काठमाडौँ। सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा सात जनामा कोरोना भइरसको सङ्क्रमण देखिएको छ ।
स्वास्थ्य निर्देशनालय दिपायलले गौरीफन्टा नाकाबाट भित्रिनेहरूको नमूना परीक्षण गर्दा सात जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको जनाएको छ ।
यो नाकाबाट पछिल्लो २४ घण्टामा तीनसय नागरिक भित्रिएकामा शङ्कास्पद एकसय १६ जनाको एन्टिजेन विधिबाट नमूना परीक्षण गरिएको जनाइएको छ ।
सुदूरपश्चिमका गौरीफन्टा नाकाबाट तीन सय, गड्डाचौकी नाकाबाट दुई सय २०, जुलाघाट नाकाबाट ५५ र पुलघाट (दार्चुला) नाकाबाट २५ नागरिक भित्रिएको स्वास्थ्य निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ । नाकाबाट भित्रिनेमध्ये तीन सय ३३ को नमूना परीक्षण गरिएको थियो ।
सीमा नाकामा सञ्चालनमा रहेका ‘हेल्थ डेस्क’ मार्फत नेपाल भित्रिनेहरूको एन्टिजेन विधिबाट कोरोना भाइरसको नमूना जाँच गर्ने गरिएको छ ।
प्रदेशमा कोरोना भाइरसको सङ्क्रमण दर केही महिनायता शून्य रहेकोमा पछिल्ला केही दिनदेखि सङ्क्रमण पुनः देखिन थालेको छ । कोरोनाको सङ्क्रमण दर केही बढे पनि रोगले हुने मृत्यु दर भने शून्य छ ।
निर्देशनालयका कोभिड सम्पर्क व्यक्ति हेमराज जोशीले भारतमा कोरोनाको सङ्क्रमण दर बढेसँगै नेपालमा पनि सङ्क्रमण देखिन थालेको बताए। “सम्बन्धित स्थानीय निकायसँग समन्वय गरेर सङ्क्रमितलाई एक हप्तासम्म आइसोलेसनमा राख्न सल्लाह दिएर पठाउने गरेका छौँ”, उनले भने।
रोगको रोकथामका लागि सबै जिल्लामा कोरोना भाइरस विरुद्धको बुस्टर डोज(खोपको मात्रा) स्वास्थ्य संस्था मार्फत लगाउन थालिएको छ।
सरकारले कोभिड—१९ विरुद्धको पूर्ण मात्राको खोप लगाएको तीन महिना पूरा भएका र पहिलो बुस्टर खोप लगाउन छुटेका व्यक्तिलाई पहिलो मात्रा बुस्टर खोप र यसअघि पहिलो बुस्टर मात्रा खोप लगाएको छ महिना पूरा भएका व्यक्तिलाई दोस्रो बुस्टर मात्रा खोप दिन लागिएको जनाएको छ ।
स्वास्थ्यकर्मी, गर्भवती, १२ वर्षमाथिका दीर्घ रोगी, रोग प्रतिरोधात्मक क्षमता कम भएका र ५५ वर्षमाथिका सबै नागरिकलाई बुस्टर खोप लगाउन मिल्ने जनाइएको छ । कोरोनाको सङ्क्रमण भएकाहरूले सङ्क्रमणमुक्त भएको एक महिनापछि यो बुस्टर डोज लिन मिल्ने जनाइएको छ ।
कोरोना भाइरसको समस्या देखिएयता हालसम्म सुदूरपश्चिममा छ लाख ४१ हजार आठसय ४४ को नमूना परीक्षण भइसकेको छ । यीमध्ये ६१ हजार नौ सय चार जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २३ गते, २०८० - २०:४९
काठमाडौं । सर्वोच्च अदालतले टीकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई आममाफी दिएको प्रकरणमा कारण देखाउ आदेश गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउ...
जेष्ठ २३ गते, २०८० - २०:३४
काठमाडौं । पाँचदिन अघि सुनकोशी नदिनमा जिपसहित तीन जना प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का कर्मचारी वेपत्ता भएकोमा २ जनाको शव र ...
जेष्ठ २३ गते, २०८० - २०:१७
काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा एफसी खुमलटार क्लबले सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई पराजित गर्दै विजयी भएको छ । सात...
जेष्ठ २३ गते, २०८० - २०:१४
काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गर्नु संसदीय प्रणाली, शक्ति पृथकीकरणको सिद्धान्त र नेपालको संविधान प्रतिकू...
जेष्ठ २३ गते, २०८० - १९:५३
सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ । मुख्यमन्त्री राजकुमार...
जेष्ठ २३ गते, २०८० - १९:११
जानकी । महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जमा प्राध्यापन गर्ने एक शिक्षक मृतावस्थामा फेला परेका छन् । अर्थशास्त्र विषयमा आंशिक प्राध्यापन गर्ने रवीन्द...
जेष्ठ २३ गते, २०८० - १९:१०
काठमाडौं । सांसद योगेशकुमार भट्टराईले आर्थिक सङ्कटको निकास खोज्न सरकारलाई प्रतिपक्षले सहयोग गर्ने बताएका छन् । प्रतिनिधिसभाको आज बसेको बैठकमा...
जेष्ठ २३ गते, २०८० - १९:०६
काठमाडौं । ए डिभिजन लिगमा बढुवा भएको सिजनमा नवप्रवेशी चर्च ब्वाइज युनाइटेड क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि जितेको छ । त्र...
जेष्ठ २३ गते, २०८० - १८:४७
काठमाडौं । सप्तरी जिल्लाको अग्निसाइर कृष्णासवरण गाउँपालिका ५ का वडा अध्यक्ष सब्दुल मियालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ५० हजार घुससहित...
जेष्ठ २३ गते, २०८० - १८:४१
फैजाबाद । अफगानिस्तानको प्रान्तीय राजधानी फैजाबादमा मङ्गलबार भएको विस्फोटमा परी डेपुटी गभर्नरसहित दुई जनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन...
प्रतिकृया लेख्नुहोस्: