Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

सडकबाट मध्यपश्चिमलाई छुट्टै प्रदेश घोषणा

-   आन्दोलनमा पनि एमाले फुट्यो -   दलहरु विस्तारै -   नागरिक संघर्ष समिति हतारहतार -  साझा मुद्दा बनाउन मृतकका आफन्तको आग्रह \"surkhet\"सुर्खेत । सुर्खेतमा एक हप्ता अघीदेखि चलिरहेको आन्दोलन अझै जारी छ । विभिन्न चरणहरु पार गर्दै आएको आन्दोलनमा संयुक्त नागरिक संघर्ष समिति र जिल्लाका राजनीतिक दलहरु गरी दुई छुट्टाछुट्टै आन्दोलन भइरहको छ । राजनीतिक दलहरुले छुट्टै प्रदेशको माग गरेका छन् भने नागरिक संघर्ष समितिले अखण्ड मध्यपश्चिमको माग गरेर आन्दोलन चर्काएको छ । सुरुमा सुर्खेतमा नागरिक संघर्षस समितिले अखण्ड मध्यपश्चिमको आन्दोलन सुरु गरेको भएपनि दलहरुले अहिले भेरी र कर्णालीलाई मिलाएर सातौँ प्रदेश घोषणा गरी सुर्खेत राजधानी हुनुपर्ने माग गरेका छन् । यही आन्दोलनकै क्रममा अहिले सुर्खेतमा एमालेमा पनि फुट देखिएको छ । एमालेको केपी ओली पक्षका नेताहरु नागरिक संघर्ष समितिमा मिलेर आइतबारदेखि अखण्ड मध्यपश्चिमको मागमा लागेका छन् भने माधव नेपाल पक्षका नेता मानिएका जिल्ला कमिटीका पदाधिकारीहरुले भने नेपाली काँग्रेस र एमाओवादीसंग मध्यपश्चिममा छुट्टै राज्य माग गर्दै संयुक्त आन्दोलनमा उत्रिएका छन् ।   आन्दोलनका क्रममा मृत्यु भएकाका परिवारकोसमेत सहभागिता रहेको संयुक्त नागरिक सरोकार समितिले भने अखण्ड मध्यपश्चिम एक प्रदेशकै माग गर्दा व्यक्तिको मृत्यु भएकाले मागमा तलमाथि गर्न नहुँने बताएको छ । आइतबार भएको कार्यक्रममा राप्रपा र एमालेका नेतासहितका नागरिक अगुवाहरुले मध्यपश्चिम छुट्टै प्रदेश भएको सडकबाटै घोषणा गरेका छन् भने राजनीतिक दलहरु दवावस्वरुप भन्दै केही समय सडकमै बसेका थिए । \"surkhet यसैबीच, नागरिकको सहभागिता व्यापक देखेपछि हौसिएका नागरिक समाजका अगुवाहरुले स्थानीय पीपल चौतारीमा भएको सभामा अव अखण्ड मध्यपश्चिम एक प्रदेश भएको घोषणा गरेका छन् । सभामा मानवधिकार एलाइन्सका केन्द्रीय सदस्य तथा एमाले सुर्खेतका नेता कविन्द्र कुमार के.सी.ले प्रदेशको घोषणा गरेका थिए । उनले आन्दोलनमा राजनीतिक दलहरुले दलगत विषयवस्तु घुसाएकोतर्फ लक्षित गर्दै अहिले निर्वाचन र त्यसको प्रचारप्रसार गर्ने बेला नभएको बताए । सभामा खानेपानी उपभोक्ता महासंघका केन्द्रीय उपाध्यक्ष तथा एमाले सुर्खेतका नेता कुलमणी देवकोटाले नागरिकको यो अभियानमा साथ दिनका लागि सरकारी कर्मचारीलाई पनि आव्हान गरे । एमाले अध्यक्ष केपी ओलीले आन्दोलनको आगो निभाउन दमकल पठाउने अभिव्यक्ति दिएकोप्रति लक्षित गर्दै व्यवसायी तथा मसालका प्रबक्ता बालकृष्ण सुनारले जनताको मनमा लागेको आगो कुन दमकलले निभाउने हो ? भनि प्रश्न गरेका थिए । एउटै माग लिएर शुरु भएको आन्दोलन बीचमा विचलित हुँदा दुःखि भएका नागरिकहरुले भने अव दलगत स्वार्थ त्यागेर साझा मुद्दा बनाएर आन्दोलन गर्दा माग सुनुवाई हुने बताएका छन् ।\"surkhet यसैबीच, यही मागलाई सार्थक बनाउन भन्दै गाउँगाउँमा अभियानहरु चलिरहेका छन् । सुर्खेतको सालकोट गाविसमा स्थानीय युवा तर्क वीसीको संयोजकत्वमा गठन भएको नागरिक संघर्ष समितिले अभियान चलाएको छ । प्रदर्शनमा सहभागी नागरिकहरुले आफ्नो माग पुरा गराउनको लागि सबथोक त्यागेर दाल चामल बोकेर वीरेन्द्रनगरमै बसेर भएपनि आन्दोलनलाई सफल बनाउन लागी पर्ने बताएका छन् । प्रदर्शनमा विभिन्न राजनितिक दलका प्रतिनिधिको सहभागिता थियो । सरकारी कार्यालयमा तोडफोड कर्णाली स्वायत्त प्रदेशको माग गर्दै जुम्लामा प्रदर्शनमा उत्रिएका आन्दोलनकारीले सरकारी कार्यालय तोडफोड गर्नुका साथै प्रहरीलाई हातपात गरेका छन् । आन्दोलन नियन्त्रण बाहिर जान थालेपछि स्थानीय प्रशासनले आइतबार साँझ ५ बजेदेखि आज (सोमबार) बिहान ६ बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ । त्यसअघि आन्दोलनकारीले सरकारी कार्यालयको बोर्ड निकालेर फ्याँकेपछि सदरमुकाम खलंगामा तनाव उत्पन्न भएको थियो । स्थिति नियन्त्रणमा लिने प्रयासमा प्रहरीले चलाएको गोली लागि सात जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था चिन्ताजनक छ । उनलाई नेपालगञ्ज लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ । आन्दोलनकारीले प्रहरीलाई नियन्त्रणमा लिएरसमेत कुटपिट गरेका छन् । आन्दोलनकारीको कुटाइबाट प्रहरी र सशस्त्र प्रहरीका गरी चार जना घाइते भएका छन् । आन्दोलनकारीले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको बोर्ड निकालेर फालेका छन् । आन्दोलन अराजक बन्दै गएपछि आइतबार मात्र प्रहरीले २९ राउण्ड गोली चलाएको थियो । यसैबीच, कर्णाली स्वायत्त प्रदेशको माग राख्दै जुम्लामा भइरहेको आन्दोलनमा बालबालिका प्रयोग भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोग आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ । शनिबार जुम्लामा बालबालिकालाई अर्धनग्न बनाएर सडक प्रदर्शन भएको थियो । राजनीतिक अभिष्ट पूरा गर्ने उद्देश्यका साथ अवोध बालबालिकाको प्रयोग हुनु अत्यन्त दुःखद भएको भन्दै आयोगले त्यस्तो कार्य नगराउन बन्दकर्ताहरुलाई आग्रह गरेको छ । साथै विद्यालयहरु सुचारु गर्ने वातावरण बनाउन सबैलाई अनुरोध गरेको छ । मानवअधिकार आयोगले जुन सुकै बाहानामा जो कोहीले गर्ने बन्द, हड्ताल जस्ता कार्यक्रममा बालबालिकाको प्रयोग गर्नेमाथि आवश्यक कारबाही गर्नसरकारको ध्यानाकर्षण गराएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending