Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

सिमांकन नसच्चिने संकेत

\"sanghiya_nepal_khabardabali\"काठमाडौं । गत २३ गते ६ प्रदेश सहितको सिमांकनमा सहमत भएका प्रमुख राजनीतिक दलहरुले सिमांकनमा नसच्चिने संकेत दिएका छन् । दलका नेताहरुले सार्वजनिक गरेको सिमांकनलाई लिएर मुलुकका विभिन्न क्षेत्रहरुमा आक्रोश देखिए पनि दलका नेताहरुले त्यसलाई सम्बोधन गर्न नसकिने संकेत दिएका हुन् ।   संबाद समिति सभापति तथा एमाओवादी नेता डा बाबुराम भट्टराईले दलहरुले गरेको सहमतिमा आफ्ना दलका नेताहरुको पनि चित्त नबुझेको उल्लेख गर्दै भने– ‘सिमांकनको कुरा हाम्रा पार्टीका नेता तथा समग्र हाम्रो पार्टीलाई नै चित्त बुझेको छैन तर अहिलेको संविधान सहमतिको दस्तावेज हो यसलाई त्यही रुपमा लिनु पर्छ ।’   भट्टराईले ६ प्रदेशमा कर्णाली क्षेत्रलाई विशेष अधिकार दिएर जान सकिए पनि अन्य क्षेत्रहरुको मागका आधारमा सिमांकन बढाउन नसकिने संकेत गरे ।   पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले भने– ‘पहिलो संविधानसभाबाट नै संविधान बन्न सकेको भए हामीले ११ प्रदेशको संघीयता पाउने थियौ तर अहिले त्यस्तो अवस्था रहेन । दलहरु ६ प्रदेशमा सहमत भएका छन् यसमा कर्णाली प्रदेशलाई विशेषाधिकार दिएर जान सकिन्छ तर छुट्टै कर्णाली प्रदेश बनाउन भने सकिदैन ।’   त्यस्तै नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले पनि दलहरुले विभिन्न क्षेत्रको एतिहासिकतालाई मध्येनजर गरेर प्रदेशहरुको सिमांकन गरेको उल्लेख गर्दै त्यसलाई बढाउनु भनेको समस्यालाई तन्काउनु सरह हुने प्रतिक्रिया दिए ।   ‘दलहरुले विभिन्न क्षेत्रहरुको एतिहासिकता तथा त्यसको विविध पाटाहरुलाई मध्यनजर गरेर ६ प्रदेशको सिमांकन गरेका हुन त्यसलाई बढाउनु भनेको समस्यालाई झनै तन्काउनु हो ।’– पौडेलको कथन थियो ।   तर कांग्रेस महामन्त्री तथा मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले भने अहिलेको सिमांकन अन्तरिम भएको प्रतिक्रिया दिँदै त्यसलाई सच्चाउन सकिने जनाएका थिए ।   दलहरुले सिमांकन गरेको प्रदेशसहित अन्य सहमत भैसकेको विषयलाई मस्यौदा समितिमा पठाई सकेका छन् । जसले दलहरुबीचको सहमति अनुरुप संविधानको मस्यौदा तयार हुनेछ ।   संविधानका विवादित मुद्धामा सहमति जुटाउएका दलहरुले संविधान निर्माणको कामलाई छिट्टै टुङ्गो लगाउन सहमति भएका विषयलाई संविधानसभाको संविधान मस्यौदा समितिमा विधेयकका लागि पठाएका हुन् । तर यसबीच राष्ट्रपति डा रामवरण यादवले भने जनताको भावनालाई कदर गर्न प्रमुख राजनीतिक दलहरुलाई आग्रह गरेका छन् ।   यता दलहरुले गरेको सिमांकनमा असहमति जनाउँदै भएका विभिन्न आन्दोलनमा अहिलेसम्म ३ जनाले ज्यान गुमाई सकेका छन् भने कतिपय क्षेत्रहरुमा अझै पनि बन्दको आह्वान गरिएको छ ।   यसै बिषयमा प्रदेशहरुको सिमांकनपछि उठेका विवादहरुलाई गर्नुहुन्छ भनेर सोधिएको प्रश्नमा सञ्चारमन्त्री तथा नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले खबरडबलीसँग तपाईले सोधेको बेलामा मैले किन जवाफ दिने भन्ने प्रतिक्रिया दिए ।   उनले भने– ‘तपाईले फोन गरेर प्रतिक्रिया माग्दा मैले तपाईलाई किन दिइ रहनु पर्ने ? कृपया मलाई माफ गर्नु होला मसँग अरु पनि कामहरु छन् ।’  तर अझै पनि थे्रसहोल्ड, विशेष संरचना, नागरिकता तथा धर्म लगायतकाविषयमा दलहरुबीच सहमत जुट्न बाँकी छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy