काठमाडौँ। घरेलु टोली नेपालले प्रधानमन्त्री थ्री नेशन्स कप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा नेपालले लाओसलाई २–० गोल अन्तरले पाखा लगाएको हो। नेपालको जितमा अनन्त तामाङ र नवयुग श्रेष्ठले गोल गरे।
खेलको २९ औं मिनेटमा अनन्त तामाङको गोलमा नेपालले सुरुवाती अग्रता लिएको थियो। एरिक विष्टको कर्नरमा अनन्तले हेडर गोल गर्दै नेपाललाई १–० को अग्रता दिलाए। राष्टिय टोलीबाट तेस्रो गोल गरेका अनन्तले यसअघि लाओसविरुद्धको खेलमा नै गोल गरेका थिए।
खेलको ५६ औं मिनेटमा नवयुग श्रेष्ठले ४० यार्डबाट भलि गोल गर्दै नेपालको अग्रता दोब्बर पारे। घरेलु मैदानमा पहिलो गोल गरेका नवयुगले राष्टिय टोलीबाट आठौं गोल गरेका हुन्।
६७ औँ मिनेटमा लाओसका बौफाचनको प्रहार गोलरक्षक बिट भएपछि डिफेन्डर अनन्त तामाङले क्लियर गरे।
खेलको ७१ औं मिनेटमा मनिष डाँगीको क्रसमा नवयुगको पासमा आयुष घलानको फितलो प्रहारले पोष्टको गति लिन सकेन।
त्यसअघि खेलको पाँचौं मिनेटमा आयुष घलानको क्रस नवयुग श्रेष्ठले भेट्न नसकदा अग्रता बनाउनबाट चुक्यो। १८औँ मिनेटमाा पुजन उपरकोटीको प्रहार पोष्टको माथिबाट आकाशियो।
लाओसविरुद्धको खेलमा नेपालका तिन खेलाडीले डेब्युको मौका पाए। राष्टिय टोलीमा सनिष श्रेष्ठले सुरुवाती ११ मा स्थान बनाउँदै डेब्यु गरे।
खेलको ७३ औं मिनेटमा नविन लामाको स्थानमा मणि कुमार लामाले मैदान प्रवेश गर्दै सिनियर टोलीमा डेब्यु गरे। ८२ औं मिनेटमा नवयुगको स्थान लिर्दै सातदोबाटोका दिपक राज सिंह ठकुरीले राष्टिय टोलीमा डेब्यु गरे।
प्रतियोगिताको दोस्रो खेलमा नेपालले मगंलबार भुटानसँग खेल्नेछ। शनिबार लाओस र भुटान खेल्नेछन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २३ गते, २०८० - २०:४९
काठमाडौं । सर्वोच्च अदालतले टीकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई आममाफी दिएको प्रकरणमा कारण देखाउ आदेश गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउ...
जेष्ठ २३ गते, २०८० - २०:३४
काठमाडौं । पाँचदिन अघि सुनकोशी नदिनमा जिपसहित तीन जना प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का कर्मचारी वेपत्ता भएकोमा २ जनाको शव र ...
जेष्ठ २३ गते, २०८० - २०:१७
काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा एफसी खुमलटार क्लबले सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई पराजित गर्दै विजयी भएको छ । सात...
जेष्ठ २३ गते, २०८० - २०:१४
काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गर्नु संसदीय प्रणाली, शक्ति पृथकीकरणको सिद्धान्त र नेपालको संविधान प्रतिकू...
जेष्ठ २३ गते, २०८० - १९:५३
सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ । मुख्यमन्त्री राजकुमार...
जेष्ठ २३ गते, २०८० - १९:११
जानकी । महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जमा प्राध्यापन गर्ने एक शिक्षक मृतावस्थामा फेला परेका छन् । अर्थशास्त्र विषयमा आंशिक प्राध्यापन गर्ने रवीन्द...
जेष्ठ २३ गते, २०८० - १९:१०
काठमाडौं । सांसद योगेशकुमार भट्टराईले आर्थिक सङ्कटको निकास खोज्न सरकारलाई प्रतिपक्षले सहयोग गर्ने बताएका छन् । प्रतिनिधिसभाको आज बसेको बैठकमा...
जेष्ठ २३ गते, २०८० - १९:०६
काठमाडौं । ए डिभिजन लिगमा बढुवा भएको सिजनमा नवप्रवेशी चर्च ब्वाइज युनाइटेड क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि जितेको छ । त्र...
जेष्ठ २३ गते, २०८० - १८:४७
काठमाडौं । सप्तरी जिल्लाको अग्निसाइर कृष्णासवरण गाउँपालिका ५ का वडा अध्यक्ष सब्दुल मियालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ५० हजार घुससहित...
जेष्ठ २३ गते, २०८० - १८:४१
फैजाबाद । अफगानिस्तानको प्रान्तीय राजधानी फैजाबादमा मङ्गलबार भएको विस्फोटमा परी डेपुटी गभर्नरसहित दुई जनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन...
प्रतिकृया लेख्नुहोस्: