Ntc
Khabar Dabali १८ जेष्ठ २०८० बिहीबार | 1st June, 2023 Thu

हामीलाई पछाडि फर्कने छुट छैन : राष्ट्रपति

खबरडबली संवाददात

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक निर्माणमा सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै अब हामीलाई पछाडि फर्कने छुट नभएको बताएका छन् । 

नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा राष्ट्रपति पौडेलले नेपाल समृद्ध बनाउनुपर्ने भन्दै मुलुकमा विकासको ठूलो सम्भावना रहेको र यसका लागि सबै मिलेर काम गर्नुपर्ने धारणा राखे । 

भेटमा राष्ट्रपति पौडेलले निर्माण व्यवसायीलाई निरुत्साहित हुन नदिनका लागि आफूले आवश्यक समन्वय गर्ने प्रतिबद्धता जनाए। 

नेपालका निर्माण व्यवसायीको समस्याबारे आफू जानकार रहेको स्पष्ट पार्दै उनले आफूले सक्ने जिम्मेवारी लिएर भरपर्दो काम गर्न व्यवसायीलाई सुझाव दिए। मुलुक निर्माणको जिम्मेवारी निर्माण व्यवसायीको काँधमा रहेको उनको भनाइ छ।

 नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले व्यवसायीमैत्री ऐन कानुनको अभावमा विगतमा व्यवसायीले धेरै झमेला सामना गर्नुपरेको गुनासो गरे। 

सार्वजनिक खरिद नियमावलीको १२औँ संशोधनका कारण भने निर्माण उद्योगमा केही सुधार देखिएको अध्यक्ष सिंहले जानकारी दिए।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नागरिकता विधेयक प्रमाणीकरण स्वागतयोग्य: लोसपा

काठमाडौं ।  लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण भएकामा स्वागत गरेको छ ।  लोसपाका...

बागमती प्रदेशसभाः नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ

मकवानपुर । बागमती प्रदेशसभाको आज अपराह्न बसेको दोस्रो बैठकमा बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ...

कोशी प्रदेशमा सिद्धान्त र प्राथमिकता प्रस्तुत

विराटनगर । कोशी प्रदेशसभाको आज बसेको बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेटको सिद्धान्त र प्राथमिकता सम्बन्धमा प्रस्ताव पेस भएको छ । सो प्रस्ताव आर्थिक...

स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीको जिम्मेवारी हेरफेर

काठमाडौं ।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालय मातहतका उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरेका छन् । उनले मन्त्रिस्तरीय निर्ण...

‘स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’बाट सम्मानित

काठमाडौं ।  विश्व सुर्तीजन्य पदार्थरहित दिवसका अवसरमा  ‘स्वास्थ्यमन्त्रीस्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’बाट पत्रकार, स्वास्थ्यकर्मी ए...

सहिद स्मारक ‘ए’ डिभिजन लिगः सातदोबाटोलाई जित्यो मछिन्द्रले, थ्री स्टार र संकटा बराबरी

काठमाडौं ।  राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मछिन्द्र फुटबल क्लबले सातदोबाटो युथ क्लबमाथि सहज जित हासिल गरेको छ ।   बुधबार एन्फा क...

प्रधामन्त्रीको भारत भ्रमणः भारतका सुरक्षा सल्लाकार र विदेशसचिवसँग भेट वार्ता

काठमाडौं । चार दिे भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभाल र विदे...

उत्तर कोरियाको जासुसी उपग्रह प्रक्षेपण असफल

सोउल । प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (डिपिआरके)को जासुसी उपग्रह प्रक्षेपण असफल भएको छ । पश्चिमी जलक्षेत्रमा खसेर दुर्घटनाग्रस्त भएको सरकारी समाचार ...

अष्ट्रेलियामा दश करोड सत्तरी लाख वर्ष पुराना हड्डी भेटिए

काठमाडौं । अष्ट्रेलियामा दश करोड सत्तरी लाख वर्ष पुरानो जीवाश्म हड्डी भेटिएको छ । सन् १९८० को दशकमा भिक्टोरिया राज्यमा भेटिएका दुई वटा जीवाश्म हड्डीको...

जासुसी उपग्रह प्रक्षेपणको निन्दा

काठमाडौं । प्रजातान्त्रिक जन गणतन्त्र कोरिया (डिपीआरके) ले आज गरेको जासुसी उपग्रह प्रक्षेपणको जापान, दक्षिण कोरिया र अमेरिकाले निन्दा गरेका छन् । यद्य...

अरु धेरै
Right path detel page
Vianet Nepal Internet

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Salt Trending Detail Page