काठमाडौँ। एसीसी प्रिमियर कपको खेल तालिका सार्वजनिक भएको छ।
एसियन क्रिकेट काउन्सिल (एसीसी) ले प्रतियोगिता वैशाख ५ देखि वैशाख १८ सम्म कीर्तिपुरस्थित त्रिवि मैदान र मुलपानी मैदानमा हुने खेल तालिका सार्वजनिक गरेको हो।
यसअघि वैशाख ११ मा प्रतियोगिता सुरु हुने भनिए पनि खेल तालिका हेरफेर भएको हो।
जसमा नेपाल समूह ‘ए’ मा परेको छ। नेपालको समूहमा ओमान, कतार, मलेसिया र साउदी अरेबिया छन्। समूह ‘बी’ मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन्।
नेपालले पहिलो खेल मलेसियासँग वैशाख ५ मा त्रिवि मैदानमा खेल्नेछ। यस्तै दोस्रो खेल ओमानसँग वैशाख ८ मा त्रिविमा, तेस्रो खेल मुलपानी मैदानमा साउदी अरेबियासँग वैशाख ११ गते र अन्तिम खेल वैशाख १४ गते कतारसँग त्रिवि मैदानमा खेल्नेछ।
समूहका शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन्। सेमिफाइनल वैशाख १६ र फाइनल वैशाख १८ गते हुनेछ।
प्रतियोगिताको विजेता टिम आगामी सेप्टेम्बरमा हुने एसिया कपका लागि छनोट हुनेछ।
एसिया कपमा एसियाका ५ टेस्ट राष्ट्र र एसिसी प्रिमियर कपको विजेताबीच प्रतिस्पर्धा हुनेछ। एसिया कपको समूह ‘ए’ मा भारत, पाकिस्तान र प्रिमियर कप विजेता तथा समूह ‘बी’ मा अफगानिस्तान, बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन १२ गते, २०८० - २१:३६
काठमाडौँ। शरदयाममा म्याग्दीमा रहेको धवलागिरि हिमाल आरोहणका लागि २३ जनाले अनुमति लिएका छन् । संसारको सातौँ (आठ हजार एक सय १६७ मिटर) अग्लो धवलागिरि...
आश्विन १२ गते, २०८० - २१:३१
काठमाडौँ। नेकपा एमाले कोशी प्रदेश कमिटीको प्रथम अधिवेशनको बन्द सत्रले केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज रघुवीर महासेठको नेतृत्वमा अध्यक्षमण्डल गठन गर...
आश्विन १२ गते, २०८० - २०:४९
काठमाडौँ। नेकपा एमालेको बागमती प्रदेश अधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ। १ः३० बजेबाट सुरू भएको मतदान ८ः३० बजे सात घण्ट...
आश्विन १२ गते, २०८० - १९:४६
काठमाडौँ। नेपाली कांग्रेसले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । कोशी प्रदेश संसदीय दलको शुक्रवार बसेको बैठकले का...
आश्विन १२ गते, २०८० - १९:३६
काठमाडौँ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) वरीयतामा नेपालले सुधार गरेको छ। शुक्रबार आईसीसीले अद्यावधिक गरेको विवरणअनुसार नेपालले टी–२० क्रिक...
आश्विन १२ गते, २०८० - १८:४८
काठमाडौँ। नेपालको कुल सार्वजनिक ऋण २३ खर्ब नौ अर्ब ८६ करोड ९६ लाख बराबर पुगेको छ। सार्वजनिक ऋण व्ययवस्थापन कार्यालयको विवरणअनुसार भदौ मसान्तसम्म ने...
आश्विन १२ गते, २०८० - १८:४१
दोलखा। जिल्लाको सिंगटीमा थप ३ किलो सुन भेटिएको छ। बिगु गाउँपालिका ३ सिंगटी बस्ने २८ वर्षका केशर तामाङको कोठाबाट थप ३ केजी सुन बरामद भएको दोलखाका प्रह...
आश्विन १२ गते, २०८० - १८:३७
काठमाडौँ। नेकपा एमाले कर्णाली प्रदेशको पहिलो अधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ। प्रदेश अधिवेशन निर्वाचन कमिटीको कार्यालयले निर्वाचन का...
आश्विन १२ गते, २०८० - १८:३२
काठमाडौँ। कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले असोज १७ गतेका लागि प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन् । प्रदेश सरकारको सिफारिसमा प्रदेश ...
आश्विन १२ गते, २०८० - १८:२६
काठमाडौँ। झापाको अर्जुनधारा नगरपालिकाले स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतलाई जिम्मेवारीबाट हटाएको छ । ‘जंगलमा डेटिङमा जाँदा श्रीमतीले फेला पारे...
प्रतिकृया लेख्नुहोस्: