Ntc
Khabar Dabali २७ जेष्ठ २०८० शनिबार | 10th June, 2023 Sat

सुजल श्रेष्ठद्वारा अन्तराष्ट्रिय फुटबलबाट सन्यांस, अष्ट्रेलिया जाँदै

खबरडबली संवाददाता

काठमाडौँ। राष्ट्रिय फुटबल टोलीका सदस्य सुजल श्रेष्ठले नेपाल छाडेर अष्ट्रेलिया पलायन हुनुअघि अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन्।

सुजलसँगै नेपाली राष्ट्रिय टिमबाट खेलिसकेका रन्जित धिमाल पनि विहीबार (आज) राति १२ बजेको उडानबाट अष्ट्रेलिया जाँदैछन् । उनीहरुले बेनी एफसीबाट अष्ट्रेलियामा स्थानीय फुटबल खेल्ने बताएका छन्।

राष्ट्रिय टिमबाट सन्यास लिएको जानकारी दिंदै सुजलले आफ्नो भविष्य र साथीहरु पनि उतै रहेकाले अष्ट्रेलिया यात्रा रोजेको  बताएका छन्। उनी जारी शहीद स्मारक ए डिभिजन लिगमा साविक विजेता मछिन्द्रबाट खेलिरहेका थिए।

सुजलले टिममा युवा खेलाडीको आगमनसँगै आफ्नो बिदाइको सही समय भएको बताएका छन्। ‘मेरो लागि यो नै संन्यासको उपयुक्त समय जस्तो लाग्छ। टिममा क्षमतावान युवा खेलाडीहरु आइरहेका छन्। उनीहरुलाई पनि अवसर दिनुपर्छ भन्ने सोचें’ अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुको कारणबारे सुजलले भने।

तत्कालका लागि अष्ट्रेलिया गएका उनले भविष्यमा नेपाल फर्केर क्लब फुटबलमा सक्रिय हुने सम्भावनालाई भने सुजलले नकारेका छैनन्।
 ‘क्लबस्तरमा अझै केही समय खेल्न सक्छु । उताको परिस्थिति अनुसार निर्णय गर्नेछु’ उनले थपे।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पहिचानको नाममा आक्रमण गर्ने घटनाको भर्त्सना : अध्यक्ष न्यौपाने

विराटनगर । नेकपा (एमाले) कोशी प्रदेश समितिले पहिचानको नाममा आन्दोलन गरिरहेको समूहबाट पटकपटक एमालेका नेताहरूमाथि गरिएको सुनियोजित आक्रमणको घोर भर्त्सना...

हचुवाको भरमा बोल्दा विदेश सम्बन्ध बिग्रन्छः मन्त्री साउद

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले हचुवाको भरमा टिप्पणी गर्दा देशको विदेश सम्बन्धमा आँच आउने बताएका छन्  । उनले छिमेकी मित्रराष्ट्रको विषयमा हल्क...

लुम्बिनी प्रदेश नीति तथा कार्यक्रम : समृद्ध, समुन्नत प्रदेश बनाउन रणनीतिक प्राथमिकतामा जोड

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले प्रदेशलाई आत्मनिर्भर, समृद्ध र समुन्नत बनाउन रणनीतिक प्राथमिकतामा केन्द्रीत हुने गरी कार्यक्रम सञ्चालन गर्ने भएको...

सुदूरपश्चिम प्रदेशसभाः नीति तथा कार्यक्रममाथि छलफल सुरु

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभामा आज प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम माथिको छलफल सुरु भएको छ । आजको बैठकमा छलफ...

विकास र समृद्धिको ढोका खोल्छौँ : अध्यक्ष ओली

गल्याङ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको पार्टीले विकास र समृद्धिको ढोका खोल्ने दाबी गरेका छन्  । आँधीखोला गाउँपालिकाको नयाँ भव...

जिल्ला निर्वाचन कार्यालय खारेजी प्रस्तावबारे राजनीतिक दलसँग आयोगको परामर्श

काठमाडौं । निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालय खारेजको प्रस्तावलगायत विषयमा आज राजनीतिक दलसँग परामर्श गरेको छ । आयोगले निर्वाचन व्यवस्थापनसम्ब...

नेपाल छिमेकी देशको सम्पन्नताबाट लाभ लिन चाहन्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले छिमेकी देशको सम्पन्नताबाट नेपालले लाभ लिन चाहेको बताएकी छिन् ।   नेपालका लागि चिनियाँ राजदू...

मोबाइलमा गेम खेल्ने कुलतले सम्पूर्ण आम्दानी चट

बेइजिङ । मध्य चीनको हेनान प्रान्तमा १३ वर्षकी एक किशोरीको मोबाइलमा गेम खेल्ने कुलतका कारण एउटा परिवारको सम्पूर्ण  बचत रकम स्वाहा भएको छ ।  साउथ चाइ...

उत्तरपश्चिम पाकिस्तानमा सडक दुर्घटनामा ८ जनाको मृत्यु, १२ घाइते

इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिमी खैबर पाख्तुनख्वा प्रान्तको अपर दिर जिल्लामा बिहीबार यात्रुवाहक गाडी खाडलमा खस्दा कम्तीमा आठ जनाको मृत्यु भएको छ ...

युक्रेनको बाँधबाट आएको बाढीका कारण आठ जनाको मृत्युः रूस

मस्को । दक्षिणी युक्रेनमा शुक्रबार एउटा प्रमुख बाँध भत्किएपछि आएको बाढीबाट थप हताहत भएको र एक हप्ताभन्दा बढी समयसम्म पानीको बहाब बढ्न सक्ने रूसी अधिका...

अरु धेरै
Right path detel page
Vianet Nepal Internet

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Salt Trending Detail Page