Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

कोशी प्रदेश खारेज अभियानका अभियान्ता पदमबहादुरको अत्येष्टि एक महिनापछि गरिँदै

खबरडबली संवाददाता

काठमाडौं। एक महिनाअघि सुरक्षाकर्मीको लाठी प्रहारबाट घाइते भई उपचारका क्रममा मृत्यु भएका सहिद पदमबहादुर लिम्बूको अत्येष्टि शनिबार गरिने भएको छ । 

सरकारले पहिचानवादी आन्दोलनमा मृत्यु भएका लिम्बूलाई राजपत्रमा प्रकाशित गर्दै सहिद घोषणा गरेकाले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मर्चरी हाउसमा राखिएको शवलाई याक्थुङ लिम्बू परम्पराअनुसार अन्त्येष्टि गर्ने संघीय लिम्बुवान राष्ट्रिय मञ्चका सुनसरी अध्यक्ष अमर इजमले बताए ।


उनका अनुसार शनिबार बिहान ९ बजे धरानमा शवयात्रा गरिने र भानुचोकमा श्रद्धाञ्जली अर्पण कार्यक्रम गरिने छ । लिम्बूको स्थायी घर मोरङको बेलबारीस्थित लालभित्तीमा पुर्‍याएर अन्त्येष्टि गरिने अध्यक्ष इजमले बताए । उनले भने, ‘लाजेहाङ पहिचानको पक्षमा खरो गरी उभिने लडाकु थिए । उनी लिम्बुवानी आन्दोलनका लागि संघीय लिम्बुवानका सहकमाण्डर हुँदै सहिद भएकाले सम्मानसहित अन्त्येष्टि गर्ने तयारी छ ।'

कोशी प्रदेश नामकरण भएपछि उक्त नामको खारेजी गर्दै ऐतिहासिक, राजनीतिक र भौगोलिक पृष्ठभूमिको आधारमा प्रदेश १ को नाम लिम्बुवान–किरात हुनुपर्ने भन्दै आन्दोलन चर्किँदा गत चैत ५ गते विरानगरमा भएको हिंसात्मक झडपमा सुरक्षाकर्मीको लाठी प्रहारबाट घाइते भएको पाँच दिनमा लिम्बूको मृत्यु भएको थियो ।

 किरात याक्थुङ चुम्लुङ र किरात राई यायोक्खा, संघीय लिम्बुवान राष्ट्रिय मञ्च, लिम्बूवान मुक्ति मोर्चा, जनता समाजवादी पार्टी, जनमुक्ति मोर्चाको लिम्बुवान प्रान्तीय समितिलगायत दल र जातीय सामाजिक संस्थाहरुले पहिचानको आन्दोलन जारी राखेका छन् ।

यसैबीच सहिद भएका लिम्बूको परिवारलाई हङकङमा रहेको नेपालीहरुबाट संकलन गरिएको नगद ५ लाख ११ हजार ५ सय ८५ रुपैयाँ शुक्रबार हस्तान्तरण गरिएको छ ।

प्रदेश नं १ पहिचानी संघर्ष समिति हङकङका संयोजक किरण सुच्चा राईको नेतृत्वमा संकलित रकम किरात राई यायोक्खा सुनसरीका कोषाध्यक्ष उपेन्द्र चाम्लिङ, सुच्चा राई कल्याणकारी सेवा समाजका केन्द्रीय अध्यक्ष विनोद सुच्चा राईले लिम्बूकी आमा धनमाया लिम्बूलाई चेक हस्तान्तरण गरेका थिए ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: