Ntc
Khabar Dabali २६ जेष्ठ २०८० शुक्रबार | 9th June, 2023 Fri

संक्रमणकालीन न्यायलाई छिटो टुंग्याउनु पर्छ : रमेश लेखक

खबरडबली संवाददाता

काठमाडौं।नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संक्रमणकालीन न्यायलाई छिटो टुंगोमा पुर्‍याउनुपर्नेमा जोड दिएका छन्।

आइतबार प्रतिनिधिसभा बैठकमा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक, २०७९’ माथिको छलफलमा भाग लिँदै उनले उक्त कुरा बताएका हुन्।

प्रमुख सचेतक लेखकले संक्रमणकालीन न्याय सरकार वा कुनै राजनीतिक पार्टीको मात्रै विषय नभई सिंगो राष्ट्रकै साझा विषय भएकाले हुनाले त्यसलाई टुंगोमा पुर्‍याउन पनि सबै राजनीतिक दलहरूलाई एकतावद्ध हुन आग्रहसमेत गरे।

उनले पीडितलाई न्याय दिन, परिपुरणको व्यवस्था गर्न र मुलुकमा फेरि द्वन्द्व आउन नदिने गरी सरकारले सो विधेयक ल्याएको जिकिर गर्दै त्यसलाई सहमति, सहकार्य र संवादको माध्यमबाट राजनीतिक दलहरूले पारित गर्न ढिलाइ गर्न नहुने पनि स्पष्ट पारे। 

प्रमुख सचेतक लेखकले भने, ‘अहिले सरकारले जुन विधेयक प्रस्तुत गरेको छ।  यसले संक्रमणकालीन न्यायको विषयलाई ठीक ढंगले सम्बोधन गर्नेछ भन्ने विश्वास लिएको छु।  र, म आग्रह गर्न चाहन्छु- यो संक्रमणकालीन न्यायको विषय कुनै एउटा राजनीतिक दल अथवा सरकार अथवा व्यवस्थापिका वा न्यायपालिकाको मात्रै विषय होइन।  यो समग्र राष्ट्रको विषय भएको हुनाले यो हामी सबैको साझा विषय हो।  र, साझा विषयकै रूपमा यसलाई अगाडि बढाउनुपर्दछ।  

उनले विस्तृत शान्ति सम्झौता भएको १५ वर्ष  हुँदा पनि संक्रमणकालीन न्यायको विषय बाँकी रहेको बताए।  

‘यो विधेयक अत्यन्त आवश्यक विधेयक भएको हुनाले यसमा हामी सबै सहमत भएर, एकतावद्ध भएर सहकार्य, सहमति र संवादमार्फत् नै अगाडि बढनुपर्छ।  र, यसलाई चाँडो भन्दा चाँडो पारित गरेर संक्रमणकालीन न्यायको विषयलाई सम्बोधन गरिनु पर्दछ भन्ने आग्रह गर्दछु,’ उनले भने।

प्रमुख सचेतक लेखकले १० वर्षे सशस्त्र संघर्षलाई शान्तिमा रूपान्तरण गरेका राजनीतिक दलहरूले संक्रमणकालीन न्यायको कामलाई पनि छिट्टै टुंगोमा पुर्‍याउने विश्वास समेत व्यक्त गरे।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पहिचानको नाममा आक्रमण गर्ने घटनाको भर्त्सना : अध्यक्ष न्यौपाने

विराटनगर । नेकपा (एमाले) कोशी प्रदेश समितिले पहिचानको नाममा आन्दोलन गरिरहेको समूहबाट पटकपटक एमालेका नेताहरूमाथि गरिएको सुनियोजित आक्रमणको घोर भर्त्सना...

हचुवाको भरमा बोल्दा विदेश सम्बन्ध बिग्रन्छः मन्त्री साउद

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले हचुवाको भरमा टिप्पणी गर्दा देशको विदेश सम्बन्धमा आँच आउने बताएका छन्  । उनले छिमेकी मित्रराष्ट्रको विषयमा हल्क...

लुम्बिनी प्रदेश नीति तथा कार्यक्रम : समृद्ध, समुन्नत प्रदेश बनाउन रणनीतिक प्राथमिकतामा जोड

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले प्रदेशलाई आत्मनिर्भर, समृद्ध र समुन्नत बनाउन रणनीतिक प्राथमिकतामा केन्द्रीत हुने गरी कार्यक्रम सञ्चालन गर्ने भएको...

सुदूरपश्चिम प्रदेशसभाः नीति तथा कार्यक्रममाथि छलफल सुरु

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभामा आज प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम माथिको छलफल सुरु भएको छ । आजको बैठकमा छलफ...

विकास र समृद्धिको ढोका खोल्छौँ : अध्यक्ष ओली

गल्याङ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको पार्टीले विकास र समृद्धिको ढोका खोल्ने दाबी गरेका छन्  । आँधीखोला गाउँपालिकाको नयाँ भव...

जिल्ला निर्वाचन कार्यालय खारेजी प्रस्तावबारे राजनीतिक दलसँग आयोगको परामर्श

काठमाडौं । निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालय खारेजको प्रस्तावलगायत विषयमा आज राजनीतिक दलसँग परामर्श गरेको छ । आयोगले निर्वाचन व्यवस्थापनसम्ब...

नेपाल छिमेकी देशको सम्पन्नताबाट लाभ लिन चाहन्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले छिमेकी देशको सम्पन्नताबाट नेपालले लाभ लिन चाहेको बताएकी छिन् ।   नेपालका लागि चिनियाँ राजदू...

मोबाइलमा गेम खेल्ने कुलतले सम्पूर्ण आम्दानी चट

बेइजिङ । मध्य चीनको हेनान प्रान्तमा १३ वर्षकी एक किशोरीको मोबाइलमा गेम खेल्ने कुलतका कारण एउटा परिवारको सम्पूर्ण  बचत रकम स्वाहा भएको छ ।  साउथ चाइ...

उत्तरपश्चिम पाकिस्तानमा सडक दुर्घटनामा ८ जनाको मृत्यु, १२ घाइते

इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिमी खैबर पाख्तुनख्वा प्रान्तको अपर दिर जिल्लामा बिहीबार यात्रुवाहक गाडी खाडलमा खस्दा कम्तीमा आठ जनाको मृत्यु भएको छ ...

युक्रेनको बाँधबाट आएको बाढीका कारण आठ जनाको मृत्युः रूस

मस्को । दक्षिणी युक्रेनमा शुक्रबार एउटा प्रमुख बाँध भत्किएपछि आएको बाढीबाट थप हताहत भएको र एक हप्ताभन्दा बढी समयसम्म पानीको बहाब बढ्न सक्ने रूसी अधिका...

अरु धेरै
Right path detel page
Vianet Nepal Internet

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Salt Trending Detail Page