखको अधिकार कटौती गर्ने बहस गलत भएको टिप्पणी गरेका छन्।  ‘प्रतिनिधि सभा नियमावलीमा सभामुखको अ...

संक्रमणकालीन न्यायलाई छिटो टुंग्याउनु पर्छ : रमेश लेखक

काठमाडौं।नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संक्रमणकालीन न्यायलाई छिटो टुंगोमा पुर्‍याउनुपर्नेमा जोड दिएका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा ...

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगेको आरोपमा तीन पक्राउ

काठमाडौं। नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान ...

जनयुद्ध दिवस खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं।  जनयुद्ध दिवसु खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ। द्वन्द्वपीडितहरूले जनयुद्ध दिवस खारेज गर्नुपर्ने मागसहित आज सर्वोच्चमा ...

बेलुका बाटो सिधा भएर हिँड्न नसक्ने मान्छे एमाले हुन सक्दैन : ओली

काठमाडौं।   नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदिरा सेवन गर्ने मानिस एमालेको कार्यकर्ता हुन नसक्ने बताएका छन्।  नेकपा एमाले जिल्ला कमिटी अर्घा...

संवैधानिक परिषद्सम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं।  संवैधानिक परिषद्सम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत प्रतिनिधिसभाबाट ‘संवधौनिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यव...

अरु धेरै
Dish home detelpage

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Dish home detel page1 Salt Trending Detail Page