Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

नगरप्रमुख ससुराको एसईई परीक्षा दिँदै गर्दा ज्वाइँ पक्राउ

खबरडबली संवाददाता

रौतहट। रौतहट जिल्लाको मौलापुर नगरपालिकास्थित लक्ष्मीनियाँ माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको एसईई परीक्षा दिइरहेका एक नक्कली परीक्षार्थी पक्राउ परेका छन् । छिमेकी देवाहीगोनाही नगरपालिकाका नगरप्रमुख प्रेमलाल साह कानुले आफ्नो सट्टामा परीक्षा दिन लगाएको भन्दै आइतबार प्रहरीले उनका ज्वाइँ कमल साह पक्राउ परेका हुन् ।  

नगरप्रमुख साहको नाममा एसईई दिँदै गरेका गरुडा–६ पोठियाहीका साह पक्राउ परेका हुन् । उनी रेडियो नेपाल बर्दिवास सबस्टेसनका प्राविधिक सहायक हुन् । उनी शनिबार बिदा लिएर बसेको उक्त सबस्टेसन प्रमुख रामपुकार रामले जानकारी दिए ।

लक्ष्मीनिया माविमा सञ्चालन भइरहेको एसईई परीक्षामा नगरप्रमुख साहको स्थानमा परीक्षा दिइरहेका कमल साहलाई परीक्षा अनुगमन गर्न गएको टोलीले पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताए ।

‘हामीले पनि नगरप्रमुख साहको सट्टा परीक्षा दिन बसेको भन्ने सुनेका हौं,’ उनले भने, ‘वास्तविकता चाँडै खुल्छ । नक्कली परीक्षार्थी र आफ्नो साटो अरुलाई परीक्षा दिन लगाउने दुवैलाई कानुनबमोजिम कारबाही हुन्छ ।’ अनुमगन टोलीले उनलाई केरकार गरेपछि उनले नगरप्रमुखको परीक्षा दिएको प्रमाणित भएको उनले जनाए ।

नगरप्रमुख साह गत वर्ष छिमेकी मौलापुर नगरपालिकास्थित पथराबुधराम माविबाट कक्षा ९ मा भर्ना भएका थिए । भर्ना भए पनि उनी एक दिन पनि विद्यालयमा पढ्नका लागि उपस्थित नभएको मथराबुधराम माविका प्रधानाध्यापक राजेश पटेलले जानकारी दिए ।

‘नगरप्रमुख साहमात्र होइन, एक दिन पनि हाजिरै नभई एसईई दिने धेरै विद्यार्थीहरू छन्,’ उनले भने, ‘अब यस्तै हो । मैले पनि नगरप्रमुखको ज्वाइँ पक्राउ परको भन्ने समाचार सुनेँ ।’

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies