काठमाडौँ। रामचन्द्र पौडेल राष्ट्रपति चयन भएपछि खाली रहेको तनहुँ क्षेत्र( १ मा नेपाली कांग्रेसले केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने भएको छ ।
नेपाली कांग्रेसको पदाधिकारी बैठकमा शनिबार साँझ तनहुँ–१ मा भट्टराईलाई उम्मेदवार बनाउन सहमति जुटेको पार्टी सभापति शेरबहादुर देउवा निकट एक नेताले जानकारी दिएका छन् ।
नेपाली कांग्रेसभित्र भट्टराई अवसर नपाउने त्यागी नेताका रुपमा परिचित छन् । नेपाल विद्यार्थी संघको अध्यक्ष र नेपाल तरुण दलका उपाध्यक्ष भैसकेका भट्टराईले अहिलेसम्म चुनाव लड्ने अवसर पाएका थिएनन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भट्टराईलाई यसअघि नै निर्वाचनको तयारीमा जुट्न निर्देशन गरिसकेका थिए ।
२०४८ सालदेखि लगातार पार्टीको महाधिवेशन प्रतिनिधि हुँदै आएका उनी लगातार तीन पटक नेपाली कांग्रेसको केन्द्रीय सदस्य समेत निर्वाचित भएका छन् ।रामचन्द्र पौडेलले गत चुनावअघि आफू राष्ट्रपति भएमा भट्टराईलाई उम्मेदवार बनाउने आश्वासन दिएका थिए ।
स्रोतका अनुसार भट्टराई तनहुँ–१ मा सत्तारुढ गठबन्धनबाट साझा उम्मेदवार बनाउने तयारी छ ।
निर्वाचन आयोगले प्रतिनिधि सभाका ३ रिक्त स्थानमा वैशाख १० गते उपनिर्वाचन गर्ने मिति तोकेको छ ।
तनहुँ १ बाट गत चुनाव जितेका पौडेल राष्ट्रपति बनेपछि त्यहाँ उपचुनाव हुन लागेको हो ।
त्यसैगरी चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद सर्वोच्चका फैसलाले खारेज भएका उपचुनाव हुन लागेको हो ।
त्यस्तै उपराष्ट्रपति निर्वाचित राम सहायक प्रसाद यादवको निर्वाचन क्षेत्र बारा–२ मा पनि वैशाख १० गते नै उपचुनाव हुँदैछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २४ गते, २०८० - १८:३९
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले आमसञ्चारसम्बन्धी आवश्यक कानून शीघ्र ल्याइने बताएकी छिन् । आज मन्...
जेष्ठ २४ गते, २०८० - १८:२९
ढाका । बङ्गलादेशले आधा शताब्दीयताकै सबैभन्दा लामो गर्मीका कारण हजारौँ विद्यालय बन्द गरेको छ । राजधानी ढाकाको तापक्रम ४० डिग्री सेल्सियस ९१०४ डिग्री...
जेष्ठ २४ गते, २०८० - १८:२७
नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी असार ७ गते अमेरिकी संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री मोदीले अ...
जेष्ठ २४ गते, २०८० - १८:१४
विराटनगर । कोशी प्रदेश नामकरण भएपछि उत्पन्न विवाद समाधान गर्न कोशी प्रदेश सरकारले वार्ता टोली गठन गरेको छ । कोशी प्रदेश नामभएसँगै पहिचानवादीले निरन...
जेष्ठ २४ गते, २०८० - १८:०९
काठमाडौं । सांसद खिमलाल देवकोटाले प्रतिनिधिसभाको आकार ठूलो भएकाले त्यसलाई घटाउनुपर्ने बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको बजेट...
जेष्ठ २३ गते, २०८० - २०:४९
काठमाडौं । सर्वोच्च अदालतले टीकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई आममाफी दिएको प्रकरणमा कारण देखाउ आदेश गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउ...
जेष्ठ २३ गते, २०८० - २०:३४
काठमाडौं । पाँचदिन अघि सुनकोशी नदिनमा जिपसहित तीन जना प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का कर्मचारी वेपत्ता भएकोमा २ जनाको शव र ...
जेष्ठ २३ गते, २०८० - २०:१७
काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा एफसी खुमलटार क्लबले सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई पराजित गर्दै विजयी भएको छ । सात...
जेष्ठ २३ गते, २०८० - २०:१४
काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गर्नु संसदीय प्रणाली, शक्ति पृथकीकरणको सिद्धान्त र नेपालको संविधान प्रतिकू...
जेष्ठ २३ गते, २०८० - १९:५३
सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ । मुख्यमन्त्री राजकुमार...
प्रतिकृया लेख्नुहोस्: