Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८१ शनिबार | 30th November, 2024 Sat
Investment bank

एसीसी प्रिमियर : सिंगापुरमाथि यूएईको ऐतिहासिक जित, ओमनसँग हार्यो मलेसिया

खबरडबली संवाददाता

काठमाडौँ।  युएईका कप्तान मुहम्मद वासिम र वृत्य अरबिन्दको सानदार शतकको सहयोगमा युएईले सिंगापरलाई पराजित गरेको छ । 

टियु मैदान कीर्तिपुरमा भएको एसीयन क्रिकेट काउन्सिल(एसीसी) प्रिमियर कपमा युएई २ सय १ रनको फराकिलो अन्तरले पराजित भएको छ ।

युएईले दिएको ४ सय ७२ रनको लक्ष्य पछ्याएको सिंगापुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ७० रन मात्र बनायो ।

सिंगापुरका लागि मनप्रित सिंहले ६४ बलमा ५ चौका र ४ छक्काको सहयोगमा ६६ रनको अर्धशतकीय ईनिङ खेले ।

थिलिपन उमीदुराईले ५६ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ५२ रनको अर्धशतकीय ईनिङ खेले । 

सुरेन्द्रर चन्द्रमोहन र कप्तान अरित्र दत्तले समान ३८र३८ रन बनाउँदा विनोथ बसकरनले १८ रन बनाए । 

युएईका लागि सचिन शर्मा,कार्तिक मैयप्पन र आयान खानले समान २र२ विकेट लिए । 

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएई अन्तिम बलमा अलआउट हुदै ४ सय ७१ रन बनाएको हो । 

युएईका लागि कप्तान तथा ओपनर मुहम्मद वासिम र वृत्य अरबिन्दले शतकीय ईनिङ खेले । 

वासिमले ८२ बलमा ९ चौका र १६ छक्काको सहयोगमा १ सय ६० रन बनाए । वासिमले ८२ बलमा आफ्नो शतक पूरा गरेका थिए । 

शतक बनाएको १७ बल पछि उनले १ सय ५० रन पूरा गरेका थिए । अरबिन्दले १ सय ३३ बलमा १७ चौका र ७ छक्काको सहयोगमा १ सय ७४ रन बनाए । अरबिन्दले ९६ बलमा शतक पूरा गरेका थिए । अर्को ३० बलमा उनले १ सय ५० रन पूरा गरे । 

आयान खानले ५० बलमा ९ चौका र ३ छक्काको सहयोगमा ७४ रनको अर्धशतकीय ईनिङ खेले । 

सचित शर्मा ८ बलमा १६ रन बनाउँदै अविजित रहे । युएईका खेलाडीहरुले २६ छक्का र ४१ चौका प्रहार गरेका थिए ।

सिंगापरका लागि अदिद्य भार्गभले ४ र रमेश कलिमुथुले ३ विकेट लिए ।  विनोद बसकरनले २ विकेट लिए । 

पछिल्लो पाँच ओभरमा युएईले पाँच विकेट लिएर ७१ रन बनाएको थियो । 

वैशाख १८ गते सम्म संचालन हुने प्रतियोगिताका खेलहरु कीर्तिपुरस्थित टियु मैदान र मुलपानीमा रहेको क्रिकेट मैदानमा खेल संचालन हुनेछ । 

कुल २४ खेल हुने प्रतियोगिताको फाइनल खेल वैशाख १८ गते टियु मैदानमा आयोजना हुनेछ । 

यस प्रतियोगितामा १० राष्ट्रको सहभागीता रहेको छ । सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह 'ए' मा आयोजक नेपाल सहित मलेसिया,साउदी अरेबिया, कतार र ओमान रहेका छन् ।

समूह 'बी' मा बहराइन,कुवेत,सिंगापुर,हङकङ र युएई रहेका छन्।

हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोली सेमिफाइनल खेल्ने छन्। सेमिफाइनलका विजेता राष्ट्रले फाइनल खेल्ने छ।

फाइनलको विजेता टोली एसीया कपका लागि छनोट हुनेछ। एसीया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ । 

यस्तै शीर्ष तीनमा रहने टोली एसीसी ईमर्जिङ कपका लागि छनोट हुनेछन्।

ओमानले मलेसियालाई हरायो

जितेन्दर सिंहको शतकप्रेरित ओमानले एसिसी प्रिमियर कप अन्तर्गत आइतबार सम्पन्न समूह ‘ए’ को खेलमा मलेसियालाई ८ विकेटले पराजित गरेको छ ।

यस जितसँगै ओमानले ३ खेलमा ४ अंक जोडेको छ। पराजय ब्यहोरेको मलेसियाको समान खेलबाट २ अंक छ ।

मुलपानी क्रिकेट मैदानमा मलेसियाले प्रस्तुत गरेको दुई सय २८ रनको लक्ष्य ओमनाले ४१.४ ओभरमा २ विकेट गुमाउँदै भेट्टायो ।

ओमानका लागि सिंहले एक सय ११ बलमा १३ चौका र १ छक्काको मद्दतमा अविजत एक सय १ रन बनाए । यसैगरी काश्यप प्रजापतीले ६९ बलमा ९ चौका र १ छक्काको मद्दतमा ६६ र कप्तान जिशन मक्सुदले ५८ बलमा १० चौकाको मद्दतमा अविजित ५५ रन जोडे ।

सिंहले पहिलो विकेटका लागि प्रजापतीसँग एक सय २३ तथा तेस्रो विकेटका लागि मक्सुदसँग एक सय रनको साझेदारी गरेका थिए ।

मलेसियाका लागि दुवै विकेट मोहम्मद आमिरले लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै दुई सय २७ रनको योगफल तयार पारेको थियो ।

मलेसियाका लागि सिंहले एक सय ४४ बलमा १३ चौकाको मद्दतमा सर्वाधिक ९४ रन बनाए । मोहम्मद सैहदतले ६० बलमा ६ चौका र १ छक्काको मद्दतमा ५५, मोहम्मद अमिरले २०, मोहम्मद वाफिकले अविजत १९ र सैयद अजिजले १८ रन जोडे ।

पाँचौं विकेटका लागि सिंह सैहदतले एक सय १४ रनको साझेदारी गरेका थिए ।

ओमानका लागि जिशन मक्सुदले ४, बिलाल खान र आयन खानले समान २ तथा  कालिमुल्लाहले १ विकेट लिए ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy