Ntc summer Offer
Khabar Dabali २० बैशाख २०८१ बिहीबार | 2nd May, 2024 Thu
NIMB

गृहसचिव सिंहद्वारा सुरक्षा व्यवस्था मजबुत पार्न निर्देशन

खबरडबली संवाददाता

विराटनगर । गृह सचिव विनोदप्रकाश सिंहले रसुवाको सुरक्षा व्यवस्था थप मजबुत पार्न यहाँका प्रशासक एवं सुरक्षा प्रमुखलाई निर्देशन दिएका छन्।

जिल्लाको भ्रमणका क्रममा गृहसचिव सिंहले समग्र सुरक्षा अवस्था, स्थानीय प्रशासकद्वारा सम्पादन गर्ने नियमित सेवा प्रवाहका विषयमा समेत जानकारी लिनुका साथै रसुवागढी नाकाको विशेष सुरक्षा व्यवस्था एवं कारागारभित्र रहेका कैदीबन्दीहरूको अवस्थाका बारेमा समेत स्थलगत निरीक्षण गरेका थिए।

चीनसँग जोडिएको उत्तरी नाकालाई व्यवस्थित र मर्यादित बनाउने पहिलो कार्य सुरक्षा व्यवस्था नै भएकाले अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा हुनसक्ने आँखेटोपहारलगायत गैह्रकानुनी कियाकलाप पूर्णरूपमा अन्त्य गराई रसुवागढीलगायत चीनसँग जोडिएका सबै स्थानको क्षेत्रमा सुरक्षा व्यवस्था मजबुत पार्न रसुवाका सुरक्षा अधिकारीलाई सचिव सिंहले निर्देशन दिए।

सुरक्षा कार्य मजबुत पार्न स्थानीय प्रशासनले खेलेको भूमिका, जिल्लाको भौगर्भिक अवस्थालगायत स्थानीय गतिविधिबारे समग्र विषयवस्तु रसुवाका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले सचिव सिंहलाई जानकारी गराएका थिए।

थुमनको मालागढी भूभागबाट पैदल मार्ग हुँदै चीन जानसक्ने पैदल मार्गमा सशस्त्र प्रहरीको सुरक्षा पोष्ट खडा गर्ने काम ढिलाइको विषयमा सचिव सिंहले जमिनको भूस्वामित्व कायम गराउन वन मन्त्रालयसँग आफूले छिट्टै समन्वय गर्ने बताए। 

भूकम्पपछि पुनः निर्माण हुन बाँकी रहेको धुञ्चेस्थित रसुवा कारागार एवं रसुवागढीमा आवश्यक देखिएको स्वागतद्वार निर्माणका लागि आफूले पहल गर्नेसमेत बताए।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies