Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

मर्यादाक्रमबारे फुलकोर्टको निर्णय : सरकारलाई ध्यानाकर्षण गराउने

खबरडबली संवाददाता

काठमाडौं– सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट)ले मर्यादाक्रम सम्बन्धी राष्ट्रिय सभामा पेस भएको विधेयकमा ध्यानाकर्षण भएको जनाएको छ। फुलकोर्टले यस विषयमा सरकारको पनि ध्यानाकर्षण गराउने निर्णय गरेको छ। 

संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभामा दर्ता भएको मर्यादाक्रम सम्बन्धी गैरसरकारी विधेयकबारे सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको हो।

मर्यादाक्रममा प्रधानन्यायाधीशलाई पाँचौ नम्बरमा र उच्च अदालत तथा जिल्ला अदालतका न्यायाधीशहरूलाई तल झारिएको भन्दै फुलकोर्टले ध्यानाकर्षण गराउने निर्णष गरेको न्यायाधीशले बताए।

‘बैठकमा सबै न्यायाधीशहरूले मर्यादाक्रमका बारेमा कुरा उठाउनु भयो। फुलकोर्टको यसमा ध्यानाकर्षण भएको छ। उचित समयमा प्रधानमन्त्री वा सम्वन्धित मन्त्रालय हेर्ने मन्त्रीलाई यस बारेमा ध्यानाकर्षण गराउने निर्णय भएको छ’, उनले भने। 

यसअघि प्रतिनिधि सभाको सभामुख र राष्ट्रिय सभाको अध्यक्षभन्दा मर्यदाक्रमा प्रधानन्यायाधीश माथि रहेका थिए। तर, सत्ता पक्षका केही सांसदहरूले गैरसरकारी विधेयकको रुपमा राष्ट्रिय सभामा विधेयक दर्ता गराएका थिए। जसमा प्रधानन्यायाधीशलाई सभामुख र राष्ट्रिय सभाको अध्यक्षभन्दा तल राख्ने प्रस्ताव गरिएको छ।

चैत ५ गते राष्ट्रिय सभाका सत्ता पक्षका सांसदहरूले नेतृत्व गर्दै राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ गैर सरकारी विधेयक दर्ता गराएका थिए। उक्त विधेयक राष्ट्रिय सभामा टेबल समेत भएको छ। राष्ट्रिय सभामा विधेयक टेबल भएसँगै यसको आलोचना पनि सुरु भएको छ।  

राष्ट्रिय सभाका सांसदहरू गोपीबहादुर सार्की, तुलप्रसाद विश्वकर्मा, देवेन्द्र दाहाल, प्रकाश पन्थ, प्रमिला कुमारी, बेदुराम भुसाल, रमेशजङ्ग रायमाझी र शेखरकुमार सिंहसहितका सांसदहरूले विधेयक दर्ता गराएका हुन्। उनीहरूले दर्ता गरेको विधेयक आइतबार राष्ट्रिय सभामा पेस गरिएको थियो। 

अब अर्को बैठकमा उक्त विधेयकको विचार गरियोस् भन्ने प्रस्ताव पेस हुने छ। त्यसपछि विधेयकमाथि संशोधन सुरु हुने छ। राष्ट्रिय सभाबाट उत्पति भएकाले उक्त विधेयक प्रतिनिधि सभामा पनि आउने छ। दुवै सदनबाट पारित भएर राष्ट्रपतिले प्रमाणिकरण गरेपछि लागू हुने छ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies