Ntc summer Offer
Khabar Dabali ४ पुष २०८१ बिहीबार | 19th December, 2024 Thu
Investment bank

खरानी हुन तयार छौं–विप्लब

काठमाडौँ । जनक्रान्तिका सहिद परिवार संगठन र राज्यद्वारा बेपत्ता योद्धा परिवार समाजको संयुक्त राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पूर्व राजा ज्ञानेन्द्र शाहको जेलमा रहेका संसदवादी दलका नेताहरुलाई मुक्त गरेर देशमा गणतन्त्र ल्याउन माओवादी सफल भएको बताएका छन् । अहिले तिनै नेताहरु जनयुद्धलाई बदनाम गर्न षड्यन्त्र गरिरहेको बताउँदै महासचिव विप्लवले त्यसप्रति कडा आपत्ती जनाएका छन् । उनले राजाको जेलबाट मुक्त गरेर जनआन्दोलनको उठान नगरिएको भए उनीहरु अहिले पनि जेलमै रहन्थे भने । उनले नेपाली काँग्रेस र एमालेले विगतमा भएका सहमतिहरु तोडेर अहिले एकलौटी राज्य सत्ताको दुरुपयोग गरिरहेको बताउँदै ती सहमतिहरु पूरा नगरिएमा आफूहरु बाध्य भएर अगाडि बढ्ने चेतावनी दिएका छन् । उनले संसदीय व्यवस्था आफूहरुले कुनै हालतमा पनि स्वीकार गर्न नसक्ने प्रष्ट पारे । महासचिव विप्लवले कांग्रेस र एमालेसँग त्यतिबेला रोल्पामा पाँच बुँदे सहमति भएको र त्यसकै आधारमा पछि १२ बुँदे, बृहत् शान्ति सम्झौता भएको बताए । त्यसैका आधारमा बनेको अन्तरिम संविधानका कुनै पनि व्यवस्था समेत लागु नगरिएको उनले बताए । अहिले आएर काँग्रेस र एमालेभित्रको एउटा दलाल गुटले महान् जनयुद्धलाई आतङ्ककारी गतिविधिका रुपमा चित्रित गर्न लागिपरेको र जनयुद्धका नेता कार्यकर्ताहरुलाई अपराधी बनाउन लागेको बताउँदै त्यसप्रति कडा आपत्ती उनले जनाए । उनले २०६० सालको म्याग्दीमा भएको फौजी कार्वाहीलाई लिएर मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले घटनालाई बदनाम बनाउन थालेको बताए । आफूहरुले बेनीमा कब्जा गरिएका तत्कालीन प्रमुख जिल्ला अधिकारी, डिएसपी लगायतका ७२ जना सेना र पुलिसलाई रोल्पाको थवाङबाट आइसीआरसीलाई ससम्मान बुझाएको स्मरण गराए । सम्मेलनको उद्घाटन गर्दै महासचिव विप्लवले माओवादीहरु फुटेको नभई, २०५२ मा जुन उद्देश्य लिएर जनयुद्ध लडिएको थियो, त्यो उद्देश्यबाट केही नेताहरु च्यूत भएर पाखा लागेको बताए । माओवादी आन्दोलनको धारा निरन्तर अगाडि बढिरहेको बताउँदै आफूहले जनयुद्धको लक्ष्य र उद्देश्य पूरा गरेरै छाड्ने अठोट व्यक्त गरे । लखन थापा, झापा विद्रोह, २०३६, मित्रमणि आचार्य, शिव पौडेल, २०४६ साल, जनयुद्ध विभिन्न वर्गीय र राष्ट्रिय मुक्ति आन्दोलनमा सहिद भएको, बेपत्ता पारिएका योद्धा र घाइते योद्धाहरुको सपना पूरा गर्नका लागि नयाँ क्रान्ति अब सुरु हुने उनको भनाई थियो । महासचिव विप्लवले उद्घाटन मन्तव्यको क्रममा भने, “हामी कि त खरानी हुन्छौं, कि त देश र जनतालाई मुक्त गरेरै छाड्छौं ।” उनले अबको लडाइँ सेना र पुलिससँग नभई देश बेच्ने, जनता र राष्ट्रका विरुद्ध घात गर्ने दलालहरुका विरुद्ध हुने बताए । उनले सो क्रममा सबै सहिद परिवार र बेपत्ता योद्धा परिवारको सम्पूर्ण जिम्मा आफूहरुले लिने बताए । नयाँ जनवादी क्रान्ति सम्पन्न नभइकन जनताका समस्या र पीडा नसकिने बताउँदै एकीकृत जनक्रान्तिको कार्यदिशा अनुसार नयाँ जनवादी क्रान्ति हुँदै वैज्ञानिक समाजवाद स्थापना गरेरै छाड्ने प्रतिवद्धता उनले व्यक्त गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy