Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

विन्डोज १० ले माइक्रोसफ्टलाई तपाईंको नीजि सुचना पठाइरहेछ !

\"windows10काठमाडौं । माइक्रोसफ्टद्वारा भर्खरै लञ्च गरिएको विन्डोज १० अपरेटिङ सिस्टमबारे एकपछि अर्को  गर्दै अवगुणहरुको पर्दाफास भइरहेको छ । केही दिन अघि मात्र विन्डोज १० ले तपाईंको कम्प्युटरमा सेभ भएको पायरेटेड गेम र एप्सलाई आफै डिलिट गरिदिने कुरा सार्वजनिक भएको थियो । यसपछि यससँग सम्बन्धित अर्को नकारात्मक टिकाटिप्पणी गरिएको छ । अब यो अपरेटिङ सिस्टमले प्रयोगकर्ताहरुको नीजि जानकारी र डाटा माइक्रोसफ्ट कम्पनीलाई पठाइरहेको बताइएको छ । \"windows10यी सूचना पठाइरहेको छः प्राविधिक वेबसाइट आर्स टेक्निकाका अनुसार विन्डोज १०ले तपाईंको कम्प्युटरको पर्सनल इमेलको सूचना, एड्रेस बुक तथा थुप्रै प्रकारको फाइलहरु माइक्रोसफ्टलाई पठाइरहेको छ । यसका साथै यसमा अकाउन्ट बनाउँदा नै कम्पनीले प्रयोगकर्ताको साधारण सूचना, पासवर्ड, पासवर्ड तथा क्रेडिट कार्ड डिटेल्स आदिको जानकारी पनि लिने गर्दछ । यसका लागि माइक्रोसफ्ट कोर्टाना र पर्सनल असिस्टेन्ट एपलाई जिम्मेवार ठानिएको छ । \"windows10यसरी जानेछ तपाईंको सूचनाः उदाहरणका लागि जसरी कोही प्रयोगकर्ता आफ्नो फोनमार्फत कोही प्रयोगकर्तालाई फोन गर्छन् भने कोर्टानाले ती व्यक्तिको इमेल, मेसेज, क्यालेन्डर तथा कन्टेक्स्टसमेत वेब हिस्ट्रि र लोकेसन आदिको जानकारी लिने गर्दछ । यो डेटा कम्पनीको एसएसडब्लू डट लाइभ डट कम नामक सर्भरमा जाने गर्दछ । यहि सर्भर माइक्रोसफ्टको वन ड्राइव स्टोरेजका लागि पनि प्रयोगमा ल्याइन्छ । यस्तो अवस्थामा प्रयोगकर्ताको नीजि जानकारी माइक्रोसफ्टकोमा पुग्ने गर्दछ । \"windows10माइक्रोसफ्टको तर्कः यता माइक्रोसफ्टले भने उनीहरुले प्रयोगकर्ताका यी जानकारी उनीहरुलाई अझ राम्रो सुविधा दिने उद्देश्यले प्रयोग गरेको बताएको छ । यसको उपयोग विज्ञापन अथवा कुनै थर्ड पार्टीलाई उपलब्ध गराउनको लागि नगरेको बताएको छ । \"windows10
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies