Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८१ शनिबार | 30th November, 2024 Sat
Investment bank

खाद्यले पाएन गहुँ

खबरडबली संवाददाता
काठमाडौं। सरकारले गहुँको मूल्य बजारभन्दा कम तोकेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड महेन्द्रनगरले खरिदका लागि गहुँ पाएको छैन ।
 
कञ्चनपुरका ग्रामीण भेगमा गहुँ प्रतिक्विन्टल चार हजारका दरले बिक्री भइरहेका बेला खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले गहुँको मूल्य बजारमा कम निर्धारण गरेपछि खाद्यले गहुँ खरिद गर्न सकेको छैन ।
 
खाद्यले गत चैत १६ गतेदेखि गहुँ खरिद गर्ने निर्णय गरे पनि हालसम्म एउटा किसान पनि गहुँ बिक्रीका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा पुगेको छैन । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड महेन्द्रनगरका निमित्त प्रमुख तपेन्द्र उपाध्यायले हालसम्म कुनै पनि किसान गहुँ बिक्रीका लागि कार्यालयमा नआएको बताए। 
 
“हाम्रोभन्दा बढी मूल्य बजारमा छ, चैत १६ देखि गहुँ खरिद गर्ने निर्णय भए पनि अहिलेसम्म एउटा किसान पनि गहुँ बिक्रीका लागि आएको छैन”, प्रमुख उपाध्यायले भने, “हामीले मूल्य निर्धारणको निर्णयमा पुनर्विचार गर्न आग्रह गरेका छौँ ।”
 
सरकारले गहुँको मूल्य प्रतिक्विन्टल तीन हजार तीन सय ५१ रुपैयाँ तोकेको छ । उनले मूल्य निर्धारण मन्त्रिपरिषद्को निर्णयबाट हुने बताए। गत वर्ष पनि खाद्यले गहुँ खरिद गर्न सकेको थिएन ।
 
यहाँका किसान तीर्थ रानाले सरकारले तोकेकोभन्दा बढी मूल्यमा गाउँमै गहुँ बिक्री भइरहेको बताए। “गाउँमै चार हजारका दरले बिक्री भइरहेको छ खाद्यमा तीन हजारमा गहुँ बिक्री गरेर हामीलाई फाइदा छैन”, रानाले भने, “यस वर्ष गहुँको उत्पादन राम्रो छ ।”
 
अर्का किसान गणेश भट्टले खाद्यले बजारकोभन्दा कम मूल्य तोकेका कारण गहुँ बिक्री गर्न नगएको बताए। “सरकारले तोकेको मूल्यमा किसानलाई फाइदा हुदैन”, उनले भने, “सरकारले किसानको उत्पादनको उचित मूल्य निर्धारण गर्न सकेन ।” कञ्चनपुरमा यस वर्ष ३२ हजार दुई सय १० हेक्टरमा गहुँखेती गरिएको छ । गत वर्ष जिल्लामा गहुँको उत्पादकत्व तीन मेट्रिकटन प्रतिहेक्टर थियो । यस वर्ष साढे तीन मेट्रिकटन पुग्ने अनुमान छ ।  
Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy